Thursday, May 29, 2008
मनमा लागेका कुरा
विरेन्द्रको वंशनास गरेर जुन दिन ज्ञानेन्द्रले राजा वने, त्यहि दिन नेपाली जनताले स्विकारी सकेका थिए अव नेपालमा गणतन्त्र अवश्यंभावी छ । ज्ञानेन्द्र र धिरेन्द्रका काला कर्तुतहरुको वयान हामी स्कूले जीवनमा नै सुन्ने गथ्र्यौं । तर किन हो धिरेन्द्रले उसको ठूल्दाइ सँगै अकालमै ज्यान गुमाए । आजको दिन देख्नको लागि उनले कमसेकम आजको दिनसम्म बाँचेको भए हुन्थ्यो । हामीले ती दुइ दाजुभाइका कर्तुतहरुमा वलात्कार, तस्करी आदि थिए । धिरेन्द्रले नमिता सुनितालाई पोखरामा वलात्कार गरेर मारेका थिए रे र उनको बारेमा एउटा अर्को व्यभिचारी कुरा त्यो के भने उनको एउटा एक्स रे जडित चस्मा थियो रे । त्यसबाट जतिसुकै कपडा लगाएको भए पनि मानिस र्सवाङ्ग नाङ्गो देखिन्थ्यो रे । अनि उनी त्यो चस्मा लगाएर पद्मकन्या क्याम्पस लगायत केटीहरु बढि हुने ठाउँतिर गइरहन्थे रे । खै साँच्चै हो कि मानिसहरुले त्यतिकै अवफाह फैलाएका हुन् त्यो चाहिँ उनैलाई र उनका नजिकका मानिसलाई थाहा होला ।
अनि ज्ञानेन्द्र ...... उनको त के कुरा गर्नु र । मर्ूर्ति चोरी, गाँजा, चरेश, सून आदि तस्करीका लागि उनी प्रख्यात थिए । ती हामीले सुन्ने गरेका कुरा उडन्ते त पक्कै थिएनन् त्यसको प्रमाण त आफ्नै वंशनास गरेर राजसिंहासन प्राप्त गर्न उनले गरेको अपराध हामी सवैको आँखा अगाडि र्छलङ्गै छ नि ।
समय साँच्चै वलवान छ । धिरेन्द्रले गरेका अपराधको सजाय उसकै माल्दाइले दिए भने भने उसको माल्दाइलाई नेपाली जनताले । बुढापाकाहरु भन्छन् अपराध गर्नेलाई सजाय भगवानले अर्को जुनीमा दिन्छन् । तर मलाई त भगवानले सजाय दिन्छन् त्यो पनि अर्को जुनिमा भन्ने कुरामा एकरत्ती पनि विश्वास छैन । किनकी मलाई भगवान र अर्को जुनीप्रति नै विश्वास छैन । जसले गल्ती गर्छ त्यसले सजाय यहि जुनिमा यहि पृथ्वीमा नै पाउनु पर्छ भन्ने मेरो मान्यता हो । साच्चै भन्ने हो भने ज्ञानेन्द्रले सजाय पाएकै छैन । त्यो राजा पद उसको छँदा पनि थिएन हुँदा पनि होइन, वास्तविक हकदार पनि उ होइन । त्यो खोस्दैमा उसले सजाय पाएको पनि हुँदैन । जुन दिन उसले विगतमा गरेका सम्पर्ूण्ा कुकृत्य र अपराधहरुको पुष्टि गर्दै सम्मानित न्यायिक अदालत -माओवादीको जनअदालत होइन) बाट कानूनसम्मत तरिकाबाट कानुनी कार्वाहीको भागिदार उसलाई बनाइदैन तवसम्म यी अहिलेका कुनै पनि नेताले हामीले ज्ञानेन्द्रलाई सजाय दियौं भनेमा हावादारी कुरा मात्र हुनेछ ।
अनि माओवादीको जनयुद्धकालमा पन्ध्र सोह्र हजार मानिसको हत्या भएको कुरामा पनि माओवादी इतरले भन्छन् माओवादी ले यत्तिका सवै मान्छे मार्यो । माओवादीले भन्छ हामीले त थोरै मात्र मारेका हौं धेरै त राज्यपक्षबाट मारिएका छन् । तर जसले जे भने पनि मार्ने र मर्ने खेल त माओवादीले शुरु गरेको थियो । उसले मार्न शुरु नगरेको थियो भने राज्य पक्ष पक्कै पनि अनाहकमा मान्छे मार्न जाँदैन थियो होला ।
शंकाको भरमा निर्दोष व्यक्तिको हत्या राज्यपक्षले धेरै नै गरेको थियो तर माओवादीले पनि राज्यपक्षको तुलनामा कम्ति नै भए पनि गरेकै थियो । अनि आफूलाई अप्ठ्यारो पर्दा यो हत्या हामीले गरेको होइन भन्ने र सजिलो अवस्था आए त्यही हत्यालाई यी यी कारणले फलानाको सफाया हामीले गरेको हो भन्ने पनि माओवादीले गरेकै छन् । उदाहरणको लागि मान बहादुर साँवाको हत्यालाई लिए पुग्छ । सावाँको हत्या भएको भोलिपल्ट दमक क्षेत्रका जनजातिहरुले नारा जुलुस लगाए, बजार बन्द गराए । माओवादी डराएर साँवाको हत्या हाम्रो पार्टीले गरेको होइन भनेर धरानबाट प्रकाशित हुने व्लाष्ट साप्ताहिकमा वक्तव्य निकाले । तीन महिनापछि सबै कुरा साम्य भयो अनि त्यहि पत्रिकाबाट फेरि वक्तव्य निकाल्यो - फलाना फलाना कारणले गर्दा हामीले मान बहादुर साँवाको सफाया ३ महिना अगडि गरेका हौं ।
यो भन्दा धेरै गैरकानुनी हत्या त राज्यपक्ष बाट पनि भएको थियो र ती हत्या गरिएका मानिसका शव लुकाइएको थियो । कतिपय त अहिले सम्म पनि भेटिएका छैनन् । सवारी जाँचको नाममा र्सवसाधारणलाई कति धेरै दुःख सुरक्षाकर्मीले दिएका थिए । मलाई नै पनि घर जाने आउने क्रममै पनि कति पल्ट हैरानी दिएका छन् । तर सुरक्षाकर्मीले दिएको हैरानी भन्दा बढि युद्धकाल र संकटकालमा मैले माओवादीहरुबाट पाएको छु । हुन त उनीहरुले मलाई दुःख दिएका हैनन तर उनीहरुको कारणले मैले कति दिनसम्म डरैडरमा बाँच्नु परेको थियो । ३¬-४ जना माओवादीहरु आएर कम्प्यूटरमा बसिदिन्थे । पुलिस र सेनाले थाहा पाएको भए मेरो दुर्गति बनाउने थियो । प्रत्येक दिन विहान म मन्त्र जप्ने गर्थें हे भगवान -मानिस नास्तिक चाहिँ आपत नपरुञ्जेल मात्र हुँदो रहेछ) आज चाहिँ उनीहरु नआउन् । तर नभएको भगवानले मेरो कुरा के सुन्थ्यो । उनीहरु आउँथे दिनहुँ। एकपल्ट त वरु साइवर नै बन्द गरेर १ महिना जति काठमाण्डौं तिर गएर बसौं कि जस्तो पनि भएको थियो । तर यसै विचमा ज्ञानेन्द्रको कू भयो १९ माघको, यसपछि उनिहरु नै गायव भए, मलाईचाहिँ ढुक्क भयो । उनीहरुले मेरो साइवरमा आउन थालेपछि हो कि पहिले नै मेरो घरपरिवार सवै बुझेर पो आएका रहेछन् । कुरै कुरामा एकदिन एकजना असिम -यो उनको भूमिगत नाम होला, वास्तविक नाम त मलाई अहिले पनि थाहा छैन, घरचाहिँ दोलखातिर हो भन्थे के थाहा हो कि होइन) भन्नेले भनेका थिए तपाईंको घर त फलाना ठाउँमा रहेछ नि । नानीहरु फलाना स्कूलमा पढ्दा रहेछन् । बुवाको नाम यो रहेछ । उसको कुरा सुनेपछि एक किसिमले मेरो सातो नै गएको थियो । किनभने कुनै कारणले उ पक्राउ परेको भए या उसको हत्या भएको भए -मैले यो शव्द यसकारणले लेखें कि त्यो वेला मृत्यु साह्रै सस्तो थियो) तिनीहरुले मलाई बाँकी राख्ने रहेनछन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment