Google

Saturday, May 31, 2008

माओवादीका कुरा

संविधान सभाको चुनाव भएको भोलिपल्ट मात्र मलाई थाहा भयो राजन माओवादी रहेछ । माओवादीको सामान्य भोटर या शुभचिन्तक मात्र नभएर गाउँ कमिटीको सेक्रेटरी पो रहेछ । उसैले भन्दा पो म त छक्क परें । त्यही दिन कुरैकुरामा मैले उसलाई भनेको थिएँ - हेर भाइ, तिमीहरुको पार्टी जित्यो र सरकार बनायो भने सवभन्दा पहिले कान्तिपुर बन्द गर्ने प्रयास गर्नेछ । सकेसम्म बन्द नै गर्छ । जवाफमा उसले भनेको थियो - हैन दाई, हामीले जित्यौं भने कान्तिपुरलाई अर्को च्यानल थप्न हामी प्रोत्साहित गर्नेछौं बन्द गर्ने कुरै नगर्नुस् न । यो बारेमा हामी विच एकछिन रामै्रसँग वादविवाद नै भएको थियो । त्यो भाइलाई मैले आज भेटको छैन हिजोदेखि । त्यसलाई फोन नै गरेर भएपनि सुनाउनु पर्ला उसको महान नेताले कान्तिपुरको बारेमा गरेका कुरा । मानिसहरु अन्धो भएर माओवादीको पछि लागेका छन् तर किन - के माओवादी नेताले आफूले गरेका प्रतिवद्धता पूरा गर्ने कोशिस गर्लान् र - मलाई त त्यस्तो लाग्दैन । हिजो पनि क्षण क्षणमा कुरा फेरेको फेर्‍यै गर्थे । आज पनि दोष जति सवै अरुलाई लगाएर आफू चोखो हुन खोजिरह्का छन् । पार्टी अध्यक्षले रसुवामा गएर ज्ञानेन्द्रको ज्वाईंलाई भेटेको प्रमाणित त्यही पार्टीको एउटा बरिष्ठ नेताले गर्छन् अर्को वरिष्ठले हुँदै होइन भेटेको भन्छन् ।

यिनीहरुको कुरा र ताल हेर्दा ४० वर्षमा सिंगापुर र स्वीट्जरल्याण्ड चाहिँ होइन ४ बर्षमा इथियोपिया र सोमालिया चाहिँ पक्कै बनाउनछन् ।

Thursday, May 29, 2008

ज्ञानेन्द्रले दरवार छाडे

पाथिभरा एफ एमले भर्खरै दिएको जानकारी अनुसार भू.पू. राजा ज्ञानेन्द्रले नारायणीहिटी दरवार छाडेका छन् । एफ.एमका अनुसार उनले राति १२.४५ बजे सपरिवार दरवार छाडी अज्ञात स्थल तर्फलागेका हुन् । यस बारेमा विस्तृत खवर आउन बाँकी नै छ ।

मनमा लागेका कुरा


विरेन्द्रको वंशनास गरेर जुन दिन ज्ञानेन्द्रले राजा वने, त्यहि दिन नेपाली जनताले स्विकारी सकेका थिए अव नेपालमा गणतन्त्र अवश्यंभावी छ । ज्ञानेन्द्र र धिरेन्द्रका काला कर्तुतहरुको वयान हामी स्कूले जीवनमा नै सुन्ने गथ्र्यौं । तर किन हो धिरेन्द्रले उसको ठूल्दाइ सँगै अकालमै ज्यान गुमाए । आजको दिन देख्नको लागि उनले कमसेकम आजको दिनसम्म बाँचेको भए हुन्थ्यो । हामीले ती दुइ दाजुभाइका कर्तुतहरुमा वलात्कार, तस्करी आदि थिए । धिरेन्द्रले नमिता सुनितालाई पोखरामा वलात्कार गरेर मारेका थिए रे र उनको बारेमा एउटा अर्को व्यभिचारी कुरा त्यो के भने उनको एउटा एक्स रे जडित चस्मा थियो रे । त्यसबाट जतिसुकै कपडा लगाएको भए पनि मानिस र्सवाङ्ग नाङ्गो देखिन्थ्यो रे । अनि उनी त्यो चस्मा लगाएर पद्मकन्या क्याम्पस लगायत केटीहरु बढि हुने ठाउँतिर गइरहन्थे रे । खै साँच्चै हो कि मानिसहरुले त्यतिकै अवफाह फैलाएका हुन् त्यो चाहिँ उनैलाई र उनका नजिकका मानिसलाई थाहा होला ।

अनि ज्ञानेन्द्र ...... उनको त के कुरा गर्नु र । मर्ूर्ति चोरी, गाँजा, चरेश, सून आदि तस्करीका लागि उनी प्रख्यात थिए । ती हामीले सुन्ने गरेका कुरा उडन्ते त पक्कै थिएनन् त्यसको प्रमाण त आफ्नै वंशनास गरेर राजसिंहासन प्राप्त गर्न उनले गरेको अपराध हामी सवैको आँखा अगाडि र्छलङ्गै छ नि ।

समय साँच्चै वलवान छ । धिरेन्द्रले गरेका अपराधको सजाय उसकै माल्दाइले दिए भने भने उसको माल्दाइलाई नेपाली जनताले । बुढापाकाहरु भन्छन् अपराध गर्नेलाई सजाय भगवानले अर्को जुनीमा दिन्छन् । तर मलाई त भगवानले सजाय दिन्छन् त्यो पनि अर्को जुनिमा भन्ने कुरामा एकरत्ती पनि विश्वास छैन । किनकी मलाई भगवान र अर्को जुनीप्रति नै विश्वास छैन । जसले गल्ती गर्छ त्यसले सजाय यहि जुनिमा यहि पृथ्वीमा नै पाउनु पर्छ भन्ने मेरो मान्यता हो । साच्चै भन्ने हो भने ज्ञानेन्द्रले सजाय पाएकै छैन । त्यो राजा पद उसको छँदा पनि थिएन हुँदा पनि होइन, वास्तविक हकदार पनि उ होइन । त्यो खोस्दैमा उसले सजाय पाएको पनि हुँदैन । जुन दिन उसले विगतमा गरेका सम्पर्ूण्ा कुकृत्य र अपराधहरुको पुष्टि गर्दै सम्मानित न्यायिक अदालत -माओवादीको जनअदालत होइन) बाट कानूनसम्मत तरिकाबाट कानुनी कार्वाहीको भागिदार उसलाई बनाइदैन तवसम्म यी अहिलेका कुनै पनि नेताले हामीले ज्ञानेन्द्रलाई सजाय दियौं भनेमा हावादारी कुरा मात्र हुनेछ ।

अनि माओवादीको जनयुद्धकालमा पन्ध्र सोह्र हजार मानिसको हत्या भएको कुरामा पनि माओवादी इतरले भन्छन् माओवादी ले यत्तिका सवै मान्छे मार्यो । माओवादीले भन्छ हामीले त थोरै मात्र मारेका हौं धेरै त राज्यपक्षबाट मारिएका छन् । तर जसले जे भने पनि मार्ने र मर्ने खेल त माओवादीले शुरु गरेको थियो । उसले मार्न शुरु नगरेको थियो भने राज्य पक्ष पक्कै पनि अनाहकमा मान्छे मार्न जाँदैन थियो होला ।

शंकाको भरमा निर्दोष व्यक्तिको हत्या राज्यपक्षले धेरै नै गरेको थियो तर माओवादीले पनि राज्यपक्षको तुलनामा कम्ति नै भए पनि गरेकै थियो । अनि आफूलाई अप्ठ्यारो पर्दा यो हत्या हामीले गरेको होइन भन्ने र सजिलो अवस्था आए त्यही हत्यालाई यी यी कारणले फलानाको सफाया हामीले गरेको हो भन्ने पनि माओवादीले गरेकै छन् । उदाहरणको लागि मान बहादुर साँवाको हत्यालाई लिए पुग्छ । सावाँको हत्या भएको भोलिपल्ट दमक क्षेत्रका जनजातिहरुले नारा जुलुस लगाए, बजार बन्द गराए । माओवादी डराएर साँवाको हत्या हाम्रो पार्टीले गरेको होइन भनेर धरानबाट प्रकाशित हुने व्लाष्ट साप्ताहिकमा वक्तव्य निकाले । तीन महिनापछि सबै कुरा साम्य भयो अनि त्यहि पत्रिकाबाट फेरि वक्तव्य निकाल्यो - फलाना फलाना कारणले गर्दा हामीले मान बहादुर साँवाको सफाया ३ महिना अगडि गरेका हौं ।

यो भन्दा धेरै गैरकानुनी हत्या त राज्यपक्ष बाट पनि भएको थियो र ती हत्या गरिएका मानिसका शव लुकाइएको थियो । कतिपय त अहिले सम्म पनि भेटिएका छैनन् । सवारी जाँचको नाममा र्सवसाधारणलाई कति धेरै दुःख सुरक्षाकर्मीले दिएका थिए । मलाई नै पनि घर जाने आउने क्रममै पनि कति पल्ट हैरानी दिएका छन् । तर सुरक्षाकर्मीले दिएको हैरानी भन्दा बढि युद्धकाल र संकटकालमा मैले माओवादीहरुबाट पाएको छु । हुन त उनीहरुले मलाई दुःख दिएका हैनन तर उनीहरुको कारणले मैले कति दिनसम्म डरैडरमा बाँच्नु परेको थियो । ३¬-४ जना माओवादीहरु आएर कम्प्यूटरमा बसिदिन्थे । पुलिस र सेनाले थाहा पाएको भए मेरो दुर्गति बनाउने थियो । प्रत्येक दिन विहान म मन्त्र जप्ने गर्थें हे भगवान -मानिस नास्तिक चाहिँ आपत नपरुञ्जेल मात्र हुँदो रहेछ) आज चाहिँ उनीहरु नआउन् । तर नभएको भगवानले मेरो कुरा के सुन्थ्यो । उनीहरु आउँथे दिनहुँ। एकपल्ट त वरु साइवर नै बन्द गरेर १ महिना जति काठमाण्डौं तिर गएर बसौं कि जस्तो पनि भएको थियो । तर यसै विचमा ज्ञानेन्द्रको कू भयो १९ माघको, यसपछि उनिहरु नै गायव भए, मलाईचाहिँ ढुक्क भयो । उनीहरुले मेरो साइवरमा आउन थालेपछि हो कि पहिले नै मेरो घरपरिवार सवै बुझेर पो आएका रहेछन् । कुरै कुरामा एकदिन एकजना असिम -यो उनको भूमिगत नाम होला, वास्तविक नाम त मलाई अहिले पनि थाहा छैन, घरचाहिँ दोलखातिर हो भन्थे के थाहा हो कि होइन) भन्नेले भनेका थिए तपाईंको घर त फलाना ठाउँमा रहेछ नि । नानीहरु फलाना स्कूलमा पढ्दा रहेछन् । बुवाको नाम यो रहेछ । उसको कुरा सुनेपछि एक किसिमले मेरो सातो नै गएको थियो । किनभने कुनै कारणले उ पक्राउ परेको भए या उसको हत्या भएको भए -मैले यो शव्द यसकारणले लेखें कि त्यो वेला मृत्यु साह्रै सस्तो थियो) तिनीहरुले मलाई बाँकी राख्ने रहेनछन् ।

Wednesday, May 28, 2008

गंड्यौला पालन




जुठोपुरो खेरै जांदैन । आगन घुरेनका एकाछेउमा उम्रिएका झार उखेलेरै हालिदिए पनि भइहाल्छ । चुल्हो जुठेल्नामा उम्रिएको माल बस्तु पनि काममै आउंछ । चारो खोज्ने धेरै काम घरभित्रै सकिन्छ । कमाइ पनि रामै्र छ । ठाउं पनि ठुलो र राम्रो चाहिएन । गड्यौलाको मल बेचेर नुन भुटुन, साबुन सलाईको गर्जो मनग्गे टारिरहका छन् शरणार्थीहरुले ।
सहायता संस्था लुथरन बिश्व महासंघले अहिले शरणार्थी शिविरहरुमा चलाइरहेको करेसाबारी कार्यक्रमको अर्को पाटोको रुपमा गड्यौला खेती उन्नत अभ्यासको रुपमा फस्टाइरहेको छ । ४० घर धुरीमा भाडा भांडामा फोहोर खांदै कमाइको माध्यम बनेकाछन गड्यौला शरणार्थी शिविरमा । शिविरकै अगुवा गड्यौला कृषक अगमसिंह र्राई ।
शरणार्थीहरुलाई सानो तिनो आयस्ताको कामको ठुलो महत्व छ । चर्को खडेरी भोगीरहेको जीवनको लागी दर्ुइ चार रुपैंयाको आम्दानी नै त्राण हुनसक्छ । जांगर तह लगाउने कुनै घुरेन घडेरी नभए पनि कतिपय शरणार्थी परिवारले घर भित्रै साना प्लाष्टिकका भाँडामा गंड्यौला पालेर जीवन सजिलो बनाउने प्रयास गरिरहेका छन् ।
बेलडांगी १ का रन बहादुर मगरले बांसका भाटाको बिजाउने बिच्छ्यौनामा सुत्न थालेको १७ वर्षनाघ्यो । त्यही अभावको बिच्छ्यौना मुनी तीनवटा झारपात भरिएका प्लाष्टिकका भांडा राखिएकाछन् । गड्यौलाले उनको परिवारको जुठो खाएर प्लाष्टिकको भांडामा बनाएको एक किलो मल आलु फलेको सिजनमा बेचियो भने १० किलो आलु आउंछ । बेच्न कुनै हाट जानै परेन । प्लाष्टिकका प्याकेटमै तौलेर पोको पारे पछि किन्नेलाई पनि सजिलो । शरणार्थी शिविरमा बलेंसी वरिपरी सागपातका बिरुवाका फेदमा जतनसंग हाले पछि निक्कै मज्जासंग सागपात फस्टाउंदोरहेछ । धेरैजसो त शिविरमै बिक्छ ।
शिविरमा अभाब र बेकारी छ । फुर्सद छ तर अभाब छ । दिनभरी व्यर्थ बस्दा कुनै उन्नतीको संभावना रहन्न । तर अभावका बीच पनि साना तिना इलमका अभ्यासमा शरणार्थी लागेकै छन् । अगमसिंह र्राईलाई त आफ्नो जुठो खाएर गड्यौलाले फसलको रुपमा दिएको मल सम्झिँदा गंड्यौलाको औधि माया लाग्छ ।
फुर्सद तह लगाउन र थोरै तिनो आयस्ता गर्न अनेक उपाय हुन सक्छन् । उभ्रिएको खान्कि र झार पात त्यसै खेर गएरहेका हुन्थे । तर तिनै खेर गइरहेका चिज जम्मा गरेर गंड्यौलाले खानेगरी गड्यौला राखेको भांडासंगै राखिदिएपछि चामल भन्दा महङ्गो भाउ पर्ने मल बन्दोरहेछ ।

गणतन्त्र नेपाल जिन्दावाद
















हिजो १५ गते विहान एमाले कार्यकर्ताहरु दमक चोकमा गणतन्त्र कार्यान्वयनको लागि दवाव दिन भेला हुँदै ।









सपनाको गणतन्त्र

आज गणतन्त्र घोषणा हुने ऐतिहासिक दिन भनेर कुरेर बसेको तर खै वेलुकाको छ बज्न लागि सक्यो तर अहिलेसम्म संविधान सभाको पहिलो बैठक नै बस्न सकेको छैन । उता राजावादीहरुले राजाको पक्षमा पर््रदर्शन पनि गर्दैछन् रे । यी नेताहरुले के के गर्दैछन् कुन्नी - नेपाली जनतालाई वेवकुफ बनाएरै छोड्ने भए जस्तो छ । मलाई यिनीहरुले आज घोषणा गर्छन् भन्ने कुरामा एकरत्ति पनि विश्वास छैन । आज हैन यस्तै हो भने नेपाली जनताको लोकतान्त्रिक गणतन्त्र नेपाल हर्ेन चाहना त चाहनामा नै सिमित होला जस्तो छ ।

Saturday, May 24, 2008

योगीद्वारा खाल्डोमुनी वसेर सातदिने भूतपस्या शुरु

दमकको वेलडाँगीस्थित भुटानी शरणर्थी शिविरमा मनोक्रान्तिका योगी श्री ञं सातदिने निराहार भूतपस्याका लागि खाल्डोमुनि वसि शुरु गरेकाछन् ।
वेलडागी -३ स्थित शिवालय मन्दिर परिसरमा नौ फिट गहिरो र नौ फिट चौडा खाल्डो खनी त्यस मुनी वसेर सात दिन सम्मको तपस्या गर्ने भनिएको छ । मनोक्रान्ती भित्रको तेश्रो अभियान अन्तरगत भूतपस्या गर्ने गरिन्छ ।चेतन मनलाई नियन्त्रणमा राख्ने हो भने असफल कार्यलाई पनि सफल गर्न सकिन्छ भन्ने शिक्षाका लागी सो कार्य प्रेरणदायक रहेको योगी श्री ङं ले जानकारी दिएका छन् । यसलाई योग अभ्यासबाट पहिलो चरणको मानसिक रुपान्तरण भएपछि मात्र गर्न सकिने योगीको भनाइ छ । यसलाई सन् १९९२ मा गरिएको अनुसन्धान अनुसार एक्युपञ्चर एण्ड इलेक्ट्रो थेरापिक्स् रिसर्च इन्टरनल नामक म्याग्जीनमा उल्लेख भए अनुसार सामान्य मानिसको उर्जाभन्दा तपस्या वा अभचेतन मनको प्रयोग गर्ने व्यक्तिको शक्ति एक हजार गुणाले वढि हुने समेत प्रमाणित भइसकेको छ । यसै आधारमा मानव जातिको सिद्धीका लागि उक्त अभियान शुरु गरिएको वताइएको छ । यसरी भूतपस्यामा रहनु हुने श्री योगीले २४ घण्टामा एकपटक पानी मात्र पिउनका लागि व्यवस्था गरिएको छ ।
त्यसैले वेरोजगार र लक्ष्यविहिन युवाहरुलाइ उठाउन र जीवन उपयोगी उर्जाशिल वनाउन सो कार्य वेलडाँगी स्थित शिविरमा गरिएको समेत बताइन्छ ।





श्री पाथीभरा शसस्त्र प्रहरी गणमा रहेका जवानहरु योग प्रशिक्षणमा सहभागी भइ योग गर्दै । दैनिक बिहान शारीरीक अभ्यासमा दौडने यी जवानहरुलाई योग प्रशिक्षण दिन शुरु गरिएको हो । जवानहरुले यो योग अभ्यासको शुरु दिनमा ९० प्रतिशत आसनहरुमा असफल भएको योग प्रशिक्षक वताउछन् ।

मालपोतमा बम र त्रिशुलीमा शव

मालपोत कार्यालय दमकमा अज्ञात समूहले राखेको सुतली वम सेनाको वम डिस्पोजल टोलीले अहिले भर्खरै अर्थात् विहान ८:४५ बजे निस्कृय पारेको छ ।

त्यस्तै आज विहान ६:३० बजेतिर चितवनको जुगेडीमा नारायणी नदीमा माओवादीले मारेर फालेका रामहरि श्रेष्ठको शव फेला परेको छ ।

Friday, May 23, 2008

ऋणसँगै दशवटा रुख उपहार

 
तेह्रथुमको सुङनाम ८ लसुने बस्ने चिनमाया गुरुङले ऋण उठाउँदा धितो राख्न परेन् । समूह जमानीमा सजिलै ऋण पाइयो । पैसा बुझ्दा समूह सदस्यमाझ किरिया भने खान पर्यो । तर त्यो कसम ऋणसँगै पाएको उपहार सदुपयोग गर्छु भुन्नका लागि थियो ।
गुराँसको राजधानी भनिने तीनजुरे मिल्के जलजले क्षेत्रमा महिलालाई ऋणसँगै दश बोट चाँपका बेर्ना उपहार दिने चलन चलाइएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको त्यो क्षेत्रका दश गाविसमा दुइ बर्ष यता यस्तो चलन चलाइएको हो । 'मैले समूहबाट उठाएको आठ हजार रुपैयाँले खसी बाख्रा किने । उपहारमा पाएको चाँपका बोट करेसावारीमा लगाएको छु '-श्रेष्ठले भन्नुभयो ।
श्रेष्ठ जस्तै संखुवासभा जिल्लाको तामाफोक ९ ओख्रेकी निर्मला गुरुङले समूहबाट लिएको पैसाले दुइवटा बंगुर किन्नु भयो । बंगुर हर्ुकाएर ब्रि्री गर्दा आएको पैसाले समूहको ऋण तिर्न पुग्यो । नाफा भएको पैसाले किनेको पाठा हर्ुकन लागेका छन् । 'पाठा लिदाँ उपहारमा पाएको चाँपका बिरुवाले करेसावारीमा हरियाली छ ', उहाँले भन्नुभयो 'केही समय पछि दाउराका लागिपनि समस्या हुदैंन ' ।
तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँसको बिनास हुन थालेपछि पर्यावरण जोगाउन, गुराँस संरक्षण गर्न र स्थानियवासी जीविकोपार्जनको खातिर बनमा निर्भर हुने क्रम घटाएर आत्मनिर्भर बनाउन यस्तो अभियान चलाइएको गुराँस संरक्षणकालागि कार्यरत विश्व संरक्षण संस्था -आइयुसिएन) धरानका प्रमुख राजेन्द्र खनालले बताउनु भयो । संस्थाले ऋणसँगै चाँप र गुराँसका बोट उपहार दिने चलन तेह्रथुमको सुङनाम, बशन्तपुर, सोल्मा, जिरीखिम्ती, आम्बुङ, मोराहाङ, ताप्लेजुङको चाँगे, साँगु र संखुवासभाको मादीमुलखर्क तथा तामाफोक गाविसमा रहेको जनाएको छ ।
आइयुसिएनले तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँसको बोटमा निर्भर रहने अवस्था कमगर्न स्थानिय राष्ट्रिय लाली गुराँस संरक्षण व्यवस्थापन समिती मार्फत महिला समूहका सदस्यलाई समूह जमानीकाआधारमा ऋण दिदैं आएको छ । ती गाविस विभिन्न प्रजातिका गुराँस लोपोन्मुख हुने संभावन रहेका क्षेत्र हुन् ।
समितीका संयोजक लक्ष्मण तिवारीले गाउँ गाउँमा गठित विभिन्न महिला र सामुदायिक बन समितीबाट हालसम्म एक सय १२ जनाले ऋण लिएर आयमुलक कार्यमा लागेको जानकारी दिनु भएको छ । धेरै जसो सामुदायिक बनका सदस्यले बंगुर,सुगुँर,खसीबाख्रा पालनका लागि आठ हजार रुपैयाँसम्म ऋण लिएका छन् । ओख्रेमा ३१ र सुङनाममा चालिस जनाले ऋण लिएर आत्म निर्भर बनेको सामाजिक परिचालिका सुनिता गुरुङले बताउनु भयो ।
संखुवासभाका उपल्लो गाविसमा भने ऋण सँगै महिलालाई गुराँसका विरुवा उपहार दिने गरिएको छ । तीनजुरे मिल्के जलजले क्षेत्रका २३ गाविसका सामुदायिक वनहरु गुराँस विनास नियन्त्रण गर्न लागि परेको सामुदायिक वनको संजाल समितीका अध्यक्ष गणेश सेनेले बताउनु भयो ।


कुमार लुइँटेल

Thursday, May 22, 2008

गुफापोखरी

संखुवासभा जिल्लाको नुनढाकी गाविसमा पर्ने गुफापोखरी । यो पोखरी दुइ हजार आठसय नब्बे मिटर उचाईमा रहेको छ । यस क्षेत्रमा घुम्नकालागि स्वदेशी तथा विदेशी पर्यटकको लाम लाग्ने गरेको छ ।






तस्वीर - कुमार लुइटेल ।

(http://nepalwildlife.blogspot.com/ बाट)

Monday, May 19, 2008

नयाँ नेपाल रे !!!!!!!!!!!

नयाँ नेपाल भनेर कसैले मलाइ यो फोटो पठाएको थियो इमेलमा । मैले त बुझिन कसरी नयाँ नेपाल भयो, तपाइहरु कसैलाइ थाहा छ भने मलाइ पनि सुनाउनुस् है ।




Sunday, May 18, 2008

जन्तुको राज मान्छेको देशमा

नेपाल जापानमा प्रकाशित यो कविता मलाइ त खुवै राम्रो लाग्यो । यहाँहरुलाइ कस्तो लाग्ने हो कुन्नी ................. ।




बबुरो बाघको जिम्मा
गोठको पहरा
सुदो स्याल गोठालो
रुङ्छ हाँस-कुखुरा
बाबै बुढो लाटोकोसेरो
पावरदारी चस्मा
दिनभर चहार्छ
सरकारी भेषमा
हामी लाटा-काना
जनताको देशमा ।

परेवाको खोरमा
गुनी गिद्धको बास
शान्तिको सन्देश
चाटू चिलको हात
राजनीति गर्ने
इमानी कागको झुण्ड
शान्ति-सुरक्षामा
सत्य शुण्ड र मुण्ड ।


आँखा चिम्लेका
उसै त ईश्वर
न्याय दिने
असल असुर-बेसुर
उसमाथि आँखामा
ईश्वरको अर्को पट्टी
न्यायको तराजु
ढल्किन्छ सधैं उल्टापटि्ट ।


जनताको दुःख
गोहीको आँसु
नेता रुदै चपाउँदै
देशको हाडमासु
ब्वाँसाको चलखेल
मान्छेको भेषमा
जन्तुको राज
मान्छेको देशमा ।

शिव प्रकाश
बोस्टन, अमेरिका मे, १४

Saturday, May 17, 2008

दमक क्षेत्रका केही समाचार

 

भुटानी शरणार्थीको स्वदेश फिर्तीका लागि प्रवासमा रहेका भुटानी दलहरुको साझा मोर्चा नेशनल फ्ण्ट फर डेमोक्रेसीेले लङ मार्च अभियानलाई पुन निरन्तरता दिने भएको छ ।
फण्टका अध्यक्ष बलराम पौडेलले भावि कार्यक्रमको रुपमा काकरभिट्टाको मेची पुलबाट पुन स्वदेश फिर्तीको अभियान थाल्ने बताउनु भयो । कार्यक्रम तय भएपनि मिती भने यकिन नभएको पौडेलले बताउनु भयो ।
उहा“का अनुसार स्वदेश फिर्तीको विषयमा नेपालमा अब वन्ने नया“ सरकार र भारत सरकारको धारणा बुझ्न केही समय पछि नै उच्च स्तरिय टोलीहरु नया“ दिल्ली र काठमाण्डौ पठाउने तयारी गरिएको छ ।
भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वासको कार्य शुरु गरिपछि स्वदेश फिर्तीको आन्दोलन र पहल ओझेलमा परेका छन् ।
मोर्चाले भुटान सरकारलाई समेत अपिल पर्ठाई स्वदेश फिर्तीको लागि वातावरण बनाउन आग्रह गर्दै आएको छ । भुटान भ्रमणमा जानु भएका भारतका प्रधानमन्त्री मनमोहन सिंहलाई उस्ले अपिल पठाइ समस्या समाधानमा सहयोग गर्न आग्रह गरेको थियो ।
मोर्चाले गत वर्षमे २८ बाट लङ मार्च अभियान शुरु गरेको थियो । तर भारतीय सुरक्षाकर्मीले मेची पुलबाट शरणार्थीलाई अघि बढ्न नदिएपछि कार्यक्रम स्थगन गरिएको थियो । पुलमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागि एकजना भुटानी शरणर्थी मोरङ शनिश्चरे शिविरका सहबहादुर शिवाको मृत्यु भएको थियो । त्यसबेला लङ मार्च अभियान तीन दिनसम्म चलेको थियो ।


तस्करी गरेर ल्याइएको चार टुन काठ शुक्रवार राती प्रहरीले झापाको दमकबाट बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकको गस्ती टोलीले दुईवटा रिक्सामा राखेर ल्याइदै गरेको अवस्थामा काठ बरामद गरेको हो ।
प्रहरीले तस्करीमा संलग्न भने पक्राउ पर्न नसकेको जनाएको छ । दमकमा सिमावर्ती इलामको चुलाचुली क्षेत्रबाट काठ तस्करी हुने गरेको छ ।


अभाव भएको मौका छोपी झापाको दमकमा पेट्रोल प्रतिलिटर दुई सय रुपैयामा विक्री गर्न थालिएको छ ।
भारतीय सिमा नाकाबाट दमक भित्राइएको पेट्रोल खुल्ला रुपमा दमक चौकमा बोतलमा राखि सो मूल्यमा बिक्री भएको हो ।
स्थानिय गणतन्त्र चौक आसपासमा यसरी तीनचार दिन यता पेट्रोल बिक्री भईरहेको स्थानिय नविन केसीले बताउनु भयो ।
छ दिनसम्म भएको यातायात बन्दका कारण झापामा पेट्रोलियम पदार्थ आयात गर्न नसकिएकोले अभाव भएको स्थानिय सगरमाथा पेट्रोल पम्पले जनाएको छ ।
दमकमा भोलिसम्म पेट्रोलियम पदार्थ आउने व्यवसायीले बताएका छन् ।


कुमार लुइटेल



Thursday, May 15, 2008

युवतीको बन्द समाज

अथिर जसिम अल ओथम्यानको बैठककोठा भरिभराउ थियो । त्यहाँ अतिथिका रूपमा दुई दर्जन किशोरी नाचगानमा मस्त थिए । सुश्री ओथम्यान र उनकी आमा उनीहरूलाई चिया र मसला बाँड्दै थिए । अचानक म्युजिक बन्द भयो । १८ वर्षकी केटी आलिया अगाडि बढिन् र भनिन् 'केटीहरू हो, म तिमीहरूलाई खास कुरा बताउँदै छु । त्यो के हो भने मेरो बिहेको कुरा छिनियो । ' केटीहरू छक्क पर्दै कराउन र चिच्याउन थाले । आलियासँगै अरूहरू खुसीको आँसु झार्न थाले ।

त्यहाँ उपस्थित स्कुले केटीमध्ये आलियाको सबैभन्दा अघि बिहेको कुरा छिनिएको हो । आलियाको सेल फोनमा उनको हुनेवाला दुलाहा २५ वषर्ीय सैनिक जवान बद्रको फोटो थियो । सबै केटीले धित मर्नेगरी फोटो हेरे । साउदी समाजमा बाबुसँग छोरीको हात माग्न आउँदा केटाले बुर्काबिना केटीलाई हेर्न चाहने अधिकार राख्दछ । यसै प्रसंगमा आलियाका साथीले त्यस घटनाको विवरण केरकार गर्न थाले । साउदी अरेबियामा महिलाले सार्वजनिक स्थलमा हिँड्दा कालो कपडाले शिरदेखि पाउसम्म छोप्नुपर्छ । उनीहरूलाई कालो सिसा भएको गाडीमा राखिन्छ । महिला विद्यालय र विश्वविद्यालयमा मात्र उनीहरू पढ्न पाउँछन् । रेस्टुरेन्टमा पनि 'पारिवारिक क्याबिन' मा मात्र उनीहरू खान पाउँछन् । राजधानी रियादमा केही वर्षयता विशेष रूपमा महिलाकै लागि मात्र व्यायामशाला, बुटिक, ट्राभल एजेन्सी, सपिङ मल खुलेका छन् ।

आलियाका यी चुलबुली साथीहरू अनुदार समाजले आफूमाथि थोपरेको परिधिप्रति सचेत थिए । उनीहरू आफ्नो परिधिमाथि गम्भीर रूपमा प्रश्न पनि उठाउँदैनथे । राम्ररी पालनपोषण भएका अविवाहिता युवतीहरू केटा र पुरुषबाट यतिविघ्न अलगथलग छन् कि जब उनीहरू पुरुषका बारेमा कुरा गर्छन् अलग प्रजातिका बारेमा कुरा गरेजस्तो लाग्छ । नाचगानको त्यसदिन बेलुका अलियाले आफ्नो भावी दुलाहासँग फेानमा कुरा गर्न परिवारले आफूलाई छुट दिएको बताइन् । भोलि उनीहरूबीच पहिलोपटक फोनमा कुरा हुनेवाला थियो । उनी बद्रसँग के-कस्तो कुरा गर्ने भनेर चिन्तित थिइन् । तर, उनका साथीले उनलाई धेरै सुझाव दिए । 'उसलाई उसको कामबारे सोध । पुरुषहरू आफ्नो कामबारे कुरा गर्न रुचाउँछन्,' एउटी साथीले भनिन् । अर्कीले भनिन्, 'उनको मोबाइल कस्तो छ ,गाडी कस्तो छ भनेर सोध्नू । त्यसबाट नै उसले पैसामा केमा खर्च गर्छ भन्ने थाहा हुन्छ । कन्जुस छ कि छैन भन्ने पनि बुझिन्छ ।'

आलियाले साथीका सुझाव टिपिन् । केटाले आफूलाई माग्न आउँदा उनी एकदमै आत्तिएकी थिइन् । जुसको टे्र उनको हातबाट झन्डै खसेको थियो । केटाले के-के भन्यो उनले सम्झन सकिनन् । बद्रसँग फोनमा कुुरा गर्न आलियाले छुट पाए पनि साउदी समाजमा अझ बढी अनुदार परिवारले यस्तो छुट दिँदैन । बिहेको कुरा छिन्नुअघि र बिहे गर्नुअघि केटा र केटीले एकअर्काप्रति आसक्ति जाहेर गर्नु वा कुनै प्रकारको सम्पर्क राख्नु सरमलाग्दो मानिन्छ । तैपनि, यहाँका महिला गोप्य रूपमा पुरुषसँग कुरा गर्न वा भेट्न र पुरुष संसारको एक झलक पाउन कुनै न कुनै उपाय सोच्छन् । आलियाकी १८ वषर्ीया साथी अथिर ओथम्यान पि्रन्स सुल्तान युनिभर्सिटीमा कानुन पढ्छिन् । उनका साथीले केटाको जस्तो लुगा लगाएर खिचेको फोटो उनलाई देखाएका थिए । 'यस्तो धेरै केटीहरू गर्छन्,' १८ वषर्ीया सारा अल-तुखाइफी भन्छिन् । यसो गर्दा धार्मिक प्रहरीले थुन्ने सम्भावना सधैं रहन्छ । साउदी युवाहरूमा बढ्दै गएको विद्रोही व्यवहारप्रति साउदी अखबारले पटकपटक गुनासो गर्दै आएका छन् । धार्मिक प्रहरी र युवामाझ भिडन्त हुने गरेको छ । गाडीमा महिलाहरू रहेको स्थितिमा युवकहरू त्यस गाडीको पिछा गर्छन् । उनीहरूको तात्पर्य महिलालाई आफ्नो फोन नम्बर दिनु हो । गाडीको पिछा गर्ने काम अहिले साउदी सहरी जीवनको हिस्सा नै बनेको छ ।

'कुनै पुरुषसँग अनलाइनमा कुरा गरिरहेको परिवारले फेला पारेमा फोनमा कुरा गरेजति नराम्रो ठानिँदैन,' तुखाइफी बताउँछिन्, 'इस्लामले अपरिचित व्यक्तिको स्वर सुन्न मनाही गरेको हँदा फोनमा कुरा गर्नुलाई बढी आपत्तिजनक मानिन्छ । अनलाइनमा भने पुरुषले महिलाको लेखाइ मात्र देख्दछ ।'

प्राध्यापकलाई डेढ सय कोर्रा
रियाद/ कफी सपमा महिलासँग एक्लै भेट गरेको अवस्थामा पक्राउ परेका एक साउदी अरेबियनलाई एक सय ५० कोर्रा हानियो । यसबाहेक उनी जेलमा आठ महिनाको बन्दी-जीवन बिताउँदै छन् । यस्तो सजाय पाउने व्यक्ति मुहम्मद अली अबु रजिजा हुन् । उनी मनोविज्ञानका प्राध्यापक हुन् । उनलाई धार्मिक प्रहरीले गिरफ्तार गरेको थियो । उनीमाथि इस्लाम धर्मले लगाएको प्रतिबन्ध तोडेको अभियोग लगाइएको थियो । त्यसअनुसार महिलाले आफ्ना नातेदारबाहेक अन्य पुरुषलाई एक्लै भेट्न बन्देज गरिएको छ । द टेलिग्राफ अखबारका अनुसार प्राध्यापक अबु रजिजाले प्रहरीले आफूलाई फसाएको बताएका छन् । ती प्रहरी कुनै बेला ती प्राध्यापककै विद्यार्थी थिए । त्यही बेलादेखि नै उनीहरूसँग उनको व्यक्तिगत विवाद रहँदै आएको थियो । अबु राजिजाले दाबी गरेअनुसार उनले ती महिलालाई कसैको साथ आउन भनेका थिए । तर, उनी एक्लै आइन् । त्यस घटनापछि ती महिलाका बारेमा भने केही जानकारी उपलब्ध छैन । एमनेस्टी इन्टरनेसनलले प्राध्यापकलाई रिहा गर्न साउदी अधिकारीसँग आग्रह गरेको छ ।


(नयाँ पत्रिकाबाट)

Tuesday, May 13, 2008

सजिलै पत्ता लागेको एउटा साइवर अपराध

झण्डै एक महिना अगाडिको कुरा हो, मलाई एकै चोटी एकै जनाको नामबाट ३ वटा वेग्लावेग्लै मेल आए नचिनेको मान्छेको नामबाट । पठाउने मान्छेको इमेल ठेगानामा स्पष्टसँग नाम नै थियो - उमेश दहाल । तर त्यो वास्तविक थिएन भन्ने चाहिँ जसले पनि ठोकुवा नै गरेर भन्न सक्छ । मैले एउटा मेल खोलेर हेरें, त्यहाँ दमकका एक जना होमियोप्याथिक चिकित्सक र उनकी श्रीमतीका बारेमा जथाभावी कुराहरु लेखिएका थिए । साथै नराम्रा फोटोहरु पनि थिए । फोटोसपबाट विगारिएको दुवै जनाको आपत्तिजनक तस्वीर देखेर त्यस दुष्ट मानिसप्रति अति नै रिस उठ्यो । "कस्तो मानिस रहेछ त्यो जसले यति घृणित र मानविय संवेदनाहीन काम पनि गर्न सक्छ" भन्ने सोच्दै ती फोटोहरु डाउनलोड गरेर त्यसको Properties हेर्न थालें । तर त्यसबाट खासै केही पत्ता लागेन । त्यसपछि अर्को मेल खोलें । त्यसमा पनि त्यस्तै फोटोहरु थिए । र अन्तिममा अर्कोमा चाहिँ २ वटा फोटोका साथै वर्डको एउटा फाइल पनि थियो । त्यसबाट केही पत्ता लाग्छ कि भनेर त्यो डाउनलोड गरें । त्यसमा पनि फोटो नै राखिएको थियो र तिनै जथाभावी कुराहरु लेखिएको थियो । त्यो वर्ड फाइलको Properties हेर्दा मैले जे देखें त्यसले मलाई साच्ची नै अचम्ममा पारिदियो । त्यति नजिकको मान्छेले त्यस्तो गर्न सक्छ भनेर कल्पना गर्नै मलाई गाह्रो भयो । तर पनि प्रमाण त उसले नै दिएको थियो उसको अपराधको ।
उनिहरुमा रिसारिस या वैमनस्यता छ भन्ने कुरा त मलाई थाहा थियो तर यति हदसम्म तल झरेर यस्तो वदमासी उसले गर्छ होला भन्ने चाहिँ मैले सोचेको थिइन । सोचें उसले गरेको होइन कि ...... उसलाई फसाउनको लागि कसैले गरेको हो कि ......... । फाइलको Properties त जसले पनि परिवर्तन गर्न सक्ला, इमेल ठेगाना त उसले अर्काको नामबाट बनाएको थियो नै । तर त्यस अघिका पृष्ठभूमि केलाउँदा त्यो व्यक्ति नै यस घटनाको एकमात्र जिम्मेवार थियो ।
उक्त मेल आउनु भन्दा २-३ दिन अगाडि मैले उसलाई मेरो इमेल एड. दिएको थिएँ । सम्विधान सभाको चुनावको दिन भोट हालेर फर्किंदा एक्लै हिंड्दै आएको थिएँ । १२ वजेको घाममा लखतरान परेर आउँदा उसको इन्ष्टिच्यूट खुल्लै देखेर थकाइ पनि मर्ने, गफ पनि हुने भन्ने सोचेर उसको इन्ष्टिच्यूटतिर लागें । उ एक्लै रहेछ । उसको कम्प्यूटर खोलेर हर्दा उसँग एउटा राम्रो खालको Date Converter रहेछ । मेरोमा अलिक झन्झटिलो भएकोले "तिम्रोमा सजिलो रहेछ एकै क्लिकमा हुने, मेरो ३-४ पल्ट क्लिक गर्दा मात्र Date Converte गर्ने ठाउँमा पुगिन्छ, फेरि ढिलो पनि खुल्छ" भनेर उसलाई "यो Date Converter मलाई मेल गरिदेउ न" भनें र उसको Outlook खोलेर आफ्नो इमेल एड. हालेर फाइल Attach गरेर ठिक्क पारेर राखिदिएँ र "Internet Connect गरेको वेला Send गरिदेउ ल" भनें र म हिंडे ।

त्यसको भोलिपल्ट उसले मलाई फोन गर्यो, "मेल त गएन Add. मिलेन" भनेर । मलाई त हाँसो पनि उठ्यो उसको कुरा सुनेर किनकी मेरो इमेल एड. मैले आफैंले नै टाइप गरेको फेरि सवै कुरा मैले आफैंले रेडि गरेर सेन्ड गर्न मात्र बाँकी राखेर आएको एड. नमिल्ने त कुरै आउँदैन थियो । तै पनि मैले अर्को एड. दिएँ र भने "यसमा पठाउन त" "हुन्छ दाइ" त भन्यो उसले तर खै अहिले सम्म उसको Date Converter मसम्म आइपुगेको छैन ।

त्यसको पर्सीपल्ट चाहिँ उसले उमेश दहालको नाममा इमेल एड. बनाएर मैले दिएका मेरा दुवै एड.मा उसका करतुतहरु पठाएछ । मेरो एड. मिलेन भनेको कारण थाहा पाएर मनमनै हाँसे धेरै वेर । मेरो मात्र नभएर अरु १२-१३ वटा इमेल एड.मा पठाएको रहेछ ती मेलमा फोटोहरु।

त्यसपछि मैले उसलाई यस्तो काम किन गरिस् भनेर सोध्न मन लाग्यो । उसको फोन नं. मसँग थिएन । गेस गरें मेमोरी कम्प्यूटरको भोला भाइसँग पक्का छ, उसलाई फोन गरेर सोधें, मेरो गेस मिल्यो ।

अनि उक्त व्यक्तिलाई उसको नं. मा कल गरें । उ त्यहीँ रहेछ । कुरा भयो । सोधें "यस्तो वदमासी किन गरेको" भनेर । "के भयो दाइ, मैले के गरें" भनेर अन्जान जस्तो गर्न थाल्यो । मैले "तिमीले यस्तो यस्तो काम गरेछौ, गर्नु नहुने काम गर्यौ, मान्छेले गर्नु त होइन सोच्नु पनि नहुने काम तिमीले गरेछौ । तिमी फस्यौ अव ।" भनेपछि, "होइन दाइ मलाई कसैले पठाएको थियो मैले त्यो फरवार्ड मात्र गरेको हुँ ।" भन्यो । "ल के हो मलाई थाहा भइसक्यो । तिमी एकपल्ट यहाँ आउ के भएको छ म सवै तिमीलाई देखाउँछु" भनें । उ एक घण्टा भित्रैमा मेरोमा आइपुग्यो । अनि उसले पठाएका फोटो उसलाई देखाएँ र वर्ड फाइलको Properties मा उसको र उसको कम्प्यूटर इन्ष्टिच्यूटको नाम पनि देखाइदिएँ र भनें – "तिमी फस्यौ अव किनकी तिमीले यी मेलहरु मलाई मात्र नभएर धेरै ठाउँमा पठाएका रहेछौ । अनि CRI चीनमा पनि पठाएछौ । डाक्टरले चाह्यो भने तु. पत्ता लाग्छ । स्पष्ट तिम्रो नाम छ त्यहाँ । म चाहिँ पहिले भनिदिन्न तर कतैबाट उनिहरुले सोधिखोजी गरेर मलाई सोधे भने चाहिँ मैले भन्नै पर्ने हुन्छ । तिमीलाई थाहा नै छ नातामा डाक्टर मेरो भाइ हो । त्यसकारण तिमी के गर्र्छौ गल्ती त गर्यौ तर अव त्यसबाट कसरी उम्किन्छौ ।"
"मैले त होइन जे होला होला ।" भन्दै उ गयो ।

त्यसको ३-४ दिनपछि राति साढे नौ बजेतिर मलाई डाक्टरले फोन गर्यो । "दाइ, मलाई विन लादेनको नामबाट एउटा मेल आएको छ । त्यहाँ एउटा वेव साइट पनि दिएको छ हेर् भनेर, मार्ने धम्की दिएको छ" भनेर । उसँग कुरा गर्दा गर्दै उसको वुवा मेरो घरमा नै आइपुग्नु भयो र एउटा कागज दिएर भन्नु भयो "यो साइट खोलेर हेर्नु पर्यो के रहेछ । हाम्रो केटा (छोरा)लाई के के भनेर धम्की दिएर इमेल लेखेछ ।"

मैले हेरें र भनें – "हैन भिनाजु (मेरो फुपाजु पर्नुहुन्छ उहाँ) विन लादेनसँग हाम्रो के सम्वन्ध छ र लादेनले हामीलाई मार्छ । कुन चाहिँले तर्साउन त्यतिकै लेखेको होल" भनें । साइट हेर्नै पर्दैन भनेको मान्नु नै भएन ।

अनि कम्प्यूटर खोलेर साइट खोलेको त्यो साइट नै रहेनछ । अनि डाक्टरलाई फोन गरेर त्यो मेल मलाई फरवार्ड गर्न लगाएँ । त्यो मेलमा पठाउनेको एड. विन लादेनको नामबाट बनाएको रहेछ । पठाएको मिति मार्च २३ थियो । मेसेजमा चाहिँ इटहरीको अग्रवाल परिवारकै जस्तै हालत हुन्छ भनेर लेखेको थियो । "ल यत्तिका दिनसम्म किन मेल चेक नगरेको आज त अप्रिल १८ भइ सक्यो त" भनेको कम्प्यूटर विग्रेर चेक गर्न पाएकै थिएन रे ।

त्यो इमेल एड. याहुमा थियो । याहुमा इमेल एड. बनाएको मिति लगभग थाहा हुन्छ । मैले चेक गरें कहिले बनाएको रहेछ भनेर । जुन दिन उसले त्यो मेल पठायो त्यहि दिन बनाएको रहेछ । थाहा भइहाल्यो त्यो उसले त्यही मेल पठाउनकै लागि मात्र बनाएको रहेछ । मलाई थाहा भइ हाल्यो यो मेल पठाउने पनि त्यही फोटो पठाउने नै हो । पहिले पठाएको मा पनि त्यस्तै गरेको थियो, एड. बनाउने वित्तिकै त्यसैबाट मेल पठाएर ।

मैले भिनाजुलाई भनें – "डाक्टरले नाम, दामका साथै दुस्मन पनि कमाएछ भिनाजु । मलाई अस्ति भर्खर यस्तो खालको मेल आएको थियो ।" ती फोटो भएका मेल पनि देखाइदिएँ । मैले त्यो मान्छेलाई भनेको थिएँ तेरो पोल म आफैंले चाहिँ खोलिदिन्न । त्यसैले मैले सुरुमै चाहिँ फलानाको काम हो यो भनेर भनिन । तर भिनाजुले थाहा पाइहाले "यो फलानाको काम हो । त्यसका करङ्गले दुःख पाउने भयो भने" । कसरी भनेर सोद्धा "त्यो घरको मान्छे, त्यो बाहेक अरु कोसँग हुन्छ यी फोटो ? अनि यो फोटो विगार्न बनाउन त्यसलाई नै आउँछ भन्ने पनि मलाई थाहा छ" भने पछि मैले पनि भन्नै पर्यो – "हो मलाई पनि यस्तै लाग्छ ।" अनि मैले उसलाई यहाँ बोलाएर भनेका सवै कुराहरु उहाँलाई भनिदिएँ ।

त्यसपछि उहाँहरुले अरु प्रमाणहरु खोज्नु भएछ । वर्ल्डलिंकको अफिसमा फोन गरेर डायल अप फोन नं. पत्ता लगाउने काम आदि सवै गरेपछि प्रहरी कारवाही गर्ने क्रमसम्म पुग्यो । तर आफ्नो मान्छे भएको हुनाले उहाँहरुले धेरै ठूलो कार्वाही चाहीँ गरिदिनु भएन । अरु भएका भए त्यसै छाड्ने थिएनन् । साइवर अपराधीका रुपमा उसले सजाय पाउने थियो होला । जे होस् दमकको पहिलो साइवर अपराधीले आफ्नो अपराध अनुसार सजाय पाउन बाट जोगियो । त्यसका लागि उसले उसका काका र दाइ (डाक्टर) लाई जति धन्यवाद दिए पनि थोरै नै हुन्छ ।

Sunday, May 11, 2008

साइकलमा लोड अलि धेरै भयो कि !!!!!!!!!


अस्ति भर्खरै काठमाण्डौबाट आएको वसले त्यही वसमा यात्रा गरि आएका एक यात्रीलाइ उत्रने क्रममा मोरङको उर्लावारीमा ठक्कर दिइ मृत्यु भएपछि मृतकका आफन्तले क्षतिपुर्ति वापत १५ लाख मागेपछि यातायात मजदुरहरुले गरेको चक्काजाम ।


फोटो – कुमार

इटहरी हत्याकाण्डमा डिआइजीदेखि प्रहरी निरिक्षक सम्मको संलग्नता

इटहरीमा करिब डेढ महिनाअघि भएको अग्रवाल दम्पती हत्याकाण्डमा डिआइजीदेखि प्रहरी निरिक्षकसम्मको संलग्नता भएको दावी विभिन्न क्षेत्रका व्यक्तिहरुले गरेका छन् ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रविन्द्रप्रताप शाहदेखि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक विश्वमणि पोखरेल सहित सबै प्रहरी अधिकृतहरुको संलग्न रहेको दावी गर्दै सुनसरी भरिका उद्योगी,व्यापारी,अग्रवाल परिवार र नागरिक समाजका प्रतिनिधिहरुले उनिहरुमाथि कार्वाहीको माग गरेकाछन् ।

इटहरीमा भएको सर्वपक्षिय छलफलमा सहभागीले दुई महिना अघि भएको हत्याको छानविनमा प्रहरीले चासो नदेखाएको र बारम्बार घटनाका बारेमा सोध्दा व्यापारीहरुलाई कुनै जानकारी नदिने तथा अग्रवालका परिवारलाई पनि प्रहरीहरुबाट नै विभिन्न प्रकारका धम्की आउन थालेपछि व्यापारीहरुले सो माग गरेका हुन् ।

सर्वपक्षिय छलफलबाट नागरिक समाज, व्यापारी व्यावसायी सहितको भेलाले पूर्वाञ्चलका डिआइजी रविन्द्रप्रताप शाह,कोशीका प्रहरी प्रमुख वीरेन्द्रबाबु श्रेष्ठ,प्रहरी प्रधान कार्यालयबाट खटिएका वरिष्ठ प्रहरी उपरिक्षक भक्तिनाथ माझी,ल्याव टेक्निसियन प्रभाकर साह, सुनसरीका प्रहरी उपरिक्षक यादवराज खनाल र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक विश्वमणि पोखरेललाई विभागिय कार्वाहीको माग गृह मन्त्रालयसाग गरेको छ ।

आरती स्टि्रप्सका अधिकृत विक्रेता समेत रहेका कैलाशचन्द्र अग्रवाल र कान्ता अग्रवाल हत्या योजना प्रहरीको संलग्नता विना सम्भव नभएको ठहर गर्दै सो छलफलबाट प्रहरीविरुद्ध खेद प्रस्ताव समेत पारित गरेको छ ।

' उधोग वाणिज्य संघ सुनसरीका वाणिज्य सचिव गिरीधारी सापकोटाले भन्नुभयो,'हामीले १५ दिन अघि तय गरेको कार्यक्रममा सवै प्रहरी अधिकृतहरुलाई बोलाएका हौं तर सवै एकैचोटी विदामा र विरामी भएको नाटक गरि यहाँ आएका छैनन् ।' सापकोटाले प्रहरी अनुसन्धानको प्रकृयामा नरहेको र हत्या योजनाकारसाग मोटो रकम लिएका कारण छलफल सम्म नआएकोआरोप लगाउनु भएको छ ।

व्यापारी चुप लागेर बसेका कारण प्रहरीले हत्याको योजना सफल भएको भनेर बस्नु मुर्खता रहेको व्यापारीहरुले बताएका छन् । एक व्यापारी दम्पत्तीको हत्याको कुरा मात्र नभएर सवै व्यापारीको सुरक्षामा पनि प्रहरीको राम्रो घुस खाएर हत्यारालाई प्रहरीले संरक्षण गरेको आरोप लगाउँदै त्यस्ता गैर जिम्मेवारी प्रहरीलाई कार्वाही गरि हत्याको स्पष्ट अनुसन्धान गर्ने नयाँ प्रहरी अधिकृतहरुको नियुक्ति हुनुपर्ने सहभागीहरुको माग रहेको छ ।

यसैबीच, सुनसरी उधोग वाणिज्य संघले एक सर्कुलर जारी गरि पूर्वाञ्चलका १६ वटै जिल्लाका उधोग वाणिज्य संघलाई आन्दोलनका लागि साथ दिन अपिल गरेका छन् ।

व्यापारीहरुको संघर्षसमितिले जारी गरेको विज्ञप्तिमा आगामी सोमबारदेखि थालिने चरणवद्ध आन्दोलनमा साथ दिदै पूर्वाञ्चलका सवै जिल्ला प्रशाशन कार्यालयमा तालाबन्दि तथा धर्नाका लागि अपिल गरिएको छ ।

हत्यारा पत्ता नलागुनजेल सम्म र सरकारले व्यावसायीका माग पुरा नगरेसम्म सो सहयोग गर्न उनीहरुले अपिल गरेका हुन् । आन्दोलन सोमबारबाट थालिने र जिल्ला प्रशाशन कार्यालयमा अनिश्चितकालिन तालाबन्दिबाट सुरु हुने संघर्षसमितिले जनाएको छ ।

व्यापारी हत्याका कारण औधोगिक करिडोरका व्यापारी तथा व्यावायी र अन्य व्यापारीहरु विभिन्न अपराधिक घटनाको मारमा परेको तर प्रहरी प्रशाशनले सुरक्षाको साटो उल्टै यातना दिने गरेको जनाउँदै जिल्लाले थालेको आन्दोलनमा साथ दिन नेपाल उधोग वाणिज्य महासंघलाई साथका लागि अपिल गरेको छ ।

(नेपाल जापान बाट)

Saturday, May 10, 2008

म्याग्दीमा ढुङ्गाभित्रबाट पानी निस्कने अनौठो पोखरी

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारदेखि तीन किलोमिटर उत्तरमा पर्ने पवित्र तीर्थस्थल गलेश्वरधाममा ढुङ्गाबाट मूल फुटेर बनेको पोखरी भूगर्भविद्हरूका लागि समेत आश्चर्यको विषय बनेको छ ।

विशाल चट्टानमाथि अवस्थित गलेश्वर शिवालयको छेवैमा रहेको सो पोखरी ढुङ्गा खिएर बनेको छ भने त्यहाँ ढुङ्गाभित्रबाट नै पानी निस्कने गरेको छ । खडेरीमा पनि पानी नसुक्ने सो पोखरीको लम्बाई करिब २० मिटर र गहिराई १० मिटर रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

गलेश्वर मन्दिरका मूल पुजारी यामप्रसाद आचार्यका अनुसार पोखरीमा ढुङ्गाभित्रबाट नै पानी आउने गर्दछ । जस्तै ठूलो वर्षा हुँदा र खडेरी पर्दासमेत पानीको सतहमा घटबड नहुने पनि पुजारी आचार्यले जानकारी दिनुभयो ।

करिब डेढ वर्ष पहिले सो स्थानमा पुगेका भूगर्भविद्हरूको टोली पनि पोखरी देखेर आश्र्चयचकित भएको बताइएको छ । सो टोलीले पोखरीको अनुसन्धानका लागि छिट्टै आउने बताएता पनि अझसम्म कोही पनि नआएको स्थानीय बासिन्दाले बताएका छन् ।

सो पोखरी र त्यहाँ राखिएको भगवान् विष्णुको मूर्ति हेर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको गलेश्वर क्षेत्र विकास समितिले जनाएको छ । मुक्तिनाथ प्रवेशद्वारको रूपमा परिचित गलेश्वर क्षेत्रलाई हिन्दु धर्मावलम्बी नेपालीहरूले दोस्रो पशुपतिनाथका रूपमा पुज्ने गर्छन् ।

स्कन्दपुराणमा उल्लेख भएअनुसार भगवान् शिव आ€नो मृत पत्नी सतीदेवीको शवलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा सो ठाउँमा सतीदेवीको गला पतन भएकोले यस ठाउँको नाम गलेश्वर रहन गएको हो ।

धार्मिक, जैविक, र पुरातात्विक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको गलेश्वरक्षेत्रको व्यापक प्रचारप्रसार गरी अनुसन्धान गर्ने हो भने अझै पुरातात्विक महत्वका कुराहरू पत्ता लाग्न सक्ने स्थानीय बासिन्दाले बताएका छन् ।

चोखो माया पनि देखियो...

हेटौंडा नगरपालिका चौकीटोलकी २१ वषीया सुनिता केसीसँगै बाँच्ने र सँगै मर्ने कसम खाएर मकवानपुरको सुनाचुरी ब्यारेकमा अमल्दार युवराज केसीसँग वैवाहिक बन्धनमा बाँधिइन् । २ वर्षघि वैवाहिक बन्धमा बाँधिएकी सुनिताले श्रीमान्को कुटाइ त परै जाओस् श्रीमान्को हातबाट मर्नुपर्छ भनेर सोचेकै थिइनन् । तर सुनिताले जे नसोचेको त्यही हुन गयो । सामान्य झै-झगडामा नै सुनिताको हत्या उनकै मायालु पति युवराजले गरेका छन् । अघिल्लो साता काठमाडौं जाने विषयमा सामान्य विवाद भएपछि युवराजले आफ्नै ससुराली घरमा सुनिताको घाँटी चुलेसीले रेटेर हत्या गरेका छन् ।
प्रेमविवाह गरेका सुनिता र युवराजको पहिलेदेखि नै पारिवारिक कलहबाट सुनिताले निर्घााकुटपिट सहनुपरेको उनका माइतीहरूले बताएका छन् । हत्यापछि फरार भएका युवराजलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिरासतमा राखेको छ । प्रहरीको वयानमा उनले आवेगमा आएर आफैंले श्रीमतीको हत्या गरेको स्विकारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताए ।
सुनिताको भन्दा कम छैन पीडा गौरीका परिवारको पनि ।
मकवानपुरको हटिया गाविस, चिसापानीकी गौरी चौलागाईलाई बाबुआमाले रौतहटको सन्तपुरका चिरञ्जीवी तिमल्सिनालाई सुम्पिएका थिए । बिहे बन्धनमा बाँधिएको १ महिना नपुग्दै उनी पनि आफ्नै श्रीमान्बाट हत्याको सिकार बनिन् । बनेपाको खोपासीस्थित प्रहरी चौकीका अर्सइ चिरञ्जीवीले दाइजो नपाएको निहुँमा श्रीमतीको निर्मम तरिकाले हत्या गरेका छन् । दाइजोमा मोटरसाइकलको नदिएको निहुँमा गौरीलाई चिरञ्जीवीले २२ वषीया गौरीको नाक-कान काटेर र दुवै आँखा समेत झिकेर खोपासीस्थित जंगलमा मारेर फालेका थिए । आफ्नी श्रीमतीको हत्या गर्ने चिरञ्जीवी अहिले इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी हिरासतमा रहेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार चिरञ्जीवीले आफूले श्रीमतीको हत्या गरेको स्विकारेकाले उनलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए ।
आफ्ना छोरीको हत्या भएपछि सुनिता र गौरीका बाबुआमा पीडामा डुबेका छन् । आफूले दुःख गरेर हुकाएका छोरीहरूको हत्या भएको घटनाले उनीहरूको पारिवारमा नैराश्य छाएको छ । गौरीका बाबु श्यामकृष्ण चौलागाई भन्छन्- 'देश र जनताको सुरक्षा दिनुको साटो आफ्नै श्रीमतीको हत्या गर्ने यस्ता सुरक्षाकर्मीलाई राज्यले कडा कारबाही गर्नुपर्छ ।' मारिएकी आफ्नी छोरी फर्किएर नआउने भए पनि अरू आमाबुवाले आफ्नो जस्तो पीडा व्यहोर्नु नपरोस् भन्नका लागि अपराधीहरूलाई कडा कारबाही हुनुपर्ने उनको माग छ ।

(समय)

नेपालको विद्यालयमा बन्देमातरम्


नेपाली पाठ्यक्रम पढाउने सर्तमा विराटनगरमा खुलेको एक विद्यालयले भारतीय पाठ्यक्रम मात्र पढाएको छैन, विद्यार्थीलाई भारतीय राष्ट्रगान बन्देमातरम् घोकाइरहेको छ । १० करोड ४० लाखको लगानीमा गुरुकुल सोसाइटीको नाममा दर्ता भएको सो स्कुल नियमविपरीत नाम फेरेर दिल्ली पब्लिक स्कुलका रूपमा सञ्चालन भइरहेको छ ।
विराटनगर-६ स्थित सो स्कुलले गुरुकुल सोसाइटीको नाममा बुधबार मात्र जिल्ला शिक्षा कार्यालयबाट अनुमति पाएको छ । तर, महिनौंदेखि दिल्ली पब्लिक स्कुलको नाममा विज्ञापन गर्दै कक्षा सातसम्म भारतीय पाठ्यक्रम पढाइरहेको छ ।
भारतको दिल्ली पब्लिक स्कुलकै पाठ्यक्रमलाई समावेश गरेर विद्यालयमा पठनपाठन भइरहेको विद्यालय अधिकारीहरूले समेत स्वीकार गरेका छन् । भारतको सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेसन -सिबिएससी) बाट सम्बन्धन प्राप्त दिल्ली पब्लिक स्कुलकै शाखाको रूपमा सो विद्यालय सञ्चालन गरिएको विद्यालयका कोअर्डिनेटर जितेन्द्र झाले बताए । विद्यालयले सिबिएससी बोर्डबाट स्वीकृत पाठ्यक्रम लागू गरेको छ भने राष्ट्रभाषाका रूपमा समेत हिन्दी पढाइरहेको छ ।
दिल्ली पब्लिक स्कुलमा विराटनगरका नाम चलेका उद्यमीहरूको लगानी छ । उद्यमीहरू तुलसीराम अग्रवाल, देवकिशन मुन्दडा र अरुणकुमार राठी सञ्चालक समितिमा छन् । त्यस्तै, गोविन्दलाल संघाई, दीपक मुन्दडा, बेल्कटेश मुन्दडा, श्याम राठी, मुकेशकुमार राठी र कृष्णकुमार राठी पनि विद्यालयका सञ्चालक हुन् । गुरुकुल सोसाइटी प्रालिको नाममा विराटनगर-६ मा सात बिघा जमिनमा भव्य भवन बनिसकेको छ ।
शिक्षा नियमावलीमा एउटा विद्यालयको स्वीकृति लिएर अर्को नाममा विद्यालय सञ्चालन गर्न नपाउने प्रावधान छ । त्यस्तै, शिक्षा तथा खेलुकद मन्त्रालयको अनुमति नलिई अर्को देशको बोर्डको स्वीकृतिका आधारमा नेपालमा विद्यालय खोल्न नपाउने व्यवस्था छ ।
विदेशी पाठ्यक्रम पढाउने र विदेशकै विद्यालयको शाखा खोल्न सम्बन्धित देशले अनुरोध गरेपछि मात्र शिक्षा मन्त्रालयको स्वीकृतिमा त्यस्ता विद्यालय खोल्न पाउने प्रावधान छ । त्यस्तै, नेपालमा बस्ने विदेशी कूटनीतिक नियोगका कर्मचारीका छोराछोरीलाई सम्बन्धित देशको पाठ्यक्रम पढाउन सम्बन्धित देशको दूतावासको अनुरोधमा शिक्षा मन्त्रालयले विद्यालय खोल्न अनुमति दिन सक्छ । तर, दिल्ली पब्लिक स्कुलले यस्ता कुनै नियम पालना गरेको छैन ।
नियमविपरीत स्कुल सञ्चालन भएको तथ्य सार्वजनिक भएपछि शुक्रबार विद्यालयका अधिकारी, शिक्षा कार्यालयका प्रतिनिधि, निजी विद्यालयका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिबीच अन्तरक्रिया भयो । अन्तरक्रियामा विद्यालयका कोअर्डिनेटर झाले स्वीकृतिविपरीत अर्को नाममा विद्यालय सञ्चालन गरेको र भारतीय पाठ्यक्रम लागू गरेको स्वीकार गरे । निजी विद्यालयका सञ्चालक, विद्यार्थी संगठन र अभिभावक प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूले नियम मिच्ने व्यवस्थापनलाई कारबाही गर्न माग गरेका छन् । जिल्ला शिक्षा कार्यालयका अधिकृत ओम कटुवालले लिखित निवेदन आए कारबाही गर्ने बताए । उनले भने, 'हामीले दिएको अनुमतिविपरीत विद्यालय सञ्चालन भएको ठहरे कारबाही गर्छौं ।'

(नयाँ पत्रिकाबाट)

Thursday, May 8, 2008

ज्ञानेन्द्रलाई नारायणहिटीबाट उठाइएको त्यो रात

मध्यरात भईसकेको थियो । हामी सिंहदरबारभित्रै थियौँ । हामी सिंहदरबारभित्रै थियौँ । प्रधानमन्त्री मोहनशमशेरका हजुरिया कर्नेल सन्तबहादुर अधिकारीले मलाई बोलाए-'मेजर ! ' त्यसपछि आदेश दिए- 'स्ट्यान्ड टु गारद !' म त्यतिबेला जगदल पल्टनको तीन पट्टी, दुई नम्बरमा भर्ती भएको थिएँ । भर्ती भएपछि म प्रधानमन्त्री मोहनशमशेरको आठपहरिया बसेको हुँ, उनी हुन्जेल सँगै बसेँ ।

त्यस रातको कुरा हुँदै थियो । यस्तो आदेश हतपत आउँदैनथ्यो, गम्भीर प्रकृतिको घटना विशेषमा मात्रै आउने गथ्र्यो । केही बेरपछि त हरिशमशेरका जेठा छोरा जर्नेल अरुणशमशेर पनि आइपुगे सिंहदरबारमा । हामी अरुणशमशेरलाई शम्भु जर्साब पनि भन्थ्यौँ । हामीलाई त खुल्दुली भो, अब के हुन आँट्यो भनेर ! त्यस रात सिंहदरबारमा जर्नेल अरुणशमशेर, कर्नेल सन्तबहादुर, मेजर बलबहादुर -थानकोट), कप्तान कुलबहादुर -महाराजगन्ज्ा), सुबेदार मेजर गंगाबहादुर, अर्का एक जम्दार र चारजना सिपाही थिए । अरू पनि थिए होला, मैले नाम बिर्सें ।

सरकारको आदेशअनुसार लाजिम्पाटका कुलबहादुरले तीनवटा गाडी तयार गरे । तर, हामीलाई कहाँ र किन जाँदै छौँ भनेर सुइँको पनि थिएन । हामीलाई फेरि अर्को आदेश आयो- तिमीहरूले जुन हतियार प्रयोग गरेका छौ, त्यो साथमै राख्नू । म त हतियार चलाउन सिपालु थिएँ । जस्तो हतियार पनि चलाउन आउँथ्यो किन भने मैले सैनिक स्कुलमा ६ पाठ सकेको थिएँ । मैले २८ राउन्डको टोमी गन बोकेँ । हामी स्ट्यान्ड बाई नै थियौँ । मध्यरातमा कहाँ जान लागिएको होला भन्ने खुल्दुली त सकिएकै थिएन । हामील्ो सोध्ने कुरा पनि आउँदैनथ्यो । जर्नेल अरुणशमशेरको अगुवाइमा हाम्रो टोली १२ बजे राति सिंहदरबारबाट हिँड्यो । भद्रकाली र महांकाललाई दाहिने पारेर हाम्रा तीन गाडी नारायणहिटी राजदरबारको गेटमा पुगे । मध्यरातमा तीनवटा गाडी एक्कासि झ्याप्प रोकिएपछि नारायणहिटी दरबारको सिपाहीले बन्दुक तेस्र्यायो । ऊ पनि छक्क पर्‍यो होला नि ! मध्यरातमा गेटमा गाडी रोकिएपछि ऊ पोजिसनमा बस्यो । अरुण जर्साप हत्तपत्त गाडीबाट झरेर हात उठाए । 'तैँले मलाई चिनिस् ?' अरुणले नारायणहिटी राजदरबारको गेटमा खटिएको र बन्दुक तेस्र्याएर बसेको सिपाहीलाई सोधे । 'चिनिनँ,' सिपाहीले जवाफ दियो । 'म हरिशमशेरको जेठो छोरो अरुणशमशेर हुँ, ल ढोका खोल् !' अरुणको आदेशपछि सैनिकले ढोका खोल्यो । अरुण जर्सापले अरू के-के भने, मलाई थाहा छैन । त्यसपछि पो थाहा भो, हामी नारायणहिटी राजदरबार जाँदै रहेछौँ । तर, त्यहाँ पनि मध्यरातमा किन जान लागेको हो भन्ने केही थाहा पाइएन । नारायणहिटी दरबारभित्रको पूर्वपट्टकिो मोहोडामा हामीले गाडी रोक्यौँ । त्यहाँको एउटा गेटबाट घरमा पसेर ज्ञानेन्द्र सुतेको खोपीमा पुग्यौँ । एउटा घरको माथिल्लो तल्लाजस्तो लाग्छ, हामी सरासर उक्लियौँ । अरुण जर्साप अघिअघि र हामी पछिपछि थियौँ । ढोकाभित्र हामी छिर्‍यौँ । बालक ज्ञानेन्द्र सरकार मस्त निदाइरहेका थिए । उनलाई बुबु धाई -दूध पिलाउन राखिएकी कामदार) ले सुताएकी थिइन् । दाहिनेपट्टकिो कोठामा ज्ञानेन्द्रका सुसारेहरू सुतेका थिए । हाम्रो टोली पुगेपछि सुसारेहरू बिउँझिए । अरुण जर्सापले मस्त निद्रामा रहेका ज्ञानेन्द्रलाई 'भान्जा !' भनेर बोलाए । निदाइरहेका ज्ञानेन्द्र बिउँझिए । र, उनलाई अरुण जर्सापले च्याप्प बोके । त्यसपछि जर्सापले ज्ञानेन्द्रलाई मेरो हातमा थमाए । मैले केहीबेर बोेकेपछि एकजना धाईलाई दिएँ । उनैले बोकिन् पछिसम्म ।

अरुणशमशेर ज्ञानेन्द्रको ओच्छ्यान उठाउन धाई-सुसारेलाई भन्दै थिए । तर, धाईहरू त धुरधुर रुन पो थाले, घरै थर्किने गरी । पछि जर्सापले धाईहरूलाई सम्झाए- तिमीहरू रुनुपर्दैन । हामी सिंहदरबार लिएर जान्छौँ । केही पनि हुँदैन, चिन्ता नगर । ज्ञानेन्द्रको ओच्छ्यान उठाइयो । जर्सापले तीनजना धाईलाई पनि आफ्ना सरसमान बोकेर हिँड्न भने । त्यसपछि तीनजना धाईसहित ज्ञानेन्द्रलाई लिएर नारायणहिटीभित्रबाट हामी हिँड्यौँ । इतिहासकारले त्यस दिन ज्ञानेन्द्र मावली हरिशमशेरको दरबारमा थिए भन्छन् । तर, त्यो सरासर झूटो हो । म आफैं साक्षी छु, ज्ञानेन्द्र नारायणहिटी राजदरबारमा थिए । उनलाई त्रिभुवन सरकारले किन लगेनन्, त्यो मलाई थाहा भएन । तर, उनी हरिशमशेरको दरबारमा थिएनन् । हामीले नै नारायणहिटीको खोपीबाट उनलाई निकालेका हौँ ।'

ज्ञानेन्द्रलाई बोकेर तल झरेपछि हामी गाडीमा बस्यौँ । तीनवटामध्ये अघिल्लो गाडीमा बलबहादुर मेजर र दुईजना आठपहरिया बसे । बीचको गाडीमा जर्साप -अरुणशमशेर), तीनजना धाईसँगै बालक ज्ञानेन्द्र र म बस्यौँ । पछिल्लो गाडीमा कुलबहादुर कप्तान, सुबेदार जंगबहादुर र अर्को एउटा आठपहरिया बसे । भद्रकाली र महांकाललाई देब्रे पारेर ज्ञानेन्द्रलाई लिएर हामी सिंहदरबार पुग्यौँ । त्यस्तै ४५ मिनेटको बीचमा होला हामी फर्कियौँ । ए, साँच्चि ! ज्ञानेन्द्र बिउँझै थिए, तर रोइकराई केही प्ानि गरेनन् । सिंहदरबारको गेटबाट छिरेपछि दुईवटा गाडी पछि राखियो । ज्ञानेन्द्रसहित जर्साप र म चढेको गाडी भित्रै पुग्यो । भित्र पुगेपछि तीनैजना धाई ओर्ले । ज्ञानेन्द्रलाई पनि ओरालियो । जर्साप पनि ओर्लेपछि सबैजना घरभित्र पसे, म बाहिर निस्केँ । त्यसपछि के भो, मलाई थाहा भएन । पछि पो थाहा भो, त्रिभुवनले गद्दी छाडेर भागेपछि ज्ञानेन्द्रलाई राजा बनाइएको रहेछ ।

(नयाँ पत्रिकाबाट)

हुरीले वालिका र प्रध्यानाध्यापक पतिले पत्नी मारे

पाचथर सदरमुकाम फिदिममा आज दिउसो आएको हावा हुरीले ढालेको रुखले किचेर एक जना वालिकाको ज्यान गएको छ । हावा हुरीले अर्की एक वालिका गम्भीर घाइते भएकी छन ।
फिदिम ९ घर भएकी हरिमाया मुखियाकी ३ वषिर्य छोरी खुशीमायाको रुखको हागाले किचेर मृत्यु भएको हो । ३ वषिर्य वालिका खुशीमायाको पाचथर अस्पतालमा उपचाराको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।यसैगरी स्थानीय देवीमाया मुखियाकी ७ वषिर्य छारी शोभा पनि सो रुखका हागाले किचेर गम्भीर घाइते भएकी छन ।
शोभाको पाचथरमा उपचार हुन नसकि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याइएको छ । साढे ११ वजे आएको हावा हुरीवाट पाचथरमा बिद्युत सेवा पनि अबरुद्ध भएको छ भने आधा दर्जन घरका छानाहरु उडाएको छ ।
यसैवीच ताप्लेजुङ जिल्लाको साघु ३ का कृष्णप्रसाद गौतमले श्रीमतिलाई हत्या गरेर खोलामा फालेको अवस्थामा आज शव फेला परेको छ ।
फाकुम्बा गाबिस र साघु गाबिसको सिमानामा रहेको नेरुवा खोलाको दह भित्र बोरामा पोको पारेर फालेको अबस्थामा श्रीमती गौतमको शब भेटिएको खोजिकार्यमा सम्लग्न देबेन्द्र गौतमले बताउनुभयो ।
फाकुम्बा गाबिसको साम्तुङ्ग प्राथमिक बिद्यालयका प्रधानाध्यपक समेत रहेका गौतमले श्रीमति बिष्णुमाया गौतमलाई धारीलो हतियार प्रयोग गरि मारेर खोलामा फालेको अबस्थामा आज २ बजे साघु प्रहरी र स्थानियवासी दुइ सय जनाको समुहले दुई दिन खोजि गर्दा मात्र शब फेलापरेको टेलिफोन मार्फत गौतमका भाई गोपाल गौतमले बताउनुभयो ।

(अनलाइन खवरबाट)

झापामा अपराधिक घटना वृद्धि

संविधासभाको चुनाव सम्पन्न भएयता झापाको दमकमा अपराधिक घटना वृद्धि भएका छन् ।

झापाको सुरक्षित स्थान भनेर मानिने दमक आजभोली अपराधीको अखडा वन्न थालेको छ ।

घटनाका श्रृंखलालाइ हेर्ने हो भने यसवीचमा हत्या, लुटपाट र डकैती दैनिकजसो भइरहेका छन् ।

गत बैशाख ७ गते झापाको दमकमा एक व्यक्तिको दिनदहाडै हत्या भएको थियो । इलामको चुलाचुली ५ का पच्चीस बर्षीया विर्खबहादुर सुब्बामाथि १०-१५ जनाको समुहमा आएका हतियारधारीहरुले रतुवा पुल नजीकबाट खुकुरी प्रहार गरी हत्या गरेका थिए । पेटमा गहिरो चोट लागेका उनको उपचारका क्रममा मृत्यू भएको थियो ।

यसैगरी बैशाख ६ गते भूटानी शरणार्थी शिविर बेलडागी २ बस्ने २५ बर्षीया धनसिं मगरको छुरा प्रहार गरी दिउासै हत्या गरिएको छ । शरणार्थी युवा मगरको हत्या बेलडाँगी २ र ३ को बीचमा पर्ने खेलमैदानमा भएको थियो । दुवै अपराधमा साग्लग्नको पत्ता लगाउन प्रहरी प्रशासन असक्षम रहेको स्थानीय वासीको आरोप छ । दिनदहाडै यसरी आपराधिक गतिविधि बढ्नुलाई निकै महत्वपूर्ण ढङ्गले हेरिएको छ । इलाका प्रहरी कार्यालय दमकदेखि लिम्बूको हत्या गरिएको ठाउँ ३ सय मिटरको दुरीमा रहेको छ भने मगरको भने शसस्त्र प्रहरीको बेसक्याम्प नजिकैबाट हत्या गरिएको हो ।

बैशाख २ मा दमक ११ मा रहेको राष्ट्रिय बाणिज्य बैकबाट पैसा निकालेर जाँदै गरेको क्षणभरमा दमक नगरपालिकाका कर्मचारी लक्ष्मी बरालको साथबाट ७ हजार रुपैया लुटिएको छ । गत बैशाख २२ गते अर्थात हिजो झापाको दमकमा रहेका लक्ष्मी बैकको शाखाबाट ७९ लाख रुपैया नाटकीय शैलीमा लुटिएको छ । करिब १५ मिनेटमा लुटपाट मच्चाएर हिंडेको उक्त आपराधिक समुह गईसकेको आधा घण्टा पछि मात्र प्रहरी पुगेको थियो । मुख्य चोकमा अवस्थित उक्त बैक प्रहरी कार्यालयबाट २ मिनेटको दुरीमा पुग्न सकिन्छ ।

प्रहरीको लापरबाहीका कारण आपराधिक घटनाले प्रश्रय पाइरहेको स्थानीयवासी आरोप लगाउँछन । तर दमक प्रहरी प्रमुख गोविन्द काफ्ले अपराधी पत्ता लगाउन आफू सकेसम्म प्रयास गरिरहेको र सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताउँछन् ।

(अनलाइन खवर)

प्रधानमन्त्री निवास अगाडीवाट ७२ अपांग पक्राउ

२६ बैशाख,काठमाण्डौ । राष्ट्रिय अपांग महासंघको आह्वानमा प्रधानमन्त्री निवास वालुवाटार घेराउ गर्न पुगेका ७२ जना अपांग आज पक्राउ परेका छन ।

प्रधानमन्त्री निवास वालुवाटार प्रवेशको ३ नं गेटमा जम्मा भएर १ नं गेटतर्फ जान लागेका अपांग प्रतिनिधिहरुलाइ हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गरेको हो ।

मन्त्री परिषदको सिफारिसमा मनोनित हुने २६ सभासदमा कम्तिमा एक अपांगको सहभागिता सुनिश्चितता गरिनुपर्ने प्रमुख माग सहित अपांगहरु वालुवाटार घेराउ गर्न गएका हुन ।

(अनलाइन खवर)

कांग्रेसलाई भोट दिएको भन्दै अपहरण प्रयास

संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसलाई भोट हालेको भन्दै वाईसीएलले र्सवसाधारणलाई अपहरण प्रयास गरेका छन् । उनीहरूले होक्से, शिखरपुरका २८ वषर्ीय प्रतापसिंह तामाङलाई अपहरण गरेरै छाड्ने धम्की दिएका छन् । वाईसीएलले अपहरण प्रयास गरेपछि उनी बुधबार पा“चखालस्थित प्रहरी चौकी पुगेका छन् ।

'गाउ“कै वाईसीएल कार्यकर्ताले लिन आएका थिए,' प्रतापले भने, 'म प्रहरी चौकीतिर झरें, दावा तलसम्मै लखेट्दै आए, गाउ“का महिलाले समात्न खोजेपछि वाईसीएल कार्यकर्ता भागे ।' प्रतापका अनुसार मंगलबार बेलुका पनि उनलाई वाईसीएलले अपहरण गर्न खोजेका थिए । गाउ“लेले सल्लाह गनर्ुर्ु भने यहीं गर भनेपछि फर्किएका थिए । शीतल नाम गरेका वाईसीएलले मंगलबार सा“झदेखि वाईसीएलको धुलिखेल कार्यालयमा आउन टेलिफोनबाट दबाब दिएको उनले खुलाए ।

'पैसासमेत लिएर आउनु भने शीतलले, प्रहरी चौकीमै हु“दा पनि फोन आयो, मैले प्रहरीको र्सइलाई फोन उठाउन दिए“,' प्रतापले भने । प्रहरी चौकीमै पनि वाईसीएलले पत्रकारलाई यो कुरा नभन्न र पत्रिकामा आए अपहरण गर्ने धम्की दिएको उनले खुलाए । पा“चखाल चौकीका र्सइ सानुबाबु भण्डारीका अनुसार वाईसीएल धम्कीबारे प्रहरीमा निवेदन दिन आएका प्रतावस“गै वाईसीएल कार्यकर्ता पनि आएका थिए ।

शीतल नामका वाईसीएलले आफूलाई फोनमा 'गाउ“मा झगडा नमिलेपछि कार्यालयमा बोलाएको, त्यहा“ पो गएछ' भनेको र्सइ भण्डारीले बताए । 'मैले प्रहरीमा आएपछि त्यता पठाउन नमिल्ने जबाफ दिए“' भण्डारीले भने ।

 (कान्तिपुरबाट)

Monday, May 5, 2008

मोबाइलबाट माग्न थाले मगन्ते

इस्लामावाद/ पाकिस्तानका माग्नेहरूमा आधुनिक प्रविधितर्फ झुकाव बढेको छ । उनीहरू भिख माग्नका लागि मोबाइल प्रयोग गर्न थालेका छन् । प्रायजसो १० देखि एक सय रुपैयाँसम्म माग्ने गरिएको छ । तर, ईश्वरका नाममा भिख माग्नेहरूका फन्दामा पाकिस्तानी जनता पर्न थालेका छन् । 'म गरिब मान्छे हुँ । मेरी छोरीलाई अस्पतालमा भर्ना गरिएको छ । तपाईंलाई ईश्वरमा विश्वास छ भने कृपया १० रुपैयाँ सहयोग गर्नुहोस् । ईश्वरले तपाईंलाई यसको फल दिनेछन्, तपाईंलाई सबै विध्नबाधाबाट मुक्त गर्नेछन्,' माग्नेले पठाएको मोबाइल सन्देश प्रायः यस्तै हुने गर्छ । यसैगरी माग्नेले चित्रित गरेको स्वर्गको बखानलाई पनि धेरैले बेवास्ता गर्न सक्दैनन् । व्यापारी मुहम्मद उस्मान आफूले दिनहुँ माग्नेका १० वटा सन्देश पाउने गरेको दाबी गर्छन् । उनी भन्छन्, 'यस्ता सन्देशलाई बेवास्ता गर्न धेरै मुस्किल छ ।' अनाम युनुसले अपरिचित सन्देश प्रेषकलाई पैसा पठाउन थालेकी छिन् । उनी भन्छिन्, 'एसएमएस पठाउने जोसुकै होस् ईश्वरका नाममा मात्र मैले पैसा पठाउने गरेकी छु ।' तथापि माग्नेले मानिसलाई ब्ल्याकमेल गर्न नहुने उनको धारणा छ ।

एसएलसीको उत्तरपुस्तिका कर्मचारीद्वारा परीक्षण

एसएलसी परीक्षाको उत्तरपुस्तिका जिल्ला शिक्षा कार्यालयका कर्मचारीले परीक्षण गरेका छन् । विषय शिक्षकले गर्नुपर्नेमा परीक्षण रकम पाउने लोभमा चितवन शिक्षा कार्यालयका कर्मचारीले गरेका हुन् । जिशिकाका अधिकांश कर्मचारीले चितवनको आदिकवि भानुभक्त माविको स्टोर कोठामा बसेर कार्यालयसमयमै उत्तरपुस्तिका परीक्षण गर्ने गरेका छन् । सो माविको तेस्रो तलाको स्टोरकोठामा शिक्षा कार्यालय चितवनका प्रशासनिक कर्मचारी, स्रोतव्यक्ति, विद्यालय निरीक्षकले उत्तरपुस्तिका परीक्षण गरेका छन् । शिक्षा नियमावलीमा शिक्षा कार्यालयका कर्मचारीले एसएलसी परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्न नपाउने उल्लेख छ । जिल्ला शिक्षा कार्यालयबाट खटिएका परीक्षा शाखाका नायबसुब्बा ऋषि अधिकारीले विषय शिक्षकबाहेक अन्यले उत्तरपुस्तिका परीक्षण नगरेको बताए । कर्मचारीले उत्तरपुस्तिका परीक्षण गरेको जिल्ला शिक्षा अधिकारी गोपालकृष्ण पौडेलले भने स्विकारेका छन् । उनले कर्मचारीले उत्तरपुस्तिका परीक्षण गर्न पाउने दाबीसमेत गरे । पौडेलले भने, 'यो सामान्य कुरा हो, भइहाल्छ । चितवनमा मात्र होइन अन्य जिल्लामा पनि यस्तो प्रवृत्ति छ ।' शिक्षा कार्यालयमा स्नातक, स्नातकोत्तर कर्मचारी भएकाले एसएलसीको उत्तरपुस्तिका परीक्षण गर्न मिल्ने दाबी गर्दै पौडेलले उनीहरूसँग परीक्षण गर्ने प्राविधिक ज्ञान नभएको भने स्विकारे । चितवनमा विषय शिक्षकको अभाव भएकाले कर्मचारीले उत्तरपुस्तिका परीक्षण गरेको पनि उनले दाबी गरे । चितवनमा पूर्वी जिल्लाको १५ हजारभन्दा बढी उत्तरपुस्तिका परीक्षणका लागि ल्याइएको छ । प्राप्त उत्तरपुस्तिकामध्ये ७० प्रतिशत परीक्षण सम्पन्न भएको छ ।

अश्लील चित्र हेर्नेको पद घटुवा

टोकियो/ कार्यालय समयमा कार्यालयकै कम्प्युटरबाट पोर्नाग्राफी (अश्लील चलचित्र) हेरेको आरोपमा जापानका एक सरकारी अधिकारीको पद घटुवा गरिएको छ । उनले नौ महिनामा सात लाख ८० हजार पोर्नाग्राफी साइट हेरेको बताइएको छ । पश्चिमी जापानको किनोकावा सिटी गभर्नमेन्टका कर्मचारीले जुन २००७ देखि फेब्रुअरी २००८ सम्म कार्यालय समयमै अश्लील चलचित्र हेरेको अधिकारी टोमीको वाकी बताउँछन् । तर, कारबाहीमा परेका कर्मचारीको नाम खुलाइएको छैन । उनको यो गतिविधि उनकै सहकर्मीलाई समेत थाहा भएन । कम्प्युटर भाइरस प्रभावित भएपछि मात्रै जाँचबुझ गर्दा यस्तो कर्तुत फेला परेको हो । पद घटुवाका साथै उनको मासिक तलबमा २० हजार येन पनि कटौती गरिएको वाकीले बताएका छन् ।

Sunday, May 4, 2008

दमकमा बैंक लुटियो

 

दमककै इतिहासमा पहिलो पल्ट आज मध्यान्ह १२:१५ तिर १२-१७ जना लुटेराको समूहले दमक चोक स्थित लक्ष्मी वैंक लुटेका छन् । २ जना सुरक्षा गार्ड भएको उक्त बैंकबाट करीव ७५ लाख रुपैया लुटिएको पाथिभरा एफ एम ले जनाएको छ ।

Saturday, May 3, 2008

आगलागीबाट दुईको मृत्यु लाखौंको क्षति

कपिलवस्तु जिल्लाको हरदौना गाविसमा गएराती आगलागी हुँदा एकै घरका २ जनाको ज्यान गएको छ भनै दर्जन बढी घरगोठ जलेर नष्ट भएका छन् ।
आगलागीबाट हरदौना गाविस वडा नम्वर १ की २५ बर्षिया गजुराती रौदास र उहाँका ११ महिनाका छोराको ज्यान गएको हो ।
आगलागीबाट लाखौको क्षति भएको छ ।

Friday, May 2, 2008

परदेशी बाब

क कप चिया खान पाइन्छ कि -' एउटा नौलो मान्छे चौतारीमा उक्लिएर दोकानघरको आ“गनमा ठूलो छातामुनि राखिएको कर्ुर्सर्ीी बस्दै बोल्यो । 'भैहाल्छ नि हजुर † बसौंन ... †' ङच्िच पहेंला दा“त देखाउ“दै लुखुरे साहुजीले अर्थात् कुवेर बाजेले हात मल्दै शिष्टता पर््रदर्शन गरे । कुवेर बाजेकी छोरीले पुलुक्क हेरी † अलिकति मुसुक्क हा“सी । उसको हा“सो वा मुस्कानलाई कुवेर बाजेले देख्लान् भन्ने पीर थियो उसलाई । यस्तो झलझले परदेशी बाबुलाई उसले पहिलो पल्ट देखेकी थिई यो ठाउ“मा † आ“खामा चस्मा, गलामा र्टाई, कालो टल्किरहेको जुत्ता, घा“टीमा सुनको सिक्री, दाहिने हातमा सुनको ब्रासलेट, औंलामा औंठी, हातमा मोबाइल, कालो चिटिक्क परेको केश, रातो र्सट, छु“दा पनि दाग लाग्ने जस्तो चम्किलो सेतो पाइन्ट- सुमित्राले लुकी-लुकी, छड्के नजरले चियाइरही †
'ए नानी † जाऊ त यहा“ बाबुलाई अलिक राम्रो सीप लगाएर चिया पकाऊ †' कहिल्यै छोरीलाई दोकानमा चिया पकाउन नलगाउने बाहुनबाजेले पहिलोपल्ट होला छोरीलाई ग्राहकका लागि चिया पकाउन अह्राए । नभए बाहुनबाजे आफैं पकाउ“थे । बाहुनी बजैले घर-धन्दा, वस्तुभाउ, थान्कोमुन्को भरसक सबै काम बाहुनी बजै आफै गर्थिन् । च्ाौतारीमा एउटै दोकान थियो-उनीहरूको । दोकानले मात्र खान पुग्दैनथ्यो, दर्ुइटा गाई पनि पालेका थिए । गाईको दूध दोकानलाई छ्याल्ल-ब्याल्ल हुन्थ्यो । एक-दर्ुइ ठाउ“ उठौना पनि लगाएका थिए । आफैं पुर्‍याउन जान्थे बाजे दूध । बाजेलाई ढाड दुख्ने रोग थियो-असक्त भएर ऐया-ऐया गरेका बेला बजै पुर्‍याउन जान्थिन् दूध ।
गाउ“का स्कुल मास्टरले समयमा उठौना दूधको पैसा दिएनन् भनेर बाजेले झगडै गरे । अलिक बाउ“ठा-बाउ“ठा थिए बाजे । 'मास्टरले कहा“ समयमा तलब पाउ“छन् † बुझिदिनुस् न तलब आउनासाथ म दिइहाल्छु नि †' अहँ, हुन्न भनेपछि हुन्न † मास्टर बाबुले आफ्नी सानी छोरीलाई गाईको दूध नै चाहिन्छ भनेर जति कल्पिए पनि हुन्न † बाउ“ठा बाजे कुवेर कमै हा“स्थे । अनुहार ह“सिलो पनि कमै पार्थे । अहिले, आज भने अनुहार पनि ह“सिलो, बोली पनि सुरलिो † 'आमा † आमा † खोई † छिटै आउनु न हाम्रो बुवा बौलाउनुभयो कि के †' सुमित्राको मनमा मानौं उमङ्गको हास्यव्यंग्य फुर्‍यो । ऊ मन लगाएर चिया बनाउ“दै थिई । बाजे, नौलो ग्राहक भएनेर ग्राहक बस्ने अर्को खाली कर्ुर्सर्ीी 'हें हें हें' गर्दै बसे । बुवाको खुलेको प्रसन्न अनुहार सुमित्रा हर्ेर्दै थिई । बेला-बेला नौलो ग्राहकको अनुहारतिर पनि आ“खा गाड्थी † 'बाबुको घर कहा“ होला -' बाजेले गफको सिलसिला सुरू गरे । ग्राहक गम खायो निमेषभर । तर फेर िसम्भालियो- 'अमेरकिा नै भन्नुपर्ला मेरो घर †'
अमेरकिा घर...., अमेरकिा घर...., अमेरकिा घर.... बाजेको मथिङ्गल घुमायो । अनुहार अझ दन्कियो । अमेरकिा घर... अमेरकिा घर... अमेरकिा घर... छोरीको हृदयमा उमङ्गको डढेलो सल्कियो । अमेरकिाको मधुर संगीतले मानौं काउकुती लगायो । ऊ मुसुक्क हा“सी र चिया टेबुलमा राखिदिई । पारलिो घाममा ठूल्ठूला रसिोर्टहरूको देखासिकी गरेर काठमाडौंबाट बाजेले किनेर ल्याएको रंगीन छाताले अहिले अलिक डिस्टब गर्‍यो-सुमित्राले ठानी । नभए यो बिहानको चौतारीमा झुल्किएको घामले यो नेपाली अमेरकिीको मुहार झन् कति धपक्क बलेको देखिन्थ्यो ।
चियाको एक चुस्की लगाएपछि नेपाली अमेरकिी बोल्यो- 'चिया त सा“च्चै मीठो छ †''मेरी छोरी साह्रै सिपालु छे । यसले पकाएको केही पनि नमीठो हु“दैन †' हतार-हतार बाबु बोल्यो । सुमित्रा चुल्होनेर पुगिसकेकी थिई-ना“चु-ना“चु लाग्यो मलाई झैं गरेर मस्किई † 'आमा † लौन तपाईं कहा“ जानुभयो † कस्तो राम्रो केटा...†' मनमनमा आमालाई सुमित्राले पुकारी । उसले, बाबु-आमाले उसका लागि पीर गरेर खासखुस गरेको सुनेकी थिई । 'ल्ाौन आमा † छिटो आउनुहोस् न । यहा“ घरमै कस्तो राम्रो केटा....†' फेर िलगातार मनले पुकारी सुमित्राले...। 'अनि बाबुको नाम के होला -' कुवेर बाजे गफ पनि ढिलो गरी कोट्याउ“दै थिए । उनी पनि समयलाई रोक्न चाहन्थे । समय विस्तारै बितोस्-के हतार छ र - 'अनि यहा“ अहिले पनि दाउराले नै पकाउनुहुन्छ -' 'आफू के सोध्छु-ऊ के जवाफ दिन्छ, होइन बाबुको नाम भन्या नाम †' बाजेको मस्तिष्क घुम्यो तर प्रकटमा सम्भालि“दै बोले-'अँ , त्यस्तै हो । दाउराले नै हो । छाडौं यो कुरा † बाबुको नाम भन्या के होला -' ग्राहक बाबुले फेर िकेही गम खायो । तर तत्क्षण बोल्यो - 'म सुन्दरकुमार...†'
'ए † ए † नामजस्तै बाबु पनि साह्रै सुन्दर ...†'' बाजे 'हिं हिं हिं' गर्दै प्रकटमै बोले । 'ए पार्वती † कहा“ मरेकी † छिट आइजन, यहा“ हर्ेत हाम्रो घरमा कस्तो सुन्दर, सुन्दरकुमार...†' बाजेले मनमनमा बजैलाई छिटै आउन पुकारा गरे † छोरीले जस्तै बाजेले पनि पुकारा गरे † नभन्दै बजैले चौतारीमा पाइला टेकिन् । घा“सको भारी डोकोमा, त्यसमाथि दाउरा बिसाइन् र 'ऐया-ऐया' गरनि् । 'लु तेरो ऐया, ऐया सब् खतम् अब । यता हर्ेत, हाम्रो घरमा झुल्केको यो सुन्दरकुमार घामलाई हर्ेत ...हर्ेत...ठीक छैन त ...।' फेर िबाजेले मनमनमा पुकारा गरे-स्वास्नीले सुन्दरकुमारको सुन्दर मुखडा हेरोस् र ऐया-ऐया गर्ने होइन 'आहा-आहा' गरोस् ।
नभन्दै बजैले दोकानमा कर्ुर्सर्ीी बसेको सुटेड-बुटेड झलझले युवकलाई देखी । अलिकति लजाई । अघिको ऐया-ऐया जम्मै बिर्सर्ीी बूढाबूढीले आ“खै-आ“खामा इसारा गरे । बूढीलाई काउकुती लागेर आयो । मानौं केटा छोरीलाई होइन आफैंलाई चाहिएको हो... † 'यी मेरी श्रीमती ...†' बाजेले परचिय गराउन खोजे । ग्राहक सुन्दरकुमार भन्दा पहिल्यै बूढीले हतार-हतार दर्ुइ हात जोडी । 'यी बाबु अमेरकिी हुन् नि, झुक्किएलिऊ तिमी नेपाली भनेर । उतै रान् रे बाबु....†' 'के जिस्क्याउनुभएको तपाईं मेरो बाजस्तो मान्छेले † म नेपाली नै हु“ नि । पियोर नेपाली † घर अमेरकिा भएर के हुन्छ -' सुन्दरकुमारको हृदयमा पनि बाजा त बजिहाल्यो-यो मन त मेरो नेपाली हो....†
ऊ अत्यन्त उत्साहित पनि भैरहेथ्यो । र्टाईलाई अलिकति खुकुलो पार्‍यो । यसो खक्खक् गरेर गुनगुनाउन थाल्यो उही गीत-'यो मन त मेरो नेपाली हो....†' आमा र छोरीले पहिले अ“गालो मारेझैं गरे, पछि साउती मारे-ठीक छ ठीक छ, यो केटो सोह्रै आना ठीक छ....। 'अनि बाबुको बिहे त भएको छैन होला ...-'' डर्राई-डर्राई बाजे बोले । डर्राई-डर्राई बजैले कान ठाडो पारनि् । डर्राई-डर्राई सुमित्राले आ“खा चिम्लेर जवाफ सुन्न खोजी । 'कहा“ हुनु, छैन नि....।' फेर िओठमा लाली, फेर िअनुहारमा खुसी, फेर िनाचू“-नाचू“ लाग्यो मलाई-बाजे पनि, बजै पनि, छोरी पनि सबैको अनुहार ह“सिलो । सबैको अनुहारमा खुसी थियो । 'अनि बाबुको घर कहा“ हो अरे -' बाजेले खुसीलाई दबाएर बोले । 'के सोधिराख्या होला बुवाले, अमेरकिामा भनिसकेपछि ... अमेरकिामा, अमेरकिामा, अमेरकिामा....' मधुर संगीतझैं मनभित्र सुमित्राको गायन नृत्य चलिरह्यो । 'मैले भनिहालें नि, अहिले अमेरकिामा ... यता त अब केही छैन ।'
बजैले दा“तले औंला टोकी-तब त यो सधैंको औंसे बूढोको अनुहारमा आज झुल्केछ पूर्र्णो † यो गाउ“ डुलुवी छोरी तब त यतिबेलासम्म घरमा ...† आफूलाई पनि उही सिलसिलामा गा“सेर सोची-तब त सधैं काम धेरै दलाए भनेर ऐया आत्थु गर्ने म बूढीको चित्त आज प्रसन्न † सुन्दरकुमारको चित्त पनि आज धेरै प्रसन्न थियो । दर्ुइ कप चिया खाइसक्यो-सुन्दरीले बनाएको, आच्चे, सुमित्राले बनाएको । दर्ुइ घन्टा भैसक्यो उपरखुट्टी लगाएर बसेको तर पनि उठ्न मन छैन । कुवेर बाजेको छोरीको रूप नै यति राम्रो कि सा“च्चै सुन्दरकुमारलाई पटक्कै उठ्न मन छैन । 'भात पनि यतै बनाऊ“ कि -' बाजेले मनसाय खोजे ।
सुन्दरकुमारले फेर िगम खायो । निमेषभर मात्र र बोल्यो- 'हुन्छ, त्यही“ बेंसी टोल झर्ने त हो । भात खाएर पनि फर्किन भ्याइहालिन्छ ।'उसका बाबु यही गाउ“मा बस्थे । उसकी मायालु आमा पनि यही गाउ“मा बस्थिन् । दर्ुइ सन्तान ऊ र एउटी बहिनी मात्र, यही गाउ“मा ...† सोच्दा-सोच्दै सुन्दरकुमारको आ“खा रसिलो भयो । गला अवरूद्ध भयो-नबोल्दा-नबोल्दै पनि ।
'नचलाओ † सुन्दरकुमारलाई आप\mनो विगतमा चर्ुर्लुम्म डुब्न देओ, कसैले नबिम्झाओ †' बाजेले सोचे । बजैले सोचिन् । सुमित्राले सोची । सुन्दरकुमारस“गै सबै उदास भए, दुःखी देखिए ।त्यो गाउ“ † जसमा उसका बाबुलाई सबैले छिछि गर्थे, सबैले दास मान्थे । सानो फुच्चेले पनि 'तँ' , 'मोरा' भन्थ्यो । तर ठाउ“को त के दोष † त्यो कलकल पानीको के दोष † त्यो छहरा-पहराको के दोष † त्यो नीलो आकाशको के दोष † त्यो माटोको के दोष † म्ााटोमा फल्ने अन्नले त भन्दैनथ्यो 'तँ' , 'मोरा' । तर अन्नले नबोले पनि रजाईं गरेर बसेकाहरूले दाबे बाबुलाई, उसको परविारलाई । अभाव र विपन्नताले यति गा“ज्यो कि रोगी भए, सकेनन् बा“च्न बाबु एउटा पुरा जीवन बा“च्न सकेनन् । बाबुलाई पछ्याउ“दै आमा मरनि् । बहिनी पनि सानैमा मरी † उसलाई भने आमाले दर्ुइ छाक खान पुग्ने हैसियतकी आप\mनी फुपूकहा“ छाडेकीले बा“च्न सक्यो । बा“च्न सकिरह्यो । फुपूकहा“ बसेर नै पढ्यो उसले । आमा मरेको, बाबु मरेको, बहिनी मरेको खबर मात्र पाउ“दै जान्थ्यो ऊ । अहँ, मुख हर्ेन कहिल्यै पाएन †
समयले कोल्टे फेर्‍यो । समयले कोल्टो फेरेपछि मात्र आज उसले यो दिन देख्न पाएको हो । आई.ए. पास गर्नासाथै उसले अमेरकिाको डी.भी. चिट्ठा भरेको थियो । डी.भी. चिट्ठा परेको दिन उसले आमा, बा, बहिनी सबैलाई सम्भिmएर तुरूक्क आ“सु चुहाएको थियो । अमेरकिाका लागि उडेको दिन पनि आमा, बा र बहिनीलाई सम्भिmएर निकै रोएको थियो ऊ । जब अमेरकिामा बसेर कमाउ“दै गयो, घर किन्यो, गाडी किन्यो-हरेक पटक उसले आमा, बा र बहिनीलाई सम्भिmएर आ“सु चुहाएको थियो । यतिबेला पनि उसको आ“खाबाट आ“सु खसिरहे - बररर...† अघिको खुसीको वातावरण थोरै बिथोलिएको थियो । कोही बोलेका थिएनन् । वातावरण चकमन्न थियो ।
त्यसैबेला दोकानमा चारजना च्रि्रा-च्रि्रा पहिरनका मरन्च्या“से मानिसझैं नलाग्ने मानिसहरू आए र टुक्रुक्क एक छेउमा छोइएला कि झैं गरी बसे । त्यसमध्ये अलिक बूढो देखिने एउटाले बोल्यो-'मालिक साब † चिया खान पाउन चार कप ... †''दरद्रि मोराहरू † तिमेर्लाई पनि यही बेला आउनुपथ्र्यो †' मनले बोल्यो तर प्रकटमा अनुहार ह“सिलो नै पाररिहे बाजेले । अमेरकिी बाबुले थाहा नपाऊन् ऊ रूखो पनि छ-दा“त ङच्ियाइरहे बाजेले । 'हुन्छ, हुन्छ भैहाल्छ †' बाजेले बोले । 'हुन्छ, हुन्छ भैहाल्छ †' बजैले बोलिन् । चिया बजैले पकाउन थालिन् ।
चिया खाइसकेपछि मरन्च्या“से मानिसहरूले आ-आप\mनो चिया खाएको गिलास आफैं मोले । बूढो-बूढो देखिने मानिसले पैसा निकालेर तिर्‍यो । सुन्दरकुमारले कुवेर बाजेको अनुहारमा आ“खा गाडेर हेर्‍यो † कुवेरबाजेले आ“खा जुधाएनन्-आकाशतिर हेरे । प्रसंग फर्ेन खोजे-'आज मौसम खुला छ †' 'केही खुला छैन । हि“जो पनि खुला थिएन । आज पनि खुला छैन ।' सुन्दरकुमारको टर्र्रो बोली सुनियो अचानक उसले आफूले चिया खाएका दर्ुइटा गिलास उठाउन खोज्यो-'म यो गिलास मोल्छु †' 'के गरेको बाबु यो -' बाजेले गिलास खोसे । 'होइन † मैले खाएको म आफैं मोल्छु †' सुन्दरकुमारले गिलास खोस्यो ।
'होइन अमेरकिामा यसै गर्छन् - म दिन्न, म यहा“ मेरो हुनेवाला ज्वाईंलाई गिलास मोल्न दिन्न †' मनभित्र ठाने । 'बाबु यहा“ त मोल्नुपर्दैन त †' फेर िबाजेले गिलास खोसे । 'मलाई चिन्नुभयो म उही दलबहादुरको छोरा हु“ †' सुन्दरकुमारको बोली तीखो सुनियो-'यही बेेंसी टोलको दलबहादुरको छोरा †' 'को दलबहादुर -' धेरै वर्षघि मरसिकेको दलबहादुर बाजेको आ“खामा उत्रियो । कुवेर बाजेले झस्कि“दै मनमा पुकारा गरे-'अर्कै दलबहादुर होस्, अर्कै दलबहादुर होस् ...†' प्रकटमा बोले-'को दलबहादुर - भन्नुहोस् न को दलबहादुर -' 'दलबहादुर विश्वकर्मा मेरा बाउ † म उहा“कै छोरा सुन्दरकुमार विश्वकर्मा ...†' घुमायो, कुवेरबाजेलाई घुमायो - 'ए † ए † मलाई केले घुमायो ...†' बजैलाई पनि ऐया, आत्थु सुरू भयो-'ऐया, सप्पै घरको कामधन्दा म एक्लै अब सक्दिन । म थाकें । म हारें †' सुमित्रा मैया“ले अनुहार अ“ध्यारो पारी † देखी-सुन्दरकुमार ती चार भाइ चिया खाइसकेका च्रि्रा-च्रि्रा पहिरनका मानिसलाई अ“गालो हालिरहेको थियो । उसलाई रून मन लाग्यो-तर सुन्दरकुमार उनीहरूसितै कुरा गर्दै टाढा-टाढा जा“दै थियो । उसले सुन्दरकुमारलाई आ“खाबाट ओझेल नहु“दासम्म हेररिही...

मोबाइल प्रिन्टर

काम उही तर गुणस्तर अझ बढी। प्रविधिका दृष्टिले केही विकसित र काम गर्न अझ सहज। ँमोबाइल प्रिन्टर’ को आगमनले यही अनुभूति दिलाएको छ उपभोक्तालाई। डेक्सटप प्रिन्टरबाट अब उपभोक्ता मोबाइल प्रिन्टरतर्फ मोडिँदै छन्।
तार फिँजाइराख्नु नपर्ने, कम्प्युटरको आवश्यकता पनि नपर्ने, सीधै मोबाइल तथा क्यामराबाट प्रिन्ट दिन सकिने । पूर्ण रूपमा बेतार -वायरलेस) प्रविधि। आवश्यक परे कम्प्युटर तथा ल्यापटपबाट पनि सहजै प्रिन्ट दिन सकिन्छ तारको प्रयोग नगरी नै।

मोबाइल प्रिन्टरको जन्म भर्खरै भएको हो। यसैले धेरैलाई यो नौलो लाग्नु स्वाभाविक हो। सूचनाप्रविधिसम्बन्धी विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय दुई कम्पनी ह्विलेट-प्याकार्ड -एचपी) र क्याननले यसको विकासमा लगातार प्रयास गर्दै आएका थिए। क्याननले केही पहिले नै मोबाइल प्रिन्टर बजारमा ल्याएको थियो भने एचपीले गएको हप्ता मात्र यसलाई बजारमा ल्याएको छ। यसले अब परम्परागत प्रिन्टरलाई चुनौती मात्र दिने होइन, पूर्ण रूपमा विस्थापित गर्ने आँकलन प्रविधिपण्डितले गरेका छन्।

आकारमा सानो, बोकेर हिँड्न सजिलो, विद्युत् नभएमा ब्याट्रीबाट काम चलाउन सकिने, तारको प्रयोग गर्नुनपर्ने, उच्च गुणस्तरको प्रिन्ट, छिटोछरितो आदि विविध विशेषताका कारण छिट्टै नै यसले परम्परागत प्रिन्टरलाई विस्थापित गर्ने विश्वास धेरैको छ।

एचपीले गएको हप्ता एकसाथ बजारमा ल्याएका तीन प्रकारका मोबाइल प्रिन्टरमा एच ४७०, एच ४७० बी र एच ४७० डब्ल्यूबीटी मोडल रहेका छन्। एचपीले यी प्रिन्टरको मूल्य २ सय २४ देखि ३ सय १४ अमेरिकी डलरसम्म निर्धारण गरेको छ। प्रविधिविज्ञले एचपीका तीन मोबाइल प्रिन्टरमध्ये एच ४७० डब्ल्यूबीटीलाई सबैभन्दा उत्कृष्टको दर्जा दिएका छन्।

एच ४७० डब्ल्यूबीटीमा महत्त्वपूर्ण पोर्टहरू पिक्टब्राइड यूएसबी, स्ट्यार्न्र्डड यूएसबी र एसडी/मिनी एसडी/एमएमसी स्लट समावेश गरिएका छन्। यो प्रिन्टर साधारण डेक्सटप प्रिन्टरभन्दा सानो छ। यसको बनोट ३ दशमलव २५ इन्च उचाइ, १३ दशमलव ४ इन्च चौडाइ रहेको छ। ४ दशमलव ५ पाउन्डको यो मोबाइल प्रिन्टर सानो ब्याग तथा ब्रिफकेसमा बोकेर सहजै हिँड्न सकिन्छ।

एचपीको एच ४७० डब्ल्यूबीटीमा एकपटकमा ५० थान कागज राख्न सकिन्छ, जबकि क्याननको पिक्समा आईपी९०भी मोडलमा ३० प्रति मात्र राख्न सकिन्थ्यो। एचपी र क्याननका मोबाइल प्रिन्टरमा ँब्ल्याक इन्क’ र ँट्राई-कलर’ दुईथरी काट्रिज प्रयोग गर्न सकिन्छ। एचपीको एउटा ब्ल्याक इन्क कार्टिजबाट ५ सय प्रति प्रिन्ट गर्न सकिन्छ, जसअनुसार प्रतिपेज प्रिन्ट खर्च ३ दशमलव ९ सेन्ट पर्न जान्छ। यस्तै एउटा कलर कार्टिजबाट भने ३ सय ३० प्रति प्रिन्ट दिन सकिने उल्लेख गरिएको छ।

एच ४७० डब्ल्यूबीटीले श्यामश्वेत टेक्स्ट प्रतिमिनेट ५ दशमलव ५१ पेज प्रिन्ट गर्न सक्छ। यो गति क्यानन आईपी९०भी मोबाइल प्रिन्टरको भन्दा केही कम हो।

मोबाइल प्रिन्टरमा ब्लुटुथ सुविधासमेत उपलब्ध गराइएको छ, जसका कारण १० फिटको दूरीबाटसमेत प्रिन्ट दिन सकिने बताइएको छ। मोबाइल कामदारलाई लक्षित गरी विकास गरिएको मोबाइल प्रिन्टरले अहिले सबै किसिमका उपभोक्ताको ध्यानाकर्षण गरेको छ।