Monday, December 31, 2007
नयाँ बर्षको शुभकामना ।
पुरानोलाई कुरालाई नयाँले विस्थापित गर्छ । यो विश्वव्यापि शास्वत सत्य हो । पुराना मान्यताहरु भत्किने र नयाँ मान्यताहरुले त्यसको ठाउँ लिने, पुरानो किर्तिमानलाई नयाँले किनारा लगाउने त्यस्तै त्यस्तै पुरानो साल गएर नयाँ साल आउनु कुनै नौलो कुरा होइन । तदअनुरुप २००७ साल आजदेखि पुरानो भइसकेको छ । त्यसको ठाउँमा आएको छ नयाँ २००८ साल । यो नयाँ वर्षले देशमा शान्ति, समृद्धि ल्याओस् साथै नेपालका पुराना र पुरातनवादी नेताहरुमा नयाँ चेतना ल्याओस् र नेपाललाई वास्तविक अर्थमा नयाँ युगमा प्रवेश गराउन मद्दत पुर्याओस् । सवैमा नयाँ बर्ष सन् २००८ को हार्दिक शुभकामना ।
Saturday, December 29, 2007
केहि दिनको अन्तरालमा ...........
धेरै दिन भइसकेछ व्लग नलेखेको पनि । के गर्नु काम नै यति धेरै थियो कि लेख्न मन हुँदाहुँदै पनि केहि लेख्नै भ्याइएन । यो विचमा नेपाललगायत संसारभरि नै तहलका मच्चिने गरिका घटनाहरु भए । वेनजिर भुट्टोको हत्याले विश्व नै हल्लाउन मात्र पुगेन, त्यहि कारणले पाकिस्तानमा अहिलेसम्म ३३ जना भन्दा बढिको ज्यान गइसकेको छ । पाकिस्तान जस्तो कट्टर मुस्लिम राष्ट्रमा दुई दुई पटकसम्म प्रधानमन्त्री निर्वाचित भएर होस् या निरन्तरको धम्कीका बावजुद पनि चुनावी सभा र र्यालीमा सहभागी भएर एउटी साहसी महिलाको परिचय दिएकी भुट्टोको प्रशंसा जति गरे पनि थोरै नै हुन्छ ।
यता आफ्नै देशमा पनि वरिष्ठ साहित्यकार धुस्वाँ सायमीको निधन भएको छ । नेपाल (नेवारी)), नेपाली, अंग्रेजी र हिन्दी भाषामा उहाँ कलम चलाउनु हुन्थ्यो ।
त्यस्तै सुर्खेतको शुभाघाटमा भेरीनदीको झोलुङ्गे पुलको लठ्ठा चुँडिएर (हो कि नट राम्रो नकसिएकोले हो ?) ३ दर्जन भन्दा बढि मानिसको मृत्यु हुन पुग्यो । यो एउटा भवितव्य मात्र नभएर हाम्रो देशका जिम्वेवार व्यक्तिहरुको लापरवाहीको पराकाष्टा नै हो । पुल जस्तो सम्वेदनशील कुरामा गरिएको यस्तो लापरवाहीले यति धेरै जनाको ज्यान गएको छ, यो कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर हेलचेक्र्याईं गर्ने प्राविधिकहरुलाई कडाभन्दा कडा कारवाही गर्नै पर्छ ।
अनि भर्खरै संसदले अन्तरिक संविधान संशोधन गरेर देखावटी रुपमा मात्र भए पनि नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको छ । संविधानसभाको पहिलो बैठकको साधारण वहुमतले राजतन्त्र फाल्ने रे । यस्तै चाला हो भने त संविधानसभाको चुनाव नै होला जस्तो छैन । भइ नै हाल्यो भने पनि गणतन्त्रवादीहरुको वहुमत आएन भने त राजतन्त्र त नजाने भयो नि । हुन त राजावादीहरुले चुनाव जित्छन् भन्ने कल्पना त गर्न सकिन्न तै पनि सम्भावना त छ नि । कि त सवै निर्वाचन क्षेत्रमा गणतन्त्रवादीहरु मिलेर चुनावमा उठ्नु पर्यो अर्थात साझा उम्मेद्वार उठाउनु पर्यो कि त सवैमा नभए पनि कमसे कम आधाभन्दा बढीमा त गर्नै पर्यो । नत्र र त यो त नाटक जस्तो मात्र हुनेछ ।

Monday, December 24, 2007
गरे के हुँदैन र !!!!!!!!!

धन कमाउन विदेश नै जानु पर्छ र ? मेहेनत गरे विदेशमा भन्दा सयौं गुणा बढी पैसा घर बसी बसी कमाउन सकिने रहेछ । यही सोचेर झापाका केही मेहेनती युवाहरुले घीउकुमारी (Aloe) को व्यवसायिक खेती शुरु गरेका छन् । भारतमा मात्र करीव ३००० मेट्रिक टन माग भएको घीउकुमारी अमेरिकाबाट समेत आयात हुने गरेको रहेछ । विभिन्न औषधि र जुस समेत बनाइने यो वनस्पती अति नै उपयोगि रहेछ यो निकै नै महंगो मुल्यमा पनि विक्री हुने रहेछ ।
Thursday, December 20, 2007
एउटा काम लाग्ने साइट
अस्तिको दिन एकजना दाइले भन्नुभयो "भाई मेरो एउटा फाइल पठाउनु छ २४ एम.वि. जति छ । कुनै उपाय छैन ?" याहु, हटमेल, जीमेल जस्ता कुनै पनि इमेलबाट २० मेगावाइटभन्दा ठूलो साइजको फाइल पठाउन सकिदैन । मैले पनि अहिलेसम्म त्यति ठूलो साइजको फाइल कतै पठाएको थिइन, पठाउने काम नै पनि परेको थिएन । अव दाइले भनि हाले उपाय केही लाग्छ कि भनेर गुगलमा सर्च गरें २० एम.वि. भन्दा बढी कसरी पठाउने भनेर । नभन्दै भेटिइ पनि हाल्यो । एउटा यस्तो साइट रहेछ त्यसवाट ३०० एम. वि. सम्मका फाइल पनि सजिलै पठाउन मिल्ने रहेछ । त्यो साइटति दाइले १५ मिनटमा २४ एम.वि. जति पठाएँ भाइ भन्थे । मलाई त अचम्म लाग्यो । यहाँको यस्तो स्लो कनेक्सनमा पनि त्यति छिटो त्यत्रो फाइल कसरी अपलोड भयो होला ।
जे होस् त्यो साइटले चाहिँ गज्जव कै काम गर्दो रहेछ । तपाई पनि २० एम.वि. भन्दा बढी साइजको फाइल कसैलाई पठाउन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नु होला ।
जे होस् त्यो साइटले चाहिँ गज्जव कै काम गर्दो रहेछ । तपाई पनि २० एम.वि. भन्दा बढी साइजको फाइल कसैलाई पठाउन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नु होला ।
Sunday, December 16, 2007
वम्जन काले
हाम्रो घरको ठीक अगाडि एउटा घर छ, वम्जन रामेको । पहिले पहिले उसलाई सवैले बम्जन काले भन्थे अहिले वम्जन रामे भन्छन् ।
रामेले जाँडरक्सी खाएपछि घर छेउछाउ कसैले पनि नवसे हुन्छ । ओहो त्यसको वोली ..... । अश्लिल शव्दहरु वोल्न उसलाई आमा, छोराछोरी र अरु आफन्त – छरछिमेकी कसैबाट छलिनु पर्दैन । हाकाहाकी मनपरी वोलिदिन्छ । उसले जाँड खाएर आएको थाहा पाएपछि हामीले पनि घरदेखि अलि पर जानु पर्ने हुन्छ । सहनै नसक्ने गरी वोल्छ के गर्नु । त्यसो नगर, त्यस्तो नवोल भनेर सम्झाउनु भनेको आगोमा पेट्रोल हाल्नु जस्तै हो । अझ उल्टै आफैंलाई पो मनपरी भन्न थाल्छ । न पिट्दा हुने न सम्झाउँदा ।
हुन त वंशाणुगत गुण नै होला । उसको वावु पनि त्यस्तै नै थियो । मातेपछि जे पनि वोल्ने जे पनि गर्ने । कहिले खुकुरी वोकेर सवलाई काट्छु भन्दै घरका खाँवा, बोट विरुवा र इनारको रिंगमा खुकुरी बजार्थ्यो, कहिले आफ्नै श्रीमती र छोराछोरीलाई लात्तीले भकुर्थ्यो ।
यो रामे मोरो पनि उस्तै छ । २-३ महिना अघि उसको छोरोलाई के निहुँमा हो गर्यो कुन्नी वेस्सरी पिटेछ, उसको पालो पढाई सढाई मात्र के घरै छोडेर हिडिदिएछ । त्यसपछि रामेले के गर्यो थाहा छ .... छोरो चाहिँका भए भरका सवै किताव निकालेर अचानोमा राखेर खुकुरीले छ्याक-छ्याक । मोरोले नचिनेर हो कि चिनेरै हो सानी छोरीको समेत किताव टुक्रा टुक्रा पारिदिएछ । त्यतिले मात्र नपुगेर ति टुक्रामा आगो पनि झोसिदिएछ ।
अव त जमाना पनि कस्तो पो आएछ । रक्सी खाएर मनपरी वोल्यो, घरमा आएका पाहुनालाई समेत तथानाम गर्यो भनेर अस्तीको दिन छरछिमेकी भद्र भलाद्मी वसेर सम्झाइ बुझाइ गर्न खोज्दा त उल्टै अव क्षेत्री वाहुनले के खोज्या हुन् पो भन्न थालेछन् । उ मात्रै होइन अरु पनि पो । अव त समावेशी समाजमा त वस्नै पो नहुने भइसकेछ त । पहिले पहिले त जसले गल्ती गरे पनि जात, भात र नाक छुट्याउँदैनथे त्यही ठाउँमा । अव त .... । कि अव जातै पिच्छे एउटा टोल बनाउनु पर्ने हो कि । वाहुनलाई एउटा टोल, क्षेत्रीलाई एउटा, राईलाई एउटा, तामाङ्गलाई एउटा, कामीलाई एउटा, दमाईलाई एउटा । नत्र भने त कमसे कम जसले गल्ती गरेको छ त्यसलाई आफ्नो जात नभनी कारवाही गर्ने या माफी नै भए पनि मगाउनु त हरेक सामाजिक प्राणिको कर्तव्य होइन र ।
अव एउटा तामाङ्ग या राई या लिम्वुले मात्र रक्सी खाएर जे पायो त्यही वोल्छन् भन्ने चाहीँ मेरो मनाशय कदापी पनि होइन नि । किनकि त्यही ठाउँमा अरु क्षेत्री वाहुन पनि छन् त्यसरी जाँड रक्सी खाएर मनपरी गर्ने वोल्ने । तर तिनीहरुलाई वेलामा वेलामा सामाजिक र कानुनी कारवाही भएका छन् । त्यसकारण मेरो खास भनाइ चाहिँ के भने गल्ती जसले गरे पनि कारवाहीको भागिदार हुनु पर्छ भन्ने मात्र हो ।

Saturday, December 15, 2007
Friday, December 14, 2007
शरणार्थीलाई गोली
साथी मुक्ति गुरुङ्ग (Student Union of Bhutan का उपाध्यक्ष) ले हिजो दिउँसो २.३० तिर फोन गरेर मलाई भने, "अर्जुन सुव्वालाई क्रान्तिकारीहरुले गोली हाने तर अहिले खतरामुक्त छ । वाहिर भएका साथीहरुलाई यो खवर दिनुस् न दाई ।" सोधीखोजी गरें खासै डराउनु पर्ने रहेनछ । पेटमा र हातमा १-१ गोली लागेको रहेछ ।
अर्जुन र अरु ४-५ जनालाई अस्ती नै देखि धम्की दिइरहेको कुरा त मलाई पनि थाहा थियो । सफाया गर्ने सम्म लेखिएको पर्चा अर्जुनले नै मलाई देखाएका थिए । तर मलाई चाहिँ यो उनिहरुले तर्साउन मात्र खोजेका होलान् । यस्तो गोली नै हान्ने काम त गर्लान् जस्तो लागेको थिएन । तर शरणार्थी क्याम्प पनि अव त धेरै अगाडि पो पुगिसकेछ । त्यसरी हाकाहाकी दिउँसै गोली हान्ने आँट गर्न थालिसकेछन् त्यो पनि क्याम्प बाहिर आएर । माओवादीको गोलीबाट वल्लवल्ल मुक्ति पाएको अवस्थामा फेरि यो शरणार्थीको गोलीले क-कसलाई सिध्याउने हो अव ।
भुटानी शरणार्थी क्याम्पभित्र स्पष्ट रुपमा देखिएका दुई धार (तेश्रो मुलुकमा वसोवास गर्न चाहने र सशस्त्र आन्दोलन गरेरै भए पनि भूटान नै फर्कन चाहने तर कुनै हालतमा तेश्रो मुलुक नजाने जान नदिने) विचको संघर्षले कति निर्दोषले ज्यान गुमाउने हुन् कतिले अनाहकमा दु:ख पाउने हुन् । (साभार http://richadmk.blogspot.com/बाट)
Tuesday, December 11, 2007
यो व्लगको प्रभाव
नेपाल सरकारको आधिकारिक साइट ह्याक भएको कुरा यो व्लगमा प्रकाशित भएपछि नेपाल सरकारले आफ्नो साइट रिकभर गरेको छ । हुन त यो साइट खोल्दा हिजो आंशिक रुपमा मात्र खुलेको थियो । आज चाहिँ पुरै नै खुलेको छ । अव राम्रैसँग चल्छ भनेर ठोकुवा गर्न चाहिँ सकिदैन होला तै पनि अहिलेलाई खुलेको छ, भलै यो साइट धेरै अगाडिदेखि अपडेट नगरिएको होस् । जस्तै क्यालेण्डर २०६२ सालको छ, contact us मा क्लिक गर्दा केही आउँदैन । यस्तै यस्तै धेरैवटा लिंक्स खाली छन् । आशा गरौं अव यो साइट पूर्ण सुरक्षित हुनुका साथै आवश्यकता अनुसार अपडेट भइरहोस् ।
पालो अव त्रि. वि. को
हाम्रो देशमा सवै कुरा किन यति साह्रो अस्तव्यस्त हो कुन्नी । उच्च माद्यमिक शिक्षा परिषद्ले परीक्षाको नतिजा प्रकाशनमा लापरवाही गरेको कुरा अस्तीको व्लगमा लेखेको थिएँ । अहिले फेरी त्रिभुवन विश्वविद्यालयले त्यसै गर्दैछ वा .... । नतिजा प्रकाशन भएको दुई महिना वितिसक्दा पनि कुनै पनि तहको नतिजा आफ्नो साइटमा राखेको छैन । किन यस्तो हेल्चेक्र्याइ हो । हैन यी विद्यार्थीहरु पनि के हेरेर बस्छन् कुन्नी । यस्तो कुरामा त विश्वविद्यालयलाई दवाव दिनु पर्ने हैन र। नचाहिने कुरामा चाहिँ अनावश्यक आन्दोलन गर्दै हिँड्ने अनि यस्तो अति आवश्यक कुरामा चाहिँ चुप लागेर बस्ने ?
Friday, December 7, 2007
नेपाल सरकारको आधिकारिक साइट ह्याक
नेपाल सरकारको आधिकारिक साइट www.nepalgov.gov.np ह्याक भएको रहेछ । यो कस्तो अचम्म हो देशको महत्वपूर्ण सरकारी साइट नै ह्याक हुने गरी कस्तो सुरक्षा अपनाएर बनाएको हो कुन्नी । जताततै लथालिङ्ग जताततै भताभुङ्ग के भएको होला हाम्रो देशमा ।
Iran Black Hats Team भन्नेले त्यो साइट ह्याक गरेको रहेछ । सायद इरानकै होला नामलाई आधार मान्दा । ती इरानीहरुलाई चाहिँ किन नेपाल सरकारको वेवसाइट ह्याक गर्नु परेको होला । पैसाकै लागि हो कि ? हैन भने तिनीहरुलाई अरु त के सरोकार होला र नेपाल सरकारको साइट ह्याक गर्न ।
अव सरकारले के गर्छ होला ? त्यो टिमलाई पैसा तिरेर त्यही साइट recover गर्छ कि अर्को बनाउँछ हेर्नु पर्ने भयो ।

Wednesday, December 5, 2007
उच्च माद्यमिक शिक्षा परिषद्को लापरवाही
यसपाली कक्षा ११ को नतिजा प्रकाशन गर्ने क्रममा उच्च माद्यमिक शिक्षा परिषद्ले लापरवाहीको पराकाष्टा नै पार गरेको छ । उसको आफ्नै र नेपाल टेलिकमको साइटमा मार्कसिट नै हेर्न मिल्ने गरी बनाइएको पेजमा गएर सिम्वोल नम्वर र उसले तोकेको फर्मेटमा जन्ममिति हालेपछि मार्कसिट देखिनु पर्ने हो तर प्रवेश पत्रमा भएको जन्ममिति हाले पनि मार्कसिट देखाउँदैन । जन्ममिति या सिम्वोल नं. मिलेन भन्छ । आधाभन्दा बढी विद्यार्थीको जन्ममिति नमिलेको भेटिएको छ । त्यस्तै कतिपयको नाम नै फरक परेको छ । यस्तो लापरवाही कसले र किन गरेको हो यस बारेमा उच्च माद्यमिक शिक्षा परिषदले अनुसन्धान गरी दोषीलाई कारवाही गर्नु पर्छ ।
माओवादीको असली रुप
मैले व्लगमा अहिलेसम्म राजनीतिको कुरा लेखेको थिइनँ तर हिजो प्रचण्डले राजावादीहरुसँग पनि एकता गर्नु पर्छ भनेपछि चाहिँ मलाई केही लेख्न मन लाग्यो । भूमिगत जीवनबाट बाहिर नआउन्जेलसम्म भन्न त प्राय: सवैले प्रचण्ड भनेकै ज्ञानेन्द्र हो भन्थे । कसैलाई पनि प्रचण्ड भन्ने मान्छे छ जस्तो लागेको थिएन तर प्रचण्ड खुला भएपछि चाहिँ सवैको भ्रम हटेको थियो । पहिले पहिले त उनिहरु साच्चै कै गणतन्त्रवादी हुन् जस्तो लाग्थ्यो तर मंसीर ६ गते हुने भनिएको र सम्पूर्ण तयारी पूरा भइसकेको संविधानसभाको चुनाव हुन नदिएपछि र अहिले राजावादीहरुसँग पनि सहकार्य गर्नुपर्छ भन्ने जस्ता स्पष्ट रुपमा गणतन्त्र विरोधी कुरा गरिसकेपछि उनिहरुको हैसियत पनि स्पष्ट भइसकेको छ । अरु पार्टीहरुमा त कसैले पार्टी नीति विपरित वोल्यो भने यो उहाँको व्यक्तिगत विचार हो पार्टीसँग यो विषयमा कुनै लेनदेन छैन भनेर भन्ने गरेको पाइन्छ तर माओवादीमा त प्रचण्डको वोली त देववाणी जस्तो रहेछ । उनले जे बोले पनि सवैले त्यसको समर्थन नै गर्नु पर्ने । हुन पनि हो नै आखिर प्रचण्ड त माओवादी नेता र कार्यकर्ताका लागि भगवान नै हुन् नि । जसरी जुनसुकै धर्मका अतिवादीहरुले उनीहरुको आराध्यदेवको आलोचना गर्दैनन् सँहदैनन् चाहे त्यो जति नै आलोच्य होस्, त्यसरी नै माओवादीहरु आफ्नो आराध्यदेव प्रचण्डको आलोचना सँहदैनन् गर्दैनन् । भोलि यदि प्रचण्डले प्रधानमन्त्रीको अफर आयो भने अव ज्ञानेन्द्रलाई पूर्ण सक्रियताका साथ राज्य सञ्चालन गर्न दिनुपर्छ, संविधानसभाको चुनाव गर्नु पर्दैन भने पनि उनका कार्यकर्ताले थप्पडी बजाउनेछन् । किनभने माओवादीकै अर्का नेता (नाम विर्सें सायद जनार्दन होला) ले अस्ती भर्खरै पोखरामा भनेका थिए हाम्रो अर्थात माओवादीको अन्तिम लक्ष्य भनेको सत्ता हो । त्यसैले सत्ताप्राप्तिको लागि यिनीहरुले जे पनि गर्न सक्छन् । माओवादीको असली रुप वादशाहको नयाँ लुगाको रुप झैं सारा संसारको सामू उदांगो भइसकेको छ ।
माओवादी मित्रहरु, जो साँच्ची नै पढेर, बुझेर अध्ययन गरेर सच्चा कम्युनिष्ट हुनु भएको छ, तपाईंहरुले एकपल्ट राम्रोसँग सोच्ने वेला आइसकेको छ । तपाईंले भगवान ठान्नु भएको तपाईंको नेताले बोलेका कुराको राम्रोसँग विश्लेषण गर्नु होला । र, तपाईंले (र अरु पनि जो माओवादीका नाममा समर्पित थिए र छन्) अहिलेसम्म माओवादी पार्टीमा लागेर देश र जनताको लागि गरेको ठान्नु भएको त्याग, वलिदान के का लागि रहेछ भन्ने कुरा आफ्नै मनसँग सोध्नु होला । सायद जवाफ पाउनु हुन्छ कि ।

भद्रपुरमा प्रशान्त तामाङ्ग
केही समयअघि झापाको भद्रपुरमा भएको प्रशान्त तामाङ्गको कन्सर्टको एक दृष्य
(कुमार लुईटेलबाट सहयोग स्वरुप प्राप्त भिडियो)
Tuesday, December 4, 2007
विजोक
Subscribe to:
Posts (Atom)