वेलुकीपखको मोटरसाइकल यात्रा निकै कष्टदायी र जोखिमपूर्ण हुन्छ । अगाडिबाट आउने ठूला साना गाडीहरुले हेपेर वत्ती मधुरो नपारी दिदाँ मोटरसाइकलमा सवारी गर्नु भन्दा ठूलो यातना अरु कुनै हुन्छ जस्तो लाग्दैन । आफूले अगाडीबाट आउने गाडीलाई वत्ती मधुरो पार्नको निमित्त जति नै संकेत गरे पनि कुनै कुनैले त टेर्दै टेर्दैनन् । कहिले काँही त अगाडी बढ्न सक्ने स्थिति नभएर साइड लगाएर मोटरसाइकल नै रोक्नु पर्ने पनि हुन्छ ।
त्यस्तै रिक्सावालाले पनि दायाँ वायाँ नहेरी बाटो काटिदिएर कतिपय दुर्घटना गराइदिन्छन् । यि मोरा रिक्सावालाहरुको त वेहोरा नै हुँदैन । न त ट्राफिक नियमको नै पालना गर्छन्, न त दायाँ वायाँ, अगाडि पछाडि हिंड्नेको नै ख्याल गर्छन् । यिनिहरुको लापरवाहीले गर्दा धेरैले ज्यान गुमाउनु पर्छ । राति न दिउँसो रिक्सावालालाई त मतलव नै छैन । न हर्न बजाउँदा सुन्छ, न साइड लाइटले हुन्छ । यस्तालाई त गालामा चड्कन लाइदिएपछि मात्र छुन्छ कि क्या हो ।
अनि अर्को जँड्याहा । वेलुकीपख राजमार्गमा जँड्याहाले पनि उस्तै दु:ख दिएर हैरान पार्छन् । २–३ पल्ट नै भइसक्यो जँड्याहाले गर्दा म आँफै झण्डै नमरेको । आफू एक धुनमा गइरहिएको हुन्छ, कहिले नजिकैबाट बाटो काटिदिन्छ कहिले अगाडी आएर मोटरसाइकल नै रोक्न खोज्छ ।
बेलुकातिर नहिंडि पनि नहुने, हिंड्दा पनि जोखिम नै जोखिम । के पो गर्नु खै ।
No comments:
Post a Comment