Google

Monday, March 10, 2008

गलत ठाउँमा धम्क्याउँदा

हतियारले सुसज्जित एक चोर अष्ट्रेलियाको राजधानी सिड्नीस्थित एउटा बारमा के पुगेको थियो, त्यसको हालत यस्तो गोरु चुटाइमा पुगेर टुंगियो कि अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन टीभीले समेत समाचार बनाउन पुग्यो ।
एपी समाचार संस्थाका अनुसार नाम नखुलाइएका ती चोर राजधानी सिड्नीको अत्यन्त व्यस्त र गज्जबको व्यापार हुने ठाउँमा डकैतीका लागि पुगे । उनले मास्क लगाएका थिए र ठूलो लामो चक्कु हातमा लिँदै बारको अगाडिपट्ट िउभिएका खजाञ्चीलाई तेर्‍स्याए ।
रातको नौ बजे यसरी पैसाको लागि धम्क्याएपछि खजाञ्ची पनि के गर्ने के गर्ने भए । तर उनले हल्ला गरे- डकैती गर्नेहरु आए, मलाई धम्क्याए ।
सोही बारको पल्लो कोठामा एक स्थानीय साउदर्न क्रस क्रूजर क्लबका ५० जना सदस्यहरुको गम्भीर बैठक चलिरहेको थियो । शहरकै नामी "बाइकर"हरुको यो क्लबमा प्रायः मुस्तण्डेहरु नै हुने गर्दछन् । आफ्नो बैठक चलिरहेको बेलामा कुनै तेस्रो व्यक्तिले डकैती गर्न आएर खलल पुर्‍याएको उनीहरुलाई कत्ति पनि रुचेन ।
५० जना बाहिर निस्किएपछि विचरा दुइ जना चोरको के लाग्थ्यो ! ती चोरहरुको अनुहारको भूगोल नराम्ररी बिग्रिएपछि तिनलाई अस्पताल भर्ना गर्नु पर्‍यो ।
गोरु चुटाइ चुट्नेमध्येका एक जेस्टरले भने- "अरुले मिहिनेतपूर्वक कमाएको पैसालाई एकै चोटीमा स्वाहा पार्न खोज्नेहरुलाई हामीले सानोतिनो मर्मत मात्र गर्‍यौँ र तबसम्म मर्मत गरिरह्यौँ जबसम्म तिनीहरुलाई लिन प्रहरी आइपुगेन ।"
प्रहरीले चाहिँ अस्पतालमा भर्ना भएका चोरहरुको स्थिति सामान्य रहेको जानकारी दिएका छन् ।
जेस्टरले भने- "शहरभरि हामीलाई चिन्दछन्, हाम्रा बाइकलाई पनि देख्नेले परैबाट आदरका साथ हेर्छन् । आँखामा मास्क लाएकाले होला तिनीहरुले हाम्रो बाइक् छेउमै राखेको देखेनछन् । तिनको आँखाको दोषले जीउले सास्ती पायो ।"
जेस्टले अन्त्यमा थपे- "तिनीहरु लगत ठाउँमा गलत दिनमा डकैती गर्न हिँडेका रहेछन् !"

No comments: