Google

Monday, June 30, 2008

आई. ओ. एम. मा फेरि बम विष्फोट

हिजो वेलुकी, ७:४० भएको थियो, म खाना खाँदै थिएँ । बम विस्फोट भए जस्तो ड्याम्म आवाज आयो । के पड्केको होला भन्दा भन्दै अर्को र फेरि अर्को गरी एक मिनट भित्रैमा ३ वटा विस्फोटको आवाज सुनियो । त्यसमा पहिलो चाहिँ निकै शक्तिशाली थियो कि क्या हो, आवाज निकै ठूलो थियो । त्यसपछिका अरु दुइको भने अलिक सानै थियो । तर ती वम सुतली वम रहेछन् । विहान स्थानीय एफ एम रेडियोले समाचारमा भन्दा पो थाहा भयो, ती वमहरु आई. ओ. एम. को कार्यालयको गेट बाहिर विष्फोट गरिएको रहेछ । बम विस्फोट कसले गरेको हो अहिले सम्म थाहा हुन सकेको छैन रे । र वमले खासै क्षति पनि गरेको छैन रे ।
धेरै पटक भइसक्यो यो कार्यालयमा बम विस्फोट भएको । सायद भूटानी माओवादीले नै होला यसपाली पनि । पहिले पनि माओवादीले नै जिम्मा लिएको थियो ।

पहाडे... पहाडे... पहाडे... पहाडे...

शुभ्र हिमखण्डले निर्मित बाल-प्रतिभा सेतो परेवाजस्ती, स्वच्छ जलराशिमा फुलेको श्वेतकमल जस्ती, दुग्ध-धवल स्फटिकले बनेको बाल-आकृति जस्ती, अथवा भनुँ, पावस ऋतुको अविरल वर्षामा नुहाएको कुनै हरितिमामय निभृत कानुनमा बुर्कुसी मार्दै खेल्ने-रमाउने सानो, सेतो खरायो जस्ती-कल्पिता ! ऊ आँगनमा आउनासाथ अकस्मात् ऋतुपरिवर्तन भएर बसन्त आएको र हजारहजार चराचुरुङ्गी चिर्बिर-चिर्बिर कलरव गर्न थालेको मधुर अनुभूतिमा म डुब्ने गर्थे । सडकमा पनि हिँड्ने होइन, उफ्रिदै जाने । झोला बोकेका केटीहरूको बथानमा डब्बा बनाई आफू इन्जिन बनी रेलजस्तै दौड्दै दिनहुँ स्कुल गइरहेकी कल्पितालाई झल्झली सम्झन्छु म -".........पी-पी-पी-पी... छुक्छुक् छुक्छुक् ... ।"

कल्पिता मेरो मित्र प्रभु ढुङ्गेलकी छोरी छे, तर मलाई मेरै छोरीको अनुभूति दिएकी छे, त्यसले । मैले त्यसलाई जन्मिएकी, पलपल बढ्दै गएको देखेको छु । मेरो काँधमा बसी, बुइँ चढी त्यसले अनगिन्ती पटक मलाई घोडा बनाएकी छे- हट् घोडा हट् ! त्यसैले बाह्र वर्षको उमेरमा पनि ऊ मेरो बुई चढ्न सक्छे, मेरो खल्बाटमा तबला बजाउन सक्छे, मेरो घ्याम्पे भुँडीमा बक्सिङको अभ्यास गरिरहन सक्छे ।

मलाई मेरो करेसावारीलाई एउटा सानोतिनो फूलवारीको रूपमा सजाउने सोख छ । थरीथरीका फूलहरूका विरूवा मैले मेरै हातले रोपेको छु । आँप, अम्बा, लिचीका दुई दुईवटा रूखहरू पनि झ्याम्मिएका छन् । जानुभन्दा लगभग दुई महिना अगाडि जब त्यो आएकी थिई, म मल्लिका आँपको रूखको जरामा पहेँलो माटो हालिरहेको थिएँ । रूख चार हात जत्ति अग्लो होला । नर्सरीबाट किनेर ल्याएको थिएँ । यस सानो रूखमा पनि आँप लटररम्म भएर फल्छ । कल्पिता कुन्नि कताबाट छुक्छुक् ... छुक्छुक् गर्दै, कुद्दै आई र मेरा आँखा छोपिहाली । मैले त थाहा पाइसकेको थिएँ । तैपनि नचिनेको स्वाङ् गर्दैँ श्रीमतीको नाउँ लिएँ - 'वीणा ... त्यो खितितिती गरी हास्न थाली र पर भागेर चिढाउन थाली - "अङ्कल, हजुरले त छोरीलाई पनि चिनिसिन्न । ... आजदेखि मेरो नाउँ वीणा, आन्टीको नाउँ कल्पिता । ..." मैले पनि एकछिन रमाइलो गर्ने उद्देश्यले त्यसलाई लखेटेँ - "सैतान ! पर्ख, तालाई..." उसले रूखहरूको आड लिई मलाई फूलबारीमा सात फन्को घुमाई । वीणा यो सबै हेर्दै थिई । थाक्ली भनेर वीणाले पछाडिबाटै कल्पितालाई च्याप्प समाई । फरियाको आँचलले त्यसको निधार र मुखभरि आएको पसिना पुछिदिई- "छोरी, ता अब ठूली भइस् । अझै अङ्कलसित केटाकेटीजस्तै लुटुपुटु गर्दा अरूले के भन्छन् ?" त्यो फेरि खितितिती हाँसी- "हामी बाबुछोरीको बीचमा बोल्ने को ? ... म त मुद्दा ठोक्छु ।" मलाई हाँसो उठ्यो ।

म मल्लिकाको रूखमुनि फर्केर आइसकेको थिएँ । कल्पिता र वीणा पनि त्यहाँ मुसुमुसु हाँस्तै आइपुगे । मल्लिकाको एउटा हाँगोमा मेरो दृष्टि पुगेको थिएन । त्यहाँ एउटा ऐँजेरू उमि्रएको रहेछ । कल्पिताको दृष्टि त्यहाँ पुग्यो । कराई - "अङ्कल, अङ्कल रूखमाथि रूख उम्रियो ! मैले भनेँ - "होइन बेटा, त्यो ऐँजेरू हो । त्यो परजीवी हुन्छ । आँपको रूखको छातीमा उम्रेर त्यसैको रस सोसी झ्याङ्गन्छ । माटोमा यसको जरै हुँदैन ।"

"ए, यस्तो अर्काको रस सोस्ने, माटामा जरा नहुने ऐँजेरूलाई त लुछेर फाल्नुपर्छ ।" भनी र मेरो अनुमतिको प्रतीक्षा गर्दै नगरी त्यसले उफ्रिईउफ्रिई त्यस परजीवी वनस्पतिलाई लुछेर फालिदिई ।

यता घरैपिच्छे मधेसवादीहरू च्याउझैँ उम्रिन थाले । मधेसको हावामा एउटा विष बैरियो-साम्प्रदायिकताको विष । विषको मात्रा बढेर मर्ने-मार्ने क्रम बढ्यो । पहाडेको घरमा ढुङ्गा बर्सिन थाले । पसलहरू लुटिए । रातिराति फोनमा धम्की दिन थालियो । भर्खर अस्तिको कुरा हो- कल्पिताका पिता र मेरा सहोदरसदृश मित्र प्रभु ढुङ्गेल अकस्मात् आइपुगे । उनी असाधारणरूपमा अत्तालिएका थिए । कोठामा आएर सोफामाथि नबसी भुँइमा ओछ्याइएको सतरञ्जामाथि लम्पसार भई पल्टिए । पसिनाले कमिज ल्याफल्याफ्ती भिजेको थियो । अझै स्याँस्याँ गर्दै थिए । प्रभुको यो अवस्था देखि वीणा पनि आत्तिई । गिलासमा चिसो पानी लिएर आई र ख्वाउन थाली । प्रभु जब अलिक आश्वस्त भए, उनका आँखाबाट आँसु र्झन थाले । बडो बल गरी बोले - "यार, मैले एउटा डरलाग्दो सपना देखेँ ।...मलाई मधेसवादी आन्दोलनकारीहरूले घेरे । मेरी श्रीमती दुर्गाको टाउको लठ्ठी लिएर फोडे । ... उसको रगतको फोहोरा छुट्दै गर्‍यो । म र कल्पिता भाग्यौँ । ... एउटाले कल्पितालाई पछार्‍यो र ..." यसपछि उनी केही बोल्न सकेनन् । फेरि हिक्का छाडी रून थाले । केहीबेरपछि फेरि बल गरी बोल्न थाले - "तपाईंलाई हामीले साथीसँगै दाजुको पनि दर्जा दिएका छौँ । ... जब यी मधेसीहरूले हामीलाई लखट्दै थिए, हामी जेनतेन तपाईंको शरणमा पुग्यौँ । तपाईं ढोकामा उभिएर रमिता हेर्दै हुनुहुन्थ्यो । हामीलाई देखेर तपाईंले ढोका त खोलिदिनुभयो, तर जब आततायीहरूको हूलले तपाईंलाई कड्केर सोध्यो -"ए, यहाँ कुनै पहाडे लुक्न आएको छ ?" तपाईं मायावी राक्षसझैँ मुसुमुसु हाँस्नुभयो र भन्नुभयो -"लैजाऊ, मैले तिम्रा सिकार सुरक्षासाथ राखेको छु ।" अनि तपाईंले म, दुर्गा र कल्पितालाई ती दानवहरूको जिम्मा लगाइदिनुभयो । तिनले दुर्गा र कल्पितालाई... ।" तिनी फेरि कङ्काल- शब्द गरेर रून थालेका थिए । -"बखतमा... दाजु... तपाईंले.... पनि... मलाई...पहाडे नै.....देख्नुभयो ।" मैले धेरै सम्झाएँ -"सपना भनेको त सपना हो । हामी त पुस्तौँदेखिसँगै दुःखसुख भोगेका हौँ ।.... सपनाको कुरालाई लिएर यसरी भक्कानो छाडी रूनुपर्छ ?" .... तर उनको रूवाई थामिएन । ....

प्रभु ढुङ्गेल पेसाले शिक्षक हुन् । उच्चतर माध्यमिक विद्यालय (१०+२) मा पढाउँछन् । कक्षामा भीमनिधि तिवारीको नाटक 'शिलान्यास' -को प्रसङ्ग चल्यो । उनले लिगलिग राज्यको चलन बताए -"राजा हुन चाहनेहरू चेपे खोलाको दोभानमा जम्मा हुन्थे र बेतोडसित कुद्थे । सबैलाई उछिनेर कोटमा पुग्नेलाई राजा घोषित गरिन्थ्यो ।" एउटा ज्याद्रो जुरूक्क उठ्यो -"सर, त्यस दौडमा मधेसी थियो ? होइन भने पहाडेहरू जबर्दस्ती हाम्रा मालिक बने, होइन ! बिचरा प्रभु अकमक्क परे -"भाइ, यसमा पहाडे-मधेसीको कुरा कताबाट आयो ? ... छनोट त लिगलिगका राजाको हुन्थ्यो, अनि उनीहरूले नै भाग लिन्थे ।" बोल्न त बोलिरहेका थिए, तर कसैले टाउकोमा जोरले ट्वाङ्ग हिर्काइदिएझैँ दिमाग फनफन्ती घुम्न थालेको थियो । यस सानो कुराले कक्षामा ठूलो बहसको रूप लियो । प्रभुमाथि व्यङ्ग्य-वाणको अनवरत् र चतुर्दिक बर्षा हुन थाल्यो । उनको मुटु छियाछिया भयो । दुई शब्द बज्राश्त्रझैं आएर उनकै दिमागमा ठक्कर खान्थे र प्रत्येक तन्तुलाई क्षत-विक्षत पार्थे -पहाडे... मधेसी... पहाडे... पहाडे... पहाडे... पहाडे... । आफ्नो कान थुनी प्रभु कक्षाबाट निस्किए । कक्षाले दिग्विजयको उत्तेजनामा भयानक अट्टहास गर्‍यो -"भाग्यो, पहाडे भाग्यो !!

आज बिहान मेरो यार प्रभु फेरि आइपुगे । मैले बस्ने र चिया खाएर जाने आग्रह गरेँ । उनले मेरो र वीणाको हात एकैचोटी समाते -"म दाजु र भाउजूलाई लिन आएको ।... बाहिर रिक्सा उभिएको छ, जाऔँ ।" उनी हामीलाई घिसार्दै कहाँ लिएर जाँदै छन् भनेको त बसस्टप पो ल्याइपुर्‍याए छन् ।

सामुन्ने विशालकाय ट्रक उभिएको थियो -हर्दै बकासुरजस्तो लाग्ने । ड्राइभरनजिकको सिटमा दुर्गा र कल्पिता बसेका थिए । छानोमा पलङ, कुर्सी, बाल्टी आदि लादिएका थिए । प्रभुले हामीलाई ट्रक नजिक लगे । कल्पिता मलाई देख्नासाथ ट्रकबाट लगभग हाम्फालेर तल झरी । प्रभुले भने -"दाजु, हामी सदाका लागि जाँदैछौँ । कल्पिताले भेट नगरी जान मानिनन् ।...."

कल्पिता मेरो छेउमा आइपुगेकी थिई । मलाई अँगालो हाली । भुँडीमा बक्सिङ हान्दै बोली -"अङ्कल, एकदिन मैले हजुरको बारीको आँपको रूखमा उम्रिएको ऐँजेरू लुछेर फालिदिएकी थिएँ । ... हामी पनि मधेसको रूखमा ऐँजेरू नै रहेछौँ क्यारे ! ... हामी हाम्रो माटोको खोजीमा जाँदैछौँ ।... नबिर्सनुहोला । ..." त्यो बुरूक्क उफ्रेर ट्रकमा बसी । दुर्गा माटोको मुर्ति बनेकी थिइन् । प्रभु अज्ञात यात्रामा हिँडेका जस्ता देखिन्थे । सबै टाँस्सिएर बसेका थिए । ट्रकको सिसाबाट बाहिर तीनवटा कोमल, सेता हात परपरसम्म हल्लिरहे । मेरो कानमा कल्पिताका शब्द गुञ्जिरहेका थिए । म भन्न चाहन्थेँ -"तिमी ऐँजेरू होइनौँ कल्पिता । हामी सबै एउटै माटोका दूबो हौँ । हामीलाई कसैले उखेल्न सक्तैन" तर त्यहाँ सुन्ने मानिस कोही थिएन ।


(अनलाइनबाट)

हेलिकोप्टर दुर्घटना

फिस्टेल एयरको नाइन एनएआइए नामको एस्कुरेल हेलिकोप्टर आइतबार कास्की र मनाङको सिमाना अन्नपूर्ण बेस क्याम्पमा दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएन ।
सो हेलिकोप्टर बेसक्यापमा रहेका विदेशी पर्यटकको उद्धारका लागि काठमाडौंबाट आइतबार बिहान उडेको थियो । उडान भरेर र्फकने क्रममा अन्नपूर्ण बेसक्याम्प साउथमा बिहान १०ः४५ बजे दुर्घटनामा परेको हो ।
हेलिकोप्टरमा रहेका पाइलट सविन बस्नेत र तीन विदेशी यात्रु सकुशल रहेको पोखरा विमानस्थलले जानकारी दिएको छ । मौसमको खराबीका कारण क्याम्पमा अवतरण गर्न नसकी फर्किएको सो हेलिकोप्टर पुनः कास्कीको छोम्रोङ गाउँमा अवतरण गरी दोस्रोपटक पर्यटक लिन जाँदा दुर्घटनामा परेको हो ।
बिहान दुर्घटना भए पनि दिउँसो दुई बजेमात्रै पोखरा विमानस्थललाई स्थानीयबासीले जानकारी गराएपछि काठमाडौं खबर गरिएको थियो । दुर्घटनाग्रस्त हेलिकोप्टरको पछाडिको भाग क्षतिग्रस्त भएको छ ।
चालकसहित पर्यटकको उद्धार गर्न गएको नेपाली सेनाका दुईवटा हेलिकोप्टर खराब मौसमका कारण अवतरण हुन नसकेपछि साँझ पोखरा फर्केका छन् । सोमबार बिहान पुनः उद्धारका लागि जाने पोखरा विमानस्थलले जानकारी दिएको छ ।
हेलिकोप्टरको पुच्छरमा खराबी आएपछि पाइलटले तत्कालै नजिकको झन्डै पाँच फिट गहिरो सानो पोखरीमा अवतरण गराएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै पोखरा विमानस्थल कार्यालयले जनाएको छ । दुर्घटनामा सबै यात्रु सकुशल रहेकोमा खुसीयालीसमेत मनाइएको छोम्रोङबाट दीपक गुरुङले जानकारी दिए । दुर्घटना भएपछि स्थानीय होटलमा काम गर्ने प्रकाश थापामगर खबर गर्नका लागि छोम्रोङ आएका थिए ।

(नयाँ पत्रिकाबाट)

सिंहदरबार प्रवेश गर्न कम्प्युटर सञ्जालको प्रस्ताव

सिंहदरबारभित्र सर्वसाधारण जनताको प्रवेशका लागि कम्प्युटर सञ्जालको व्यवस्था मिलाउन प्रस्ताव गरिएको छ। वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले हाल प्रवेशसम्बन्धी अपनाइएको व्यवस्थामा परिवर्तन गरी सञ्जालमार्फत प्रवेशको व्यवस्था मिलाउन प्रस्ताव गरेको हो। प्रस्तावित सञ्जालअन्तर्गत सिंहदरबार प्रवेश गर्न कम्प्युटरबाट नाम स्वीकृत गरी अनुमति दिने व्यवस्था मिलाइनेछ। केन्द्रका कार्यकारी निर्देशक डा. सुवर्ण शाक्यका अनुसार प्रस्तावित सञ्जालको व्यवस्था कार्यान्वयनमा आएपछि सर्वसाधारण जनताको प्रवेशका लागि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिध्ािले स्वीकृत गरेको प्रवेश पास बोक्न आवश्‍यक पर्नेछैन। उनले सम्बन्धित मन्त्रालय वा निकायले पास उपलब्ध गराइने व्यक्तिका बारेमा कम्प्युटरमार्फत सम्पूर्ण जानकारी प्रवेशद्वारमा भएका सुरक्षाकर्मीलाई गराएर आगन्तुकलाई भित्र पठाउने व्यवस्था मिलाउन प्रस्ताव गरिएको बताए। सोही जानकारीका आधारमा नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र सुरक्षाकर्मीलाई बुझाएर आगन्तुकले भित्र प्रवेश पाउनेछन्। कम्प्युटर सञ्जाल सिंहदरबारभित्रका कार्यालय र प्रवेशद्वारमा मात्रै सीमित रहनेछ। सम्बन्धित कार्यालयबाट आगन्तुकका बारेमा पठाएको विवरण मिलेपछि मात्रै प्रवेश दिइनेछ। 'भित्र प्रवेश गर्ने व्यक्तिका बारेमा सम्पूर्ण विवरण कम्प्युटरमा राखिएको हुन्छ, जसले केही घटना भएको अवस्थामा पनि छानबिनका लागि सहयोग पुर्‍याउँछ', डा. शाक्यले भने। कम्प्युटर सञ्जालमा सिंहदरबारभित्र प्रवेश गर्ने व्यक्तिको नाम, ठेगाना, फोन नम्बर, भेट्न जाने व्यक्ति र कामको विवरण राखिनेछ। नयाँ सञ्जाल लागू भएपछि सिंहदरबारभित्रको सुरक्षा-व्यवस्थासमेत बलियो हुने दाबी सम्बन्धित अधिकारीको छ। गृह मन्त्रालयका उपसचिव लेखनाथ पोखरेलले भने, 'कम्प्युटरमा सबै विवरण राखिने भएका कारण सुरक्षाव्यवस्थाका दृष्टिकोणबाट समेत नयाँ व्यवस्था राम्रो देखिन्छ।' यससम्बन्धमा केन्द्रले विभिन्न सुरक्षानिकाय तथा सरकारी कार्यालयका प्रतिनिधिसँग छलफल सुुरू गरिसकेको छ। हाल सिंहदरबारमा कामका लागि जान चाहने व्यक्तिले पहिला सम्बन्धित मन्त्रायबाट नाम स्वीकृत गराउनुपर्छ। त्यसपछि मन्त्रालयले सम्बन्धित व्यक्तिलाई कर्मचारीमार्फत प्रवेशद्वारमा पास उपलब्ध गराउँछ। यसरी उपलब्ध गराइएको पास लिएर मात्र भित्र जान पाइन्छ।

Sunday, June 29, 2008

पग्लेको नाक जमेको गला

अचम्म पो हुँदो रहेछ कहिलेकाँही । हिजोदेखि हल्का रुघा लागेको आज त मेरो बोलीको भोल्युम नै सानो भयो । मलाई रुघा त प्रायसः लागि नै रहन्छ, कमसे कम पनि तीन महिनामा एकपल्ट । तर यस्तो त कहिले पनि भएको थिएन । मलाई थाहा भएसम्म मेरो गला बसेको थिएन । रुघा लागि सकेपछि कम्तीमा पनि एकहप्तासम्म त छोड्दै छोड्दैन तर पनि यस्तो नराम्रोसँग स्वर भासिने त कहिल्यै पनि भएको थिएन । निहुँ पनि खास केही होइन, एक ग्लास जति चिसो पानी पिएको थिएँ फ्रिजमा राखेको । त्यसको भोलिपल्ट नै रुघाले समाइहाल्यो । रुघा लागे पनि स्वर त ठिकै थियो तर आज दिउँसो तीन बजेतिरदेखि त बोलि नै भासिइ हाल्यो । त्यो पनि क्या अचम्म तरिकाले भने विग्रेको रेडियो जस्तो वोल्दावोल्दै एकछिनमा सानो हुन्छ, एकछिनमा ठूलो । सधैँको भन्दा वेग्लै तरिकाको रुघा लाग्यो यसपाली । पहिले पहिले रुघा लाग्दा नाक मात्र पग्लिने हुन्थ्यो  तर यसपाली त वोली नै पो जमिदियो, नाक पग्लिने क्रम त छँदैछ ।  

मलाई हिजो नै एकजना दाइले एक्टीफिट भन्ने एउटा ट्यावलेट खानु एकै छिनमा ठिक हुन्छ भन्दै थिए । तर मैले धेर जान्ने भएर उल्टै एउटा उखान सुनाइ दिएको थिएँ - "तपाईलाई थाहै रहेनछ, रुखा लाग्दा औषधि खायो भने निको हुन सात दिन लाग्छ, खाएन भने एकै हप्तामा निको हुन्छ" भनेर । तर के गर्नु मेरो गफले मलाई नै घात गर्‍यो यसपाली । 

शुरु शुरुमा त रमाइलो लाग्दै थियो । अहिले त दिक्क लाग्न थाल्यो । अव चाहिँ औषधि नखाइ नहोला जस्तो छ । मान्छेले जिस्काउन थालिसके के के भनेर । 

Saturday, June 28, 2008

"आँखा"

  ”आँखा“

मेरी आमासँग एउटा मात्र आँखा थियो । एकआँखे ती मेरी आमा कुरुपताकी प्रतिमूर्ति थिइन् त्यसैले म घृणा गर्थेँ म उनलाई । उनको र मेरो सम्बन्धको बारेमा कसैसँग परिचय खुलोस् भन्ने म चाहँदैनथेँ । उनी एउटा विद्यालयमा विद्यार्थी र शिक्षकहरूलाई खाना पकाउने र लुगाफाटो धोइदिने काम गर्थिन् । त्यही आम्दानीबाट हाम्रो परिवारको गुजारा चल्ने गरेको थियो । 

अचानक एकदिनको कुरा हो, मेरी आमा मेरो पढाइको बारेमा बुझ्न मेरो स्कुलमा आइन् । मैले मेरा साथीहरूलाई उनी मेरी आमा हुन् भनेर चिनाउन सकिन, किनकि मेरी आमा अत्यन्तै कुरुप थिइन् । उनी त्यसरी मेरो स्कुलमा आउँदा मलाई अत्यन्तै नराम्रो लाग्यो । मैले उनलाई कर्के आँखाले हेरेँ र बाहिरतिर दौडिएँ ।  

 अर्को दिन मेरो एकजना साथीले मसँग मेरी आमाको बारेका कुरा उठायो । उसले मलाई भन्यो- “छ्या तिम्री आमाको त एउटा मात्रै आँखा ! कस्ती काली त्रि्री आमा त ! त्यस्ती कुरुप बुढीलाई आमा भन्न तिमीलाई लाज लाग्दैन ?” उसको कुरा सुनेर म मरेजस्तै भएँ । आखिर त्यस दिन मेरी आमा किन स्कुलमा आएकी होलिन् ! उनीप्रतिको रिस र आक्रोशले म आफैँलाई चिथोरुँ जस्तो लाग्यो । साथीहरूको अगाडि बेइज्जत भएको भन्ठानी मलाई भुतुक्क मरुँ जस्तो पनि लाग्यो । 


एकदिन मैले आमालाई बेस्सरी झपार्दै भनेँ- “तिमी किन गयौ मेरो स्कूलमा, आफ्नो कुरुपता प्रदर्शन गरेर किन मेरो बेइज्जत गर्‍यौ ?” मैले आबेगमा नै भनिदिएँ- “तिमी मर्न नसकेकी बुढी ।” मेरी आमाले कुनै प्रतिउत्तर दिइनन् । मैले आमालाई गरेको गाली सम्झेर मलाई कत्ति पनी पछुतो लागेन किनकि म उनीसँग असाध्य रिसाएको थिएँ । उनको कुरुपताले ममा घृणाभाव बढाइरहेको थियो । मलाई त्यो घरबाट धेरै टाढा भाग्न मन लाग्यो ताकि अब उनीसँग कहिल्यै भेट नहोस्, उनको कुरुप अनुहार देख्नै नपरोस् । दिनहरू बित्दै गए । त्यसपछि मैले धेरै मेहनेतका साथ पढेँ । मैले स्वदेशमा मात्र होइन विदेश गएर पढ्नसमेत छात्रवृत्ति पाएँ । मैले धेरै पढेँ र पछि बिहे पनि गरेँ । शहरमा एउटा सुन्दर घर पनि बनाएँ । यतिखेर मेरा आफ्नै छोराछोरी पनि भइसकेका थिए । म आफ्नै संसारमा मस्त थिएँ । 


मेरो मस्तीको सँसारमा एकदिन अचानक मेरी आमा आइपुगिन् । मेरो घरको ढोकामा मेरी आमा उभिएकी थिइन् । उनीसँग भेट नभएको निकै भइसकेको थियो । बुढ्यौलीका कारण उनको कुरुपता अझै बढेको थियो । उनले आफ्ना नातिनातिनालाई त देखेकीसम्म थिइनन् । मेरो ढोकामा उभिएको उनको त्यो कुरुप अनुहार देखेर मेरा बच्चाहरूले उनलाई बेसरी जिस्क्याए, गिज्याए । उनले मेरा सन्तानलाई गाली गरिन् र थप्पड पनि लगाइन् । मेरो घर आँगनमा मेरै सन्तानले गाली र थप्पड खाएको देख्दा मलाई असैहृय भयो । मैले उनलाई बेसरी कराएँ । “तिमी किन आएकी यहाँ ? कसले बोलायो तिमीलाई ? तिम्रो यो अनुहार लिएर कहिल्यै आउनुपर्दैन यहाँ । जाउ, गइहाल तुरुन्त गइहाल ।” मेरो गाली सुनेर उनले विस्तारै जवाफ दिइन्- “माफ गर, सायद मैले गलत ठेगाना समातेछु । म तिम्रोमा आएर अब कहिल्यै पनि तिमीलाई दुख दिनेछैन ।” यति भनेर उनी त्यहाँबाट तुरुन्तै हराइन् ।  


अरू केही वर्ष बितेर गए । एकदिनको कुरा हो गाउँको मेरो पुरानो विद्यालयमा पुनर्मिलन समारोहको आयोजना गरिएको र त्यसमा अनिवार्य सहभागी हुन लेखिएको निम्तोपत्र मेरो हातमा पर्‍यो । कुनै विजनेस ट्रिपमा जाँदैछु भनेर मैले मेरी श्रीमतीलाई ढाँटेँ र म मेरो पुरानो विद्यालयको त्यो समारोहमा भाग लिन गएँ । समारोहको अन्त्यसँगै त्यहीँ नजिकै रहेको मेरो पुरानो गाउँमा घुम्न मलाई उत्सुकता जागेर आयो । म मेरो पुरानो गाउँतिर गएँ । मैले गाउँलेहरूबाट मेरी कुरुप आमा मरिसकेको थाहा पाएँ । आमाको मृत्यूमा मलाई कुनै विस्मात लागेन । एक सामान्य घटना घटेजस्तै मैले त्यसलाई सहज ढंगले पचाएँ । उनका लागि मसँग एक थोपा आँशु पनि थिएन । तर मृत्यूअघि मेरी आमाले मलाई लेखेको एउटा चिठी गाउँलेहरूले मेरा हातमा थमाइदिए । चिठी खोलेँ र पढ्न थालेँ । चिठीमा यस्तो लेखिएको थियो-


मेरो प्रिय छोरा, 

मलाई माफ गर म तिम्रो घर आएर तिम्रै छोराछोरीलाई गाली गरेँ । मैले तिमीलाई पटक पटक दुःख पनि दिएँ । तिमी आफूले पढेको गाउँको विद्यालयमा आउँदैछौ भन्ने थाहा पाएर म निकै खुसी भएकी थिएँ तर तिमीलाई हेर्न म उठ्न सकिन छोरा । म निकै बिरामी थिएँ । तिमीलाई हर्ेर्ने मेरो अन्तिम धोको पनि पूरा गर्न सकिन । तिमी ठूलो हुँदासम्म मैले तिम्रो चित्त बुझाउन कहिल्यै पनि सकिन । छोरा, तिम्रो आँखामा म सदा घृणाको पात्र भइरहेँ । मैले तिमीलाई निकै दुःख दिएकी छु । 


छोरा, तिमीलाई थाहा छैन जब तिमी सानो थियौ- अचानक एउटा दुर्घटनामा परेका थियौ । त्यही दुर्घटनामा तिमीले एउटा आँखा गुमायौ । एउटी आमा भएकीले मैले तिमीलाई एउटा मात्र आँखा भएको हेर्न सकिन । हुन पनि कसरी सक्नु, आफ्नै सन्तान एउटा मात्रै आँखा लिएर हुर्किरहेको छ । तिम्रा साथीहरूले तिमीलाई एकआँखे भनेर हेपेको र जिस्काएको मैले सहनै सकिन । अनि एकदिन मैले तिमीलाई अस्पत्ताल लिएर गएँ । अस्पतालमा आँखा किनेर प्रत्यारोपण गर्न धेरै रकम चाहिने रहेछ तर मसँग त्यति धेरै पैसा कहाँ थियो र ! ? अन्ततः डाक्टरलाई मैले मेरो आफ्नै एउटा आँखा झिक्न लगाएँ र त्रि्रो बिग्रिएको आँखामा प्रत्यारोपण गरिदिएँ । 


अब तिमीसँग दुइवटै आँखा भए । आहा, तिमी कति सुन्दर देखियौ । मेरा निम्ति जीवनको यो अत्यन्तै दुर्लभ खुशी थियो । प्यारो छोरा, आज मलाई निकै गर्व लागिरहेको छ । मेरो सन्तान जसले आज मेरै आँखाबाट संसार हेरिरहेको छ । आखिर के नै फरक भयो र मैले हेर्ने संसार आज मेरै आँखाबाट मेरो आफ्नै छोराले हेरिरहेको छ । त्यो त्यही आँखा हो, जुन आँखाले मैले पहिले संसार हेर्ने गर्दथेँ आज मेरो छोराले हेरिरहेको छ । म निकै खुसी छु छोरा । 


म अब यो संसारमा रहनु र नरहनुमा केही फरक छैन किन कि मेरो ठाउँमा आज मेरो छोरा छ अनि मेरै आँखाले यो अनुपम संसार हेरिरहेको छ । तिमी जहाँ रहन्छौ सुखी रहनु, सम्पन्न रहनु? यो मेरो आशिर्वाद तिमीलाई । छोरा तिमीले अब कुनै पनि बेला सोच्नुपर्दैन कि तिम्री यो कुरुप आमा आएर तिमीलाई फेरिफेरि दुःख दिनेछ । तिमीलाई नहेरी बस्न नसकेकीले मात्र कहिलेकाँही तिमीलाई भेट्न आउँथे, अब त त्यो दिन पनि सकियो छोरा, अब तिमी सधैसधै सुखी रहनु ।

 मेरो सारा आशीवाद र माया तिमीलाई । 

उही तिम्री, 

कुरुप आमा

(पालप्लसबाट)

बीर बालक कमललाई राजधानीमा भ्याईनभ्याई



सेती नदीको खोचमा खसेकी बालिकालाई उद्वार गरेर चर्चामा आएका कमल नेपालीलाई राजधानीमा सम्मान ग्रहण गर्न भ्याईनभ्याई छ ।

साहसको कदर गरेर राजधानीवासीले बोलाएपछि बिहीबार उनी बुबा र दाइको साथमा पोखराबाट हवाईजहाजमा राजधानी आएका थिए । राजधानी आइपुगेपछि १२ वर्षिय कमललाई सम्मान गर्नेको संख्या बढ्दै गएको छ ।
अपाराह्न तीन बजे विमानस्थल आइपुगेका उनीहरू राजधानीको पांचतारे होटेल याक एन्ड यतिमा बसेका छन् ।

कमलले शुक्रबार बिहान ११ बजे दशरथ रंगशालामा बास्केटबल प्रतियोगिता उदघाटन पनि गरेका थिए । यसपछि सगरमाथा टेलिभिजनले आयोजना गरेको र्‍यालीमा उनी प्रमुख आकर्षणबने । टाटा मोबाइलमा राखेर उनलाई अनामनगर, माइतीघर, न्युरोड हुंदै प्रदर्शनीमार्गस्थित पर्यटनबोर्ड पुर्‍याइएको थियो ।

सम्मान कार्यक्रममा पुगेपछि उनीसंग हात मिलाउनेको घुइंचो लागेको थियो । उनलाई मितेरी अस्पतालले आजीवन उपचार गरिदिने घोषणा गरेको छ । रमपम तयारी चाउचाउले यस वर्षेदेखि 'रमपम ब्रेभरी अवार्ड' स्थापना गरेर पहिलो वर्षको अवार्ड कमललाई दिने घोषणा गरेको छ ।

कमल र उनका आफ़न्त आज पोखरा फर्किने योजनामा छन । फ़र्कनु अघि उनी विभिन्न स्थानका सम्मान कार्यक्रममा सहभागी हुने भएका छ्न् । उनलाई यस वर्षको 'वीर गणेशमान सिंह बाल प्रतिभा पुरस्कार' पनि प्रदान गरिने भएको छ । जीवन जोखिममा राखेर बालिकाको उद्वार गरेकोले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पुरस्कार कोषकी अध्यक्ष रीतासिंह वैद्यले विज्ञप्तिमार्फत जनाएकी छिन् । कोषले कमललाई 'वर्षको बालक' उपाधिसमेत दिएको छ । २५ हजार रुपैयांसहितको उक्त पुरस्कार आगामी चैत २६ गते प्रदान गरिने भएको छ ।

Friday, June 27, 2008

प्रथम राष्ट्रिय कुर्सी दौड प्रतियोगिता

खेलाडीहरु कोही नयाँ छन् कोही पुराना । समिश्रण छ खेलमा । राष्ट्रिय कुर्सी दौड प्रतियोगितामा । प्रतिस्पर्धीहरुका लागि नितान्त नौलो भए पनि पूर्व प्रतियोगिताहरुमा पटक पटक भाग लिएका अनुभवी खेलडीहरु नै छन् अहिले अग्र पङ्तिमा । अनौठो छ प्रतियागिता र अनौठो लाग्दा छन् प्रतियोगीहरु यो प्रस्पिर्धामा !


कोही कहिल्यै कुनै खेलमा नहारेका छन् भने कोही बारम्वार हारेका अर्थात प्रतियोगिता पूर्व फस्ट राउण्डमा दुबै इभन्ट्स्को छनौट चरणमा नै पराजित भएका । पराजित भए पनि आफूलाई प्रतियोगिमा प्रतिस्पर्धि बनाएका । क्या अचम्मको खेल ! कस्तो रमिता !
कोही भने न कहिल्यै जितेका न कहिल्यै हारेका । प्रतियोताबाट सधैं भागेर टाढै बसेका । अर्काको लौरो समाएर हिँडेका !


नयाँपुराना, जितेकाहारेका, राम्रोसँग चिनिएका, नचिनिएका सबै प्रतियोगिताको दौडमा लौरो टेक्दै प्रतिस्पर्धा गरिरहेका छन् रातदिन ! प्रतियोगिहरुलाई न रातको न्रि्रा छ न दिनको भोक ! भोक छ भने एउटै छ राष्ट्रिय कर्ुर्सर्ीीे । वाह ! कस्तो भोक - 
प्रतियोगिताको अर्को रमाइलो पक्ष झन् रमाइलो छ । रमाइलो मात्र हैन अपत्यारिलो पनि छ - यो प्रतिस्पर्धाका प्रतियोगीहरु कोही पहिल्यै पराजित, कोही सधैं अपराजित, कोही जंगलमा प्रशिक्षित छन् त कोही छिमेकीद्वारा दीक्षित । वाह ! कस्ता कस्ता खेलाडी । तल्ला माथिल्ला उपल्ला सबै स्तरका ।


नियम छैन, नियमको ठाउँमा तिकड्म र ताक छ, धम्की र धाक छ । वाह ! कस्तो खेल । कहीँ नभएको जत्रा हाँडीगाउँमा, कहीँ नभएको खतरा खेल नेपालमा !
दर्ूइ महिनादेखि प्रतिस्पर्धा नियमित चलेको छ । निरन्तर उछिनाउछिन छ । कहिले को अगाडि कहिले को पछाडि ! अहिलेसम्म थाह छैन पर्ुर्पुरो कसको बलियो छ । कसकसले पाउने हो कुन उपाधि, पदवी र कसलाई प्राप्त हुने हो समाधी ! 
प्रतियोगितामा दक्षिणको दवाब, उत्तरको प्रभाव र पश्चिमको चाहनाले प्रतक्ष परोक्ष असर पारेकोले परिणाममा ढिलाई भएको छ । यी मध्ये दक्षिणको सर्वकालीन र दीर्घकालीन प्रभाव वास्तवमै प्रभावकारी हुने भएता पनि अहिले यसै हो भन्न सक्ने अवस्था भने छैन । 


दौड निरन्तर चलिरहेको छ । मिश्रति खेलाडीहरुको खेलमा प्रशिक्षकहरुको समिश्रणलाई पनि आश्चार्य मान्नु पर्दैन । विदेशी गुरुलाई बढी नै मान्ने चलन त चलिआएकै हो । यही चलन अनुरुप यो प्रतियोगिता पनि चलेको छ । बाहिरबाहिर सद्भाव भित्रभित्र कुनै नयाँ कुराको प्रादर्ूभाव गर्ने हिसाबले विदेशी प्रशिक्षकहरुको सक्रिय प्रभाव चलायमान जस्तो देखिन्छ । खेलाडी स्वदेशी भए पनि गुरु सबै विदेशी छन् । तिनै गुरुलाई प्रशिक्षक भनिन्छ । तिनले जे भन्यो त्यही मानिन्छ । र, अन्त्यमा त्यही हुन्छ !


रेप|mी, निर्णायक मण्डली सबैमा उत्तर, दक्षिण र पश्चिमाका मुनिम, महामहिमहरु नै हुनुहुन्छ । रेप|mीले हात हल्लाए अनुरुप खेलाडीहरु कहिले कुन दुतवास त कहिले कुन होटल र कहिले कुन निवास तिर दौडन्छन् । आफलताफल हुन्छ को अघि पुग्ने भनेर ! लिगलिगकोटे दौड जस्तो ।
प्रशिक्षक (गुरु) को आदेश अनुसार कहिले कुन टिमसँग मिल्ने कहिले कुन टिमसँग छुट्ने चलिरहन्छ । नयाँ ध्रुविकरण र समीकरण बनिरहन्छ । गोरु र गधाको हल जस्तो ! 


रमाइलो छ, समर्थकहरु लोड सेडिङमा टायर बालेर अँध्यारो शहरलाई उज्योलो बनाइरहेका छन् । आफ्नो टिमका खेलाडीको जीताउन सडक तताइरहेका छन् । खेलाडीहरु खेल जित्न लुकीलुकी विभिन्न निवास र दुतावास धाइरहेका छन् । प्रतिस्पर्धाका समाचारहरु प्रतक्ष प्रसारण जस्तै आइरहेका छन् । दर्शकहरु अक्न न बक्क हेरेर सुनेर बसिरहेका छन् सबै जोगीको कान चिरिएको देखेर । 
विश्वको ध्यान आकर्शित गर्न सफल यो प्रथम राष्ट्रिय कुर्सी दौड प्रतियोगिताको पुरस्कारको घोषण यसरी गरिएको छ - 
प्रतियोगितमा प्रथम हुनेले गणतन्त्र नेपालको राष्ट्रपति पड्काउने छ ।
द्वितीय हुनेले गणतन्त्र नेपालको प्रधानमन्त्री भएर थर्काउने छ ।
तृतीय हुनेले गणतन्त्र नेपालको संविधान सभाको सभाध्यक्ष भएर सदन चर्काउने छ । 
सान्त्वना पुरस्कार प्राप्त गर्नेले उपराष्ट्रपति र उपप्रधानमान्त्रीको कुर्सी पाउने छ ।
आदि .... इत्यादि .... ।
विजेताहरुलाई शुभकामना 

 

(नेपाली पोष्टबाट)

  

Thursday, June 26, 2008

राम्रो के ?


मान्छे भन्दा पनि पछाडिको दृष्य चाहिँ राम्रो रहेछ, हैनत ? ??? 

Wednesday, June 25, 2008

सहमतिपछि देशभरको यातायात सुचारु

 पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि अनुसार सवारी भाडा बढाउन माग गर्दै आन्दोलनमा उत्रेका यातायात ब्यबसायी र सरकारबीच सहमति भएको छ । 

हिजो अबेर राति सम्पन्न सरकार र यातायात ब्यबसायीबीचको वार्तामा लामो र मध्यम दुरीका सवारीमा २८ प्रतिशतले भाडाबृद्धि गर्ने सहमति भएपछि यातायात ब्यबसायीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

राति करिब ३ बजे सम्पन्न वार्तामा उपत्यका भित्रका मिनी बस र माइक्रो बसको न्युनतम भाडा १२ रुपैयाँ र ट्याक्सीमा सुरुमा देखिने भाडा दर १० रुपैयाँ राख्ने सहमति भएको छ । 

यसअघि सरकारले सवारी भाडामा २५ प्रतिशले मात्र थप गरी लिन पाउने निर्णय गरेको थियो । सरकारले बढाएको उक्त भाडा कम भएको भन्दै ब्यबसायीहरुले अनिश्चितकालिन यातायात बन्दको घोषणा गर्दै आन्दोलनमा उत्रेका थिए । 

यो भाडा दर दुइ महिनाका लागि मात्र कायम गरिएको छ । दुइ महिनापछि बैज्ञानिक आधारमा नयाँ भाडादर कायम गरिने वार्तामा सहभागी यातायात ब्यबसायीले बताएका छन् ।

बिद्यार्थीलाइ दिइएको छुटमा दुरुपयोग रोक्न ब्यबसायी, सरकार र बिद्यार्थी सम्मिलित संयन्त्र बनाएर तत्कालै काम थाल्ने पनि सहमति भएको छ । 

ब्यबसायीको आन्दोलन फिर्तापछि आज बिहानैदेखि राजधानीका सडकमा चहलपहल सुरु भएको छ भने देशभरको यातायात सुचारु भएको छ । 

सुस्ता फेरी आज मिचियो

भारतीयहरुको पटक पटकको अतिक्रमणबाट सिद्धिन लागेको नवलपरासी सुस्ताको करिब ५० बिघा जमिन फेरि अतिक्रमित भएको छ ।

भारतको बिहार राज्य रमपुरवाका मुखिया बिसुन देव र जलिस अन्सारीको नेतृत्वमा सयौंको संख्यामा आएका भारतीयहरुले सुस्ता गाविसको धनईया क्षेत्रको करिब ५० बिघा खेतीयोग्य जमिन आज फेरी अतिक्रमणमा परेको हो । 

उनीहरुले उक्त जमिनमा टेक्टर लगाएर खनजोत समेत गरेका छन् । २०६२ सालमा सीमा विवाद हुदा दुबै देशबीच अर्काको भूमि अतिक्रमण नगर्ने सहमति भएपछि उक्त क्षेत्र हालसम्म सुरक्षित हुदै आएको थियो । नेपालमा राजनीतिक तरलताको फाइदा उठाउदै भारतीयहरुले दुइ साताअघि मात्र सुस्ताको ४० बिघा खेतीयोग्य जमिन अतिक्रमण गरेका थिए भने त्यसअघि पटकपटक गरी करिब १४ हजार हेक्टर जमिन अतिक्रमण गरी कब्जा गरेका छन् । 

नेपाली भूमि यसरी अतिक्रमण र कब्जा भैरहदा समेत नेपाल सरकारले ठोस पहल गरेर नेपाली भूमि फिर्ता गराउन नसकेकोमा सुस्ताबासीहरु सरकारप्रति आक्रोशित छन् भने नेपाल सरकारको लाचारीपनको फाइदा भारतीयहरुले उठाउदै आएका छन् । 

यसैबीच गण्डक नहरको पानी बन्द गरेर नेपाली किसानहरुले एक महिनादेखि जारी राखेको आन्दोलनका कारण रोपाई गर्न नपाएर रुष्ट बनेका भारतीयहरुले नेपालीमाथि भारतसंग जोडिएका ठुटीबारी,भैसालोटन,लगायतका नाकामा ज्यादती गरिरहेका छन् । भारतीयहरुले नेपालीलाई आवतजावत गर्न,किनमेल र बजार गर्नबाट बञ्चित गराउनुका साथै कुटपिट समेत गर्न थालेको स्थानीय नेपालीहरुले गुनासो गरेका छन् ।

Sunday, June 22, 2008

बेल्जियममा नेपाल फेस्टिबल २००८

नेपाली दूतावास बेल्जियम र बेल्जियमस्थित बिभिन्न सँघसंस्थाको आयोजनामा बेल्जियममा नेपाल फेस्टिवलको आयोजना गरिएको छ । रबिन्द्रमान श्रेष्ठको संयोजकत्वमा आयोजित फेस्टिबल जुन २१ मा सुरु गरिएको थियो । 

प्रेसिडेन्ट अफ डिस्ट्रिक्ट काउन्सलर 'बर्गरहाउत' बाट पानसमा बत्ति बाली उदघाटन गरिएको कार्यक्रममा महामहिम राजदूत प्रबेश हमालले शुभकामनाका साथै "नेपालमा पर्यटन बिकासका लागि नेपाल फेस्टिबल" को बारेमा प्रकाश पार्नु भएको थियो। सो अवसरमा आकर्षक नेपाली भेषभुषाको प्रदर्शनी गर्दै बेल्जियम र नेपालको राष्ट्रीयगान पनि गाइएको थियो। नेपालमा पर्यटनको बिकासका लागि बनाइएको वृत्तचित्र माथि दूतावासका प्रथम सचिव दूर्गा भण्डारीले प्रकाश पार्नुभएको थियो।

नायिका बर्षा खड्काद्वारा दोस्रो चरणमा नृत्य प्रदर्शन गरिएको थियो भने निर्माता अमृत लामाको चलचित्र झाँक्रीको पनि प्रदर्शन गरिएको थियो। साँस्कृतिक कार्यक्रमका रूपमा स्थानीय कलाकारहरुको नृत्य तथा गायनले दर्शकलाई नचाउन सफल भएको थियो । त्यसै गरी नेपाली बाद्यबादनका सामानहरुको परिचयका साथै नेपाली मौलिक धूनहरु प्रस्तुत गर्नुले कार्यक्रमले अझै रौनकता पाएको थियो ।

उल्लेखनीय रूपमा बेल्जिक तथा नेपालीहरुको उत्साहजनक उपस्थिती रहेको सो नेपाल फेस्टिवलमा बिभिन्न नेपाली सँघसंस्था ,नेपाली दूतावास ,ट्राभल एजेन्ट लगायत बेल्जिक सँघसंस्थाहरुले पनि नेपालीपन झल्कने स्टल लगाएका थिए। नेपाली परिकारका बिभिन्न खानेकुराहरु तथा पेय पदार्थ,नेपाली कपडा अनि गरगहना सो कार्यक्रमको आकर्षण थियो। यो कार्यक्रम शनिबार २१ जुन र २२ जुन आइतबार दूइ दिन चल्ने कुरा आयोजकहरुले बताएकाछन् ।

विकट गाउँमा वायरलेस इन्टरनेट सेवा

उत्तरी म्याग्दीको विकट बेग गाविसको महादेव माविमा वायरलेस इन्टरनेट सेवा सुरु भएको छ । सन् २००७ को रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित महावीर पुनको प्रयासमा सो सेवा सुरु भएको हो । 


म्याग्दीका उत्तरी भेगका पाँच वटा विकट गाविसमा यसअघि नै वायरलेस इन्टरनेट सेवा सुरु भइसकेका थिए । इन्टरनेटको सुविधाले गर्दा म्याग्दीको ग्रामीण भेगका मानिसले पनि तुरुन्तै देश विदेशका समाचारहरू थाहा पाउन र विदेशमा रहेका आफन्तहरूसँग कुराकानी गर्न पाएका छन् । वायरलेस प्रविधिमार्फत इन्टरनेट सेवा गाउँगाउँमा पुगेको म्याग्दी पहिलो जिल्ला हो । यहाँका उत्तरी भेगका अधिकांश गाउँमा वायरलेस इन्टरनेट सेवा उपलब्ध छ ।

झापामा जनअदालत सञ्चालन भएको खुलासा


कानुनी राज्यको वर्खिलाप गर्दै संघीय लिम्बुवान राज्य परिषद र वाइसीएलले झापामा जनअदालत सञ्चालन गरिरहेको रहस्य खुलेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध परिषद र वाइसीएलले जनअदालत द्धारा न्यायिक फैसला गरिरहेको दाबी गर्छन । परिषदका केन्द्रीय सदस्य थाङ्साङ् लावती भन्छन् -"हामी अरु तिर मिल्न नसकेका मुद्दा हेछौं ।" उनी थप्छन् "ज्यान मुद्दा देखि लिएर सामान्य झगडा, लेनदेन सम्मका मुद्दा हेर्ने गछौं ।" आफ्नो निसाफ निष्पक्ष रहने उहाको दाबी छ । 

लिम्बुवान मात्र होइन चुनाव पछाडि सबैभन्दा ठूलो दल माओवादीको भातृ संगठन वाइसीएलले न्यायका लागि अघोषित रुपमा जनअदालत सञ्चालन गरीरहेको सोतको दाबी छ । 

सो संगठनले बैदेशिक रोजगारीका क्रममा ठगीएका युवाहरुलाई न्याय दिलाउन भन्दै मेनपावरको ठगी विरुद्ध अभियान चलाइरहेको स्रोतले बताएको छ । यता संगठनका क्षेत्रिय इन्चार्ज प्रशान्त भने सो अभियान अन्तर्गत पिडितको उजुरीका आधारमा प्रशासनको सहयोगमा न्याय दिने तर्क राख्छन् । तर लेनदेन, जग्गा विवाद लगायतका मुद्दा हेर्ने गरेको स्रोतको दाबी छ । माओवादी नेतृत्वले जनअदालत भङ्ग गरेको भने पनि कार्यकर्तालाई यसको धङधङगे नछोडेको बुझिएको छ । 

कानुनी राज्यको कनुनी आदेशमा चल्ने सर्वसाधारण जनताले यस किसिमको प्रवृत्तिबाट के बुफ्ने ? नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष विष्णु सुब्बा भने यस्तो गतिविधिले विधिको शासनको ठाडो उपहास गरेको बताउँनु हुन्छ । 


Friday, June 20, 2008

प्रहरीले १५ जना ठगीमाथी मुद्दा चलायो

गैरकानुनी रुपमा मेनपावर सञ्चालन गरेका १५ जनामाथी प्रहरीले ठगी मुद्दा चलाएको छ । 

झापाको दमकमा विना इजाजत चलाएका ८ वटा मेनपावर कम्पनीका १५ जनालाई प्रहरीले छपामारी पक्राउ गरेको हो । गैरकानुनी रुपमा विदेश पठाउने कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले छापामार्न आदेश दिदा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

यसरी पक्राउ पर्ने मेनपावर कम्पनीहरु द्यमक आसपासमा आफ्नो कार्य चलाउँदै आएको प्रहरीको दाबी छ । पक्राउ पर्नेहरुमा एइआइएसइ प्रालीका सञ्चालक अरुण काफ्ले, रुवेल ओभरसीजका देउकुमार लिम्बू, खगेन्द्र गौतम, प्रेम श्रेष्ठ, हर्क घिसिङ र दुर्गा चेम्जोङ रहेका छन् ।

त्यसैगरी सिवाकोटी ओभरसिजका लोकनाथ प्रसाई, र्‍यापीड ओभरसीजका कमल दर्लामी र हेमराज दर्लामी, फक्तालुङ ओभरसिजका सुनिल थेबे, बज्र हुमन रिसोर्स प्रालीका निर्मला शर्मा र नारायण योङहा, युके कन्सलटेन्सी प्रालीका उमाकान्त न्यौपाने र चुलाचुली कन्सलटेन्सीका सन्तोस बुढाथोकी र आइताङ सुब्बा रहेका छन् । 

निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्र नाथ भट्टराईले दिएको जानकारी अनुसार झापाका विभिन्न स्थानहरुमा अबैध रुपमा चलाइएको मेनपावर कम्पनीका ५० भन्दा बढी सञ्चालनकहरुलाई नियन्त्रणमा लिएको बताउनु भयो । प्रशासनले दमक र विर्तामोडमा दुइ दिन यता छापामारी ५० भन्दा बढी सञ्चालकलाई नियन्त्रणमा लिएको बताएको छ ।

झापामा बैदेशिक रोजगार ऐन २०६४ अनुसार दुइ वटा मात्र मेनपावर कम्पनीले इजाजत लिएका छन् । यसरी इजाजत पाउनेहरुमा अन्जली ओभरसीज र ग्लोबल प्लेसमेन्ट मात्र रहेका छन् । झापामा ५ दर्जन भन्दा बढी अबैध मेनपावर सञ्चालनमा आएको प्रहरीको दावी छ । 

Thursday, June 19, 2008

३ चुटकिला

औलाको खेल

तीन जना मानिसहरु आफ्नो जाँचको भविष्यको बारेमा सोध्न ज्योतिषीकहाँ पुगे । ज्योतिषीले केही पनि भनेनन्, बरु तीन जनाकै प्रश्नपछि आफ्नो औला उठाए ।


जाँचको रिजल्ट जब निस्क्यो तीन जनामध्ये एक जना पास भएका रहेछन् । ज्योतिषीको नाम चर्चित भयो । एक जना केटाले उनीसँग उनको सफलताको रहस्य सोध्यो ।

'रहस्य के हो भने म केही कोल्दिनँ ।' उसको जवाफले केटालाई केही बुझाउन सकेन ।

अनि ज्योतिषीले आफ्नो भनाइ जारी राखे, 'तिमीले मैले एउटा औँला उठाएको देख्यौ हगि ? यसको अर्थ तीन जनामा एक जना पास भन्ने हुन सक्थ्यो । त्यस्तै भइदिएर मेरो जवाफ साँचो भइदियो । यदि दुई जना पास भएको भए पनि मेरो भविष्यवाणी ठीक हुन्थ्यो, एउटा औँलाको अर्थ एक जना फेल भन्ने हुनसक्थ्यो । यदि तीन जनै पास भएको भए एउटा औँलाको आर्थ तीनै जना अर्थात सम्पूर्ण पास भन्ने हुनसक्थ्यो । यसरी जताबाट पनि मेरो कुरा ठीक हुने थियो ।'

जमेको कुराकानी


उत्तरतिरबाट आएको एक जना यात्रीले आफ्नो देशका कति जाडो छ भनी धक्कु लगायो, 'मध्यजाडोमा यति जाडो हुन्छ कि हामी खानेकुरा खानै गाह्रो हुन्छ । चपस्टिकहरु (चिनियाहरुले खाना खाँदा खानेकुरा मुखमा हाल्न मद्दत गर्ने दुई मसिना घोचाहरु) त टेबुललमै टाँसिन्छन् । थाहा छ ? तिनीहरु जमेका हुन्छन् ।'

'बाफ रे !'

'र हामी अरुले भनेको कुराहरु पनि विरलै सुन्छौ, किनभने बोलेका शब्दहरु कानमा पस्नुअघि भित्तामा जम्छन् ।'

'ओहो यार ! त्यसो भए त तपाईकहाँ ग्रीष्म ऋतुमा त एकदमै भयानक हल्लीखल्ली हुन्छ होला । ती बोलेका शब्दहरु पग्लन्छन् होला नि, हैन ?'

जस्तोलाई त्यस्तै

एक जना जमिनदार थियो । ती जमिनदारकहाँ एक जना किसानले एउटा सेकेको कुखुरा र एक शीशी फलफूलको रस ल्याइदियो । जमिनदारले आफ्नो नोकरलाई बोलाएर किसानको उपहार घरमा लगिदिन अह्रायो । नोकर ज्यादै चङ्ग भएको थाहा पाएर उसले नोकरलाई एक शीशी विष र एउटा जिउँदो चरा भएको कुरा भन्यो । बाटोमा ती खोलेर नहेर्नु समेत भन्यो । जिउँदो चरा उड्न सक्थ्यो र विषको गन्ध मात्रले पनि मान्छे मर्न सक्छ ।

नोकरले मालिकले भनेको कुराको भेउ पाइहाल्यो र एउटा एकान्त कुनातिर लगेर सेकेको कुखुरा खायो, स्वादिलो जुस पियो एक थोपा पनि बाँकी नरहने गरी ।

बिहानको खाना खाने समयमा जमिनदार भर गयो र आफ्नी स्वास्नीलाई खान ल्याउन अह्रायो । स्वास्नीले खाना पाकिनसकेको कुनाले कुर्नको निम्ति भनी । जमिनदारले त्यो उपहारको बारेमा सोचेर नोकरको हातमा पठाएको कुखुरो र जुसले पनि पुगिहाल्छ नि भन्यो । स्वास्नीचाहिँले नोकर त बिहानै देखा परेको छैन भनेपछि ऊ छक्क पर्‍यो र रिसायो पनि ।

अलिकति पनि समय बर्बाद नगरी तुरुन्तै जमिनदार आफ्नो काम गर्ने ठाउँमा पुग्यो, त्यहाँ नोकर त मस्त निद्रामा पो थियो । ऊ चिच्यायो र लात्तीले हान्दै केटालाई उठायो । अनि रिसले आगो भई उसले किसानको उपहारको बारेमा साध्यो ।

केटोले भन्यो, 'ओहो मालिक बाटोमा ठूलो आँधि आयो र छोपिराखेको कपडा उघारेपटि चरो त उड्यो र बेपत्ता भयो । हजुरले अब रिसाएर सजाय दिनुहुन्छ भन्ने डरले मैले झटपट शीशीभित्र राखेको विष पिएँ । र, अब म यहाँ पल्टेर मृत्युलाई कुरेर बसिरहेको छु ।'

Wednesday, June 18, 2008

विद्यार्थी जुलुस

किताव छैन, अव आन्दोलन गरेरै भए पनि किताव त पाउनै पर्यो नि । 

किताव नपाएको झोंकमा सामुदायिक विद्यालयका विद्यार्थीहरुले आज दमक चोकमा निकालेको जुलुसका केही दृष्य






Tuesday, June 17, 2008

जनआन्दोलन २ का प्रथम घाइतेद्वारा इन्सेकसमक्ष उपचारको लागि पहल गरिदिन आग्रह

दाङ । धर्ना-४ धर्नाका ५० वर्षीय कृष्णगिरीले इन्सेक समक्ष ०६५ असार २ गते एक निवेदन दिई आफ्नो थप औषघि अपचारको लागि आवश्यक पहल गरिदिन अनुरोध गरेका छन् । 

 
०६२ माघ २६ गते कथित नगरपालिका निर्वाचन बहिष्कारको  क्रममा  सातदलद्वारा  निकालिएको जुलुसमा सहभागी भएको अवस्थामा तत्कालीन शाही नेपाली सेनाद्वारा चलाईएको गोली लागी उनी घाईते भएका थिए भने सोही समयमा उमेशचन्द्र थापाको मूत्यू भएको थियो । पीडित गिरीले दायाँ खुट्टा नखुम्चिने अवस्थामा रहेको बायाँ खुट्टाको गोलीगाँठा नेरको भागमा अहिलेसम्म सातओटा गोलीका टुक्रा रहेको बताउँदै अत्यन्त कष्टकर जीवन जिउन बाध्य भएको जनाएका छन् । 

 

पीडितले निवेदनमा खुट्टासुक्दै जान थालेकोले अत्यन्त पीडा भैरहने भन्दै आवश्यक औषधि उपचारमा पहल गरी दिई सहयोग गर्न अनुरोध गरेका छन् ।


Sunday, June 15, 2008

नारायणीहिटी संग्रहालय


नारायणीहिटी दरवार संग्रहालय

Friday, June 13, 2008

गुराँसको राजधानी

द्धन्द समाप्तीसँगै गुराँसको राजधानी मानिने तीनजुरे मिल्के जलजले क्षेत्रमा होटल व्यवसाय फष्टाएको छ । जनयुद्धका बेला बिस्थापित कतिपय व्यवसायी पुन पेशामा फर्केका छन् ।
विशेषत तेह्रथुमको बशन्तपुरबाट संखुवासभाको चौकी, मंगलवारे,गुफा हुदैं ताप्लेजुङको दोभान निस्कीएर कन्चनजंघा हिमालको आधार शिविर पुगिने ट्रे्किङ रुटमा होटल व्यवसायले पुन गति लिएको हो ।
जनयुद्ध सँगै ०५७ साल पछि त्यो रुटका अधिकांश होटलहरु बन्द थिए । कतिपयले पेशा नै परिर्वतन गर्न परेको थियो । तीनजुरे मिल्के जलजले होटल व्यवसायी संघ बशन्तपुरका अध्यक्ष छिरिङ भुटियाले शान्ति स्थापनासँगै पर्यटकको संख्या क्रमश बढ्न थालेकोले व्यवसाय फष्टाउँदै गएको बताए । र्"पर्यटक आउन थालेपछि राम्रो हुदैं छ , व्यवसाय छाडेकाहरु प्ानि फर्केका छन्"उनले भने ।



संघमा आबद्ध बशन्तपुर, मुढे, मंगलवारे,गुफा र जिरिखिम्तीका व्यवसायीले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन पहल गर्न पर्यटन बोर्डलाई समेत आग्ह गरेका छन् । द्धन्द अघि त्यस रुटमा दैनिक तीनसय जति पर्यटक आउने गरेकोमा पछि ठप्प भएको भुटियाले बताए । यहि कारण धेरैले व्यवसाय नै छाडे-भुटिया भन्छन् ।
संखुवासभा नुनढाकी स्थित गुफापोखरीका फुजुङ लामाको आम्दानीको स्रोत होटल व्यवसाय नै हो । तीन हजार मिटर उचाइमा अवस्थित गुफापोखरी नजिक उनले याक होटल खोलेर बसेका छन् । परिवारका सबै सदस्य त्यही व्यवसायमा आबद्ध छन् । छोरीले होटल व्यवस्थापन सम्बन्धि तालिम लिएपछि व्यवसाय गर्न थप सहज भएको उनको भनाई छ । अहिले पर्यटक आउन शुरु गरेपछि सहज भयो, एकताका त होटल नै बिक्री गर्ने सोच बनाएको थिएँ । हिजोआज गुफापोखरी क्षेत्रमा दैनिक पचास जना जति पर्यटक आउने गरेको बताउँदै उनले भने-कतिपयले रात नै यही विताउने गरेका छन् । पर्यटनको संभावन फेरि बढेको छ ।




त्यही ठाउँकी निशा डोल्माको होटलपनि राम्रैगरि चलेको छ । पाहुना आउन थालेपछि बन्द रहेको होटल फेरि चलाउन थालेकी हुँ-उनले भनिन । गुफापोखरी प्राथमिक विद्यालयका शिक्षक पासाङ शर्ेपा बाहै्र महिना त्यो क्षेत्रमा पर्यटक भित्राउन सरकारले विशेष कार्यक्रम नै संचालन गर्नुपर्ने सुझाव दिन्छन् ।
बाटोघाटो र यातायातको असुविधाले गर्दा चाहे जति पर्यटक आउन सकेका छ्रैनन्-उनले भने गुराँसका लागि प्रख्यात यो ठाउँको विकासमा राज्यले चासो दिनपर्छ । गुफापोखरीका अधिकांश बासिन्दाको आय स्रोत भनेको होटल व्यवसाय नै हो । त्यहाँ एक दर्जन साना ठुला होटल संचालनमा छन् ।


विश्व संरक्षण संस्था-आइयुसिएन) का फिल्ड सुपरभाईजर मिन दाहाल बशन्तपुर मुढेशनिश्चरे चैनपुर खाँदवारी र मकालु बरुण आयोजना क्षेत्र सम्म ट्रेकिङको संम्भावना रहेको बताउँदै भन्छन्-यी स्थानकमा पर्यटक भित्राउन सके स्थानियको जीवन स्तर सुधार गर्नपनि सहयोग मिल्छ । तीनजुरे मिल्के जलजले क्षेत्रलाई स्थानियवासीले संरक्षित क्षेत्रको रुपमा विकास गर्न सरकारसँग माग गर्दै आएका छन् । तीनजुरे डाँडा, गिद्धेभिर, चौकी, लामपोखरी,सानो पाथिभरा मन्दीर,गुफापोखरी पर्यटकिय दृष्टिले संभावना बोकेका स्थानहरु भएको दाहल बताउँछन् ।





Thursday, June 12, 2008

संगम स्वीटमा पैसा हरायो

संगम स्वीटमा खाना खान आएका मानिसहरुको पैसा एकै क्षणमा गायव भएछ आज । पैसा पनि थोरै हो र .... एक लाख सत्तरी हजार रे । नेपाल बैंक लिमिटेड दमक शाखाबाट पैसा झिकेर दिउसो दुइ बजेतिर खाजा खान संगम स्वीट्स पसेका त्रिवेणी सामुदायिक वन, बाँझो, इलामका कोषाध्यक्ष धन बहादुर र्राई र सदस्य वदकसिंहले होटलको टेवलमा राखेको एकै क्षणमा पैसा राखेको व्याग गायव भएछ । पैसा हराएको उजुरी इलाका प्रहरी कार्यालयमा गराएपछि प्रहरीले त्यही होटलमा काम गर्ने एकजना कामदारलाई प्रहरी कार्यालमा झिकाएर सोधपुछ गर्दै रहेछ । हेरौं हाम्रा प्रहरीहरु कत्तिको सफल हुने हुन् चोर र पैसा फेला पार्न ।

सत्ता बाँडफाँटमा विवाद राजनीतिक सहमतिविरूद्ध अभ्यास

 
राष्ट्रपति को हुने र कसलाई बनाउने भन्ने विवाद अहिले उत्कर्षमा पुगेको छ। केही नामलाई सार्वजनिक बहसमा ल्याउन मूलढोकाको साटो झ्यालको उपयोग गरिंदैछ। यस समय राष्ट्रपति पदका लागि चर्चित नाममध्ये गिरिजाप्रसाद कोइराला, रामराजाप्रसाद सिंह, डा. देवेन्द्रराज पाण्डे, पद्मरत्न तुलाधर, सहाना प्रधान र चर्चामा नल्याई चर्चा गरिनुहुनेमा पूर्वप्रधानन्यायाधीश विश्‍वनाथ उपाध्याय हुनुहुन्छ। ब्लग बहसकै कुरा गर्ने हो भने कृष्ण पहाडीको नाम पनि पर्याप्त चलिरहेछ तर पहाडी र पाण्डेहरूले तत्काल विगतमा सम्पन्न सफल जनआन्दोलनको ज्वारभाटा पैदा गर्ने क्रममा नै भविष्यमा कुनै पनि नियुक्ति नखाने र पदमा नजाने वचन जनतालाई दिइसकेका छन्। उनीहरूले कुनै पनि पदमा नगई सदा खबरदारीमात्र गर्ने भनेपछि जनता आन्दोलनमा माहुरीको गोलो खनिएझैं सडकमा ओर्लिएका थिए। यस कुरालाई कृष्ण पहाडीले आज पनि निष्ठाका साथ उठाइरहेको पाइएको छ। पाण्डेले पनि कुनै पदका लागि अनुनय गरेको सुनिएको छैन यधपि पहाडी र पाण्डेजस्ता व्यक्ति राजनीतिक दलहरूका लागि किन पनि पाच्य हुन सक्दैनन् भने उनीहरू दलहरूका नाजायज र अविवेकहरूका मौनसाक्षी बन्न चाहँदैनन्। नेता अथवा दलहरूले गरेका अपकृत्यहरूको समेत प्रशंसा गर्ने र अपराधलाई समेत ढाकछोप गर्न नसक्ने कोही पनि दलहरूका लागि मान्य र उपयुक्त हुनसक्दैन। नेपालजस्तो अविकसित र पछौटे सोच भएका नेताहरूको कब्जामा रहेका पार्टीहरूमा त विवेक र वास्तविकता खोज्नु आफैं एउटा नाजायज मूर्खता हुनेछ। जतिसुकै अग्रगामी सोच भएको दाबी गर्ने माओवादीसमेत यस्तै परम्परागत रोगबाट ग्रस्त छ। राष्ट्रपति पदका लागि माओवादीले नै ज्यादा बहस चलाइरहेछ। यस दलका अध्यक्ष प्रचण्डलाई राष्ट्रपतिका रूपमा प्रचारितमात्र गरेन, सक्रिय राष्ट्रपतिको बहससमेत चलाउन पुग्यो। राष्ट्रको परिस्थिति नबुझीकन या भनौं बुझ पचाउँदै माओवादीले यस अडानलाई केही दिनसम्म आफ्नो प्रतिष्ठाको मुख्य विषय बनाइरहयो। त्यसपछि नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालामा बहस केन्द्रित हुन पुग्यो तर सत्ताको लेनदेनमा सायद कुरा मिल्न नसकेपछि नयाँ कार्ड फ्याँकिएको छ। माओवादी नेताहरूले दिएको जानकारीलाई भर गर्ने हो भने कांग्रेसका नेताहरूबाट प्रधानमन्त्री कोइरालालाई राष्ट्रपति बनाउन माओवादीसमक्ष धेरैपटक आग्रह भइसकेको छ तर कुनै पनि हालतमा उसलाई यो आग्रह मान्य हुनसक्दैन। कांग्रेसका तर्फबाट यस विषयमा कुनै पनि प्रतिक्रिया सार्वजनिक भएको छैन। त्यस पार्टीको मौनता आफैं यौटा रहस्य र सन्देहको कारण बनिरहेको छ। यदि उनीहरूले नेपाली कांग्रेस र खासगरी कोइरालाका लागि राष्ट्रप्रमुख पदको अडान राख्दैछन् भने त्यसलाई औपचारिक बहसमा ल्याउन सक्नुपर्ने थियो। पार्टीका निम्ति कुनै दाबी छ भने त्यसलाई पनि सार्वजनिक रूपमा प्रस्तुत गर्ने हिम्मत गर्नुपर्छ। नेकपा (एमाले) ले पनि माओवादी अध्यक्षसँग खुसुक्क आफ्ना लागि राष्ट्रप्रमुख पदको याचना गरेको चर्चा चलेको थियो। त्यो चर्चा समयक्रममा सेलाएको छ। यता राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफूबाहेक अरू कसैलाई पनि दान नगर्ने भनी केही दिनसम्म चरित चर्चामा संलग्न माओवादी केही लचिलो र दयालु भएझै गरी ठूला पार्टीबाट राष्ट्रप्रमुख नदिने प्रस्ताव अघि सार्न पुगेको छ तर पछिल्लोपटक राष्ट्रपतिका लागि माओवादीले सार्वजनिक गराएका नाममा एमालेनेत्री सहाना प्रधानको नाम समावेश गरेर ठूला पार्टीलाई नमान्ने सर्त पनि परित्याग गरेको देखाएको छ। तैपनि क्रमश: परिस्थिति सहमतिअसहमति हुँदै सहमतिविरूद्ध राजनीतिक अभ्यासका रूपमा देखिन लागेको छ। असहमतिको राजनीतिलाई आफ्ना पक्षमा जनसमर्थन लिने एक उपयुक्त बहनाका रूपमा माओवादीले लिएको प्रतीत हुँदैछ भने अरू दल खासगरी कांग्रेस र एमालेले परिस्थिति आफूअनुकूल बनाउन सकिन्छ कि भन्ने रणनीतिका रूपमा असहमतिको धराप थापिरहेको लाग्दैछ यधपि संविधान संशोधनका मुद्दामा यी ठूला दलहरू एका ठाउँ जुटिसकेका छन्। सत्ताको बाँडफाँटमा मात्र किचलो हुँदैछ। सामान्य अवस्थामा यस्तो किचलो जायज मानिन पनि सक्छ तर अहिलेको अवस्था सजिलो छैन। सहमतिको राजनीतिलाई निरन्तरता दिने कि आफूखुसी चल्ने भन्ने निर्णय गर्नुपर्दछ। त्यसपछि ठूला दलहरू कम्तीमा पनि माओवादी, कंाग्रेस र एमालेले राष्ट्रपति पदमा निश्‍िचत आधार निर्माण गरी राजनीतिक व्यक्तिबाट राष्ट्रपति बनाउने कि गैरराजनीतिक क्षेत्रबाट बनाउने, साना दलबाट बनाउने कि ठूला दलबाट लिने, कुन र कस्तो योग्यता भएको, महिला कि पुरूष, दलित, जनजाति, भूविकटताले पछाडि परेको क्षेत्र कि अन्य क्षेत्रबाट बनाउनेजस्ता प्रश्‍नको टुंगो लगाएपछि मात्र राष्ट्रपतिका लागि नाम चर्चामा ल्याउनुपर्ने थियो। त्यसपूर्व राष्ट्रपति चयन गर्ने विधि के र कस्तो हुने, आमनागरिकले सीधै राष्ट्रपति पदमा उम्मेदवारी दिन पाउने कि नपाउने, संविधानसभाले सोझै मनोनयन गर्ने हो भने पनि आधिकारिक प्रस्तावक को र कसरी हुने, सभासद्बाटै नाम चयन गर्नुपर्ने कि बाहिरबाट पनि प्रस्ताव गर्न सकिने हो, प्रस्ताव गर्दाका आधार के हुनसक्छन् र राष्ट्रपतिको योग्यता, उसले गरेको योगदान र उसको आचरणका मापक केकस्तो हुनुपर्छ भन्ने कुराको कुनै छिनोफानो भएको छैन। अकस्मात र नाटकीय शैलीमा मूल ढोका बन्द गरी झ्यालबाट केही व्यक्तिका नाम उराल्ने र व्यक्तिलाई अनावश्‍यक विवाद र बहसमा ल्याउने अनि उसको रहेसहेको मानमर्दन गर्ने काम राजनीतिक नेतृत्वले गरिरहेको छ। यसबाट राष्ट्रप्रमुखको गरिमाको समेत प्रकारान्तरले उपहास भइरहेको छ। माओवादीले सार्वजनिक रूपमा प्रकारान्तरले प्रक्षेपण गरेका नाम हुन् कि भित्रभित्रै कांग्रेसले प्रस्तुत गरेका गिरिजाप्रसाद हुन् राष्ट्रपति बन्न योग्य छन्। अरू धेरै नागरिक राष्ट्रपतिका लागि ती नामबाहेक कम योग्य छैनन्। कामका सन्दर्भमा देश बाहिर रहेका अरू कतिपय व्यक्ति बढी योग्य पनि हुनसक्छन्। उनीहरूले राजनीति नै गरेको हुनुपर्छ भन्ने छैन तर आजको नेपालको सन्दर्भमा राजनीतिक सन्तुलन र सहकार्यको संस्कृति अघि बढाउन पनि राजनीतिक व्यक्ति मात्र नभएर ठूलो दलबाटै राष्ट्रप्रमुख हुनु जरूरी छ। त्यसो नभए औपचारिकमात्र होइन, त्यो राष्ट्रप्रमुख सरकारको नेतृत्व गर्ने पार्टीको यौटा लाचार कठपुतलीमात्र साबित हुनेछ। यतिखेर सत्ताको साँचो लिन व्यग्र माओवादी त्यस्तै अनेक बहानामा यौटा कठपुतलीको कल्पना गरिरहेको छ। अरू दल किंकर्तव्यविमूढको स्थितिमा छन् भने राष्ट्रिय शक्तिका रूपमा स्थापित चौथो ठूलो दल मधेसी जनअधिकार फोरम र पाँचौं ठूलो शक्ति तराईमधेस लोकतान्त्रिक पार्टी पनि ठूला दलकै चाकाचुलीको आनन्द उठाउन व्यस्त छन्, जसकारण राजनीति असहमतिको दीर्घकालीन भासमा जाने खतरा देखिएको छ।

Wednesday, June 11, 2008

पूर्व राजाद्वारा सम्बोधन

नारायणहिटी छाडेर नागार्जुन जानुअघि पूर्व राजा ज्ञानेन्द्रले पत्रकारहरुबीच दरवार हत्याकाण्डमा आफ्नो संलग्नता नरहेको र बिदेशमा पैसा नराखेको स्पष्टिकरण दिए भने मुलुकमै बसेर देशको राष्ट्रियता, अखण्डता र शान्तिको पक्षमा सधै लागिरहने बताउदै भविष्यमा राजनीतिमा आउन चाहेको संकेत दिए ।

पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी छाडेर नागार्जुन दरवार जानुअघि बृहत पत्रकार सम्मेलनमार्फत आगामी दिनमा मुलुकमै बसेर मात्रृभूमिको शान्ति र उन्नतीमा योगदान पुर्‍याउन चाहेको बताएका छन् । जेठ २९ गते साढे पाँच बजे नारायणहिटीको काश्की बैठकमा सुरु भएको १५ मिनेट लामो पत्रकार सम्मेलनमा पूर्व राजाले नेपाली जनताको हित र चाहनामा सधै चल्ने राजपरम्परा अनुसार संविधानसभाको परिणाम र जेठ १५ गते संविधानसभा बैठकको निर्णयलाई सहज बनाउन सहयोगी भूमिका निर्वाह गरेको उल्लेख गरे । करिव २०० पत्रकारबीच सम्बोधन गर्दै पूर्व राजाले आफ्ना पूर्वजहरुले कल्पना र निर्माण गरेको मुलुकको स्वतन्त्रता र अखण्डताकालागि जुनसुकै अवस्थामा समर्पित हुने पनि बताए ।
पत्रकारहरुको प्रश्नको उत्तर नदिइएको पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले २०५८ जेठ १९ गते भएको दरवार हत्याकाण्डमा आफू निर्दोष रहेको र त्यसमा आफूलाई बदनाम गराउने प्रयत्नबिरुद्ध त्यसबेला राष्ट्राध्यक्ष रहेका कारण केही गर्न नसकेको धारणा राखे । लिखित बक्तब्यमा उनले त्यसबेला आफ्नी श्रीमति कोमललाई फोक्सोमा गोली लागेको तथा अहिले पनि गोलीका टुक्रा फोक्सोमै रहेको खुलाए । उक्त दुर्घटनामा आफूलाई बदनाम गराउनुलाई पूर्व राजाले दुर्भावना फैलाउने रणनीति भएको दावी गरे ।

सम्बोधनको अन्त्यतिर निकै भावुक देखिएका पूर्व राजाले आफूले बिदेशमा सम्पति राखेको प्रचार भएको उल्लेख गर्दै बिदेशमा चल/अचल सम्पति नराखेको स्पष्टिकरण दिए । राजपरिवारका कुनै सदस्यको सम्पतिको हक नखोसेको पनि उनको स्पष्टिकरण थियो । सम्बोधनमा उनले पूर्वजहरुबाट आफूले पाएको सम्पति नमासेको तथा संरक्षण गरेको पनि उल्लेख गरे । अन्य नेपालीले जस्तै आफूले पनि सम्पति राख्न पाउने हक पाउने पनि पूर्व राजा ज्ञानेन्द्रले सम्बोधनमा आशा ब्यक्त गरे ।

सम्बोधनको अन्त्यमा पूर्व राजाले परम्परागत शाह बंशीयको बिरासत श्रीपेच र राजदण्ड सुरक्षित राख्नेगरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको पनि उल्लेख गरे । करिब ८० जना अटने हलमा कोचिएर बसेका पत्रकारहरुको होहल्लाबीच पूर्व राजाले आफ्नो शाषनकालको ७ वर्षमा सहयोग गर्ने सबै क्षेत्रलाई धन्यबाद दिए ।

Tuesday, June 10, 2008

रमाइलो फोटो

टीम त गतिलै जस्तो छ, गेम चाहिँ जित्ने हुन् कि हार्ने हुन् कुन्नी ।





Monday, June 9, 2008

सामुदायिक बनमा मानव निर्मित ताल

 

भरतपुर नगरपालिका- १२ का स्थानीय बासिन्दाले घरपालुवा पशुपक्षीलाई होइन, जंगलमा स्वतन्त्रतापूर्वक विचरण गर्ने जंगली जनावरलाई पानी खान दिने एउटा ताल बनाएका छन्। मानवबस्तीबाट डेढदेखि दुई किलोमिटर पूर्वतर्फको बरण्डाभार जंगल क्षेत्रमा रामबेल सामुदायिक बन उपभोक्त ा समितिले बनाएको सो ताल हो 'रामवेल राइनो ताल'। चितवन राष्ट्रिय निकुञ्जबाट महाभारत पर्वत शंृखलासम्म जोडिएको बरण्डाभार क्षेत्रमा गैंडा, जंगली हात्तीलगायतका जंगली जनावर आउने र नजिकको बस्तीमा पसेर खेती खाने, दुख: दिने गरेपछि जनावरलार्ई जंगली क्षेत्रमा नै भुलाउने उद्देश्‍ले यो ताल निर्माण गरिएको भए पनि पछिल्लो समयमा आएर तालले पर्यटक आकर्षण गर्न थालेको छ। यस क्षेत्रमा पर्यटक विचरणका लागि पाँचवटा डुंगा पनि राखिएको छ। 'डुंगा ल्याएपछि पर्यटक आगमनको दर हवात्तै बढ्यो', उपभोक्त ा समितिका अध्यक्ष ललित बस्नेतले बताए। शनिबारको दिन त तालमा राखिएका पाँचवटा डुंगाले पनि पर्यटकको धित मेट्न सकेको छैन। कतिपय त पालो पर्खंदापर्खंदै डुंगा चढ्न पनि पाउँदैनन्। १० जना यात्रुु क्षमताका ती डुंगामा सयर गर्नको लागि समितिलेे प्रतियात्रु १० रूपैयाँ वा प्रतिडुंगा प्रतिघन्टा ८० रूपैयाँ लिने गरेको छ। रामबेल सामुदायिक बन उपभोक्ता समिति र तराई भूपरिधि (ताल) कार्यक्रमको आर्थिक सहयोगमा २०६३ जेठ १२ गतेदेखि निर्माण सुरू गरिएको र हालसम्म निर्माणकार्य जारी रहेको हालसम्म सात लाख रूपैयाँ खर्च भइसकेको छ। तालको बाँध कमजोर भएकाले वर्षाको समयमा ताल फुट्ने हो कि भन्ने डर छ भने, हिउँदको समयमा तालमा पानी थप्न सकिने कुनै व्यवस्था छैन। हालैमात्र तालमा हुन सक्ने बढी पानी 'आउटलेट' निर्माण गर्न थालिएको छ। सुरूमा जंगली जनावरको लागि भनेर बनाइएको भए पनि पछिल्लो समयमा आएर पर्यटकीय आकर्षण बनेको उक्त ताल क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सकिएको खण्डमा दोहोरो फाइदा हुने समितिका सदस्य एवं पत्रकार गणशेखर शर्माको धारणा छ। उनी भन्छन्, अब पानी अभाव भएको समयमा भर्ने र बढी भएको समयमा फाल्ने व्यवस्था गर्न सकियो भने ताल स्थायी प्रकृतिको हुन्छ। मृगकुञ्ज मध्यवर्ती क्षेत्र उपभोक्त ा समितिका अध्यक्ष वासु ढुंगानाले ताल निर्माण गर्नुले सिमसार क्षेत्रको विकास हुने भएकाले यस्ता कामलाई सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिए। उनले राइनो ताल बनेपछि बीसहजारी ताल संरक्षणमा समेत सहयोग पुग्ने पनि बताए। तर, पर्यटक आगमनको नाममा जंगली क्षेत्रका हुन सक्ने प्रदूषणबाट भने उक्त क्षेत्रलाई बचाउनुपर्छ ढुंगानाको भनाइ छ।

फरक यत्ति हो पहिले ओडारमा बस्दथ्यौं अहिले घरमा

 

जंगली ओडारको सट्टा घरमा बस्न पाएकोमा खुसी भए पनि खेतीपाती गर्न सिँचाइको सुविधा नभएकोले राउटेहरू चिन्तित छन्। आफ्नो जीवनशैलीमा खासै फरक नपरेको उनीहरूबताउँछन्। 'पहिले ओडारमा बस्दथ्यौं, अहिले घरमा बस्छौं। अरू हाम्रो जीवनमा केही फरक आएको छैन।' राउटेका मुखिया लालसिंह राउत भन्छन्, खेतीपाती गरेर खानु भनेर सरकारले जग्गा त दियो तर सिँचाइको व्यवस्था नगरिदिँदा हामीले फेरि जंगली कन्दमूलमा भर पर्नुपरेको छ। डँडेलधुराको भित्री मदेसअन्तर्गत पर्ने आलीताल गाविस वडा नम्बर १ आम्पानीमा बसोबास गर्ने राउटेहरूको संख्या तीन सय छ। सिँचाइको अभावमा खेतीपाती राम्रो नभए पनि हरेक वर्ष भोकमरी हुने गरेको उनीहरू बताउँछन्। खेतीपातीले छ महिना मुस्किलले पुग्छ। सक्नेले किनेर बच्चा पाल्छन् नसक्नेहरू कहिले गिठा त कहिले भ्याकुर, तरूललगायतका कन्दमूलले छाक टार्ने गर्छन्। एक्काईंसौंं शताब्दीमा पनि जंगली जीवन अपनाउन बाध्य रहेका राउटेहरूलाई सरकारले वि.सं. २०३९ सालमा जंगलबाट ल्याएर घरजम गर्न आलीतालको आम्पानीको जग्गा दिएपछि विस्तारै जंगली जीवनबाट गाउँले जीवनतिर लोभिएका हुन्। सरकारले खेती गर्न जमिन पनि उपलब्ध गरायो। जंगली अवस्थाबाट गाउँले जीवनमा आइपुग्दा सुरूका दिनमा त उनीहरूको खुसीको सीमा नै रहेन। कन्दमूलभन्दा खेती गरी उब्जाएका खाधपदार्थ नै मीठो मान्न थालेको अनुभव धेरैसँग छ। राउटेहरूको संख्या बढ्दै गएपछि सरकारले उपलब्ध गराएको जग्गा र त्यसमा उब्जेका अन्नबाली उनीहरूका लागि अपुग हुन थाल्यो। 'सरकारले जग्गामात्र दिएर पुगेन। हामीलाई रोजगारीको कुनै व्यवस्था नगर्दा हामी मारमा परेका छौं। त्यसैले हाम्रो रोजगारीका विषयमा पनि सरकारले सोच्नुपर्छ।' ५२ वर्षीय उजेलीदेवी राउतले गुनासो गरिन। आम्पानीमा कक्षा ५ सम्म पढाइ हुने बीपी स्मृति प्रावि भए पनि त्यसभन्दा माथिको स्कुल छैन। त्यसैले कक्षा ५ सम्म स्कुल पढेपछि धेरैको पढाइ स्थगित हुन्छ। राउटेबस्तीमा अहिलेसम्म एसएलसीसम्म पास गरेका कोही छैनन्। ध्ान्न एकजनाले एसएलसी टेस्टसम्म पास गरेका छन्। ७० वर्षीय जितसिंह राउत भन्छन्, 'अधिकारको लागि हामी राउटेहरू राजधानी काठमाडौंसम्म पनि पुग्यौं तर आश्‍वासनबाहेक कसैले केही दिएनन्। गरिबका दिन कहिल्यै आएनन्। ' यो देशमा पहुँचवालाहरूको मात्र हालीमुहाली भइरहेकोमा राउटेहरू आक्रोशित छन्।' राजनीतिक दलका नेताहरूले सधैं पछाडि परेका जनताको लागि आफूले राजनीति गरेको भन्छन, तर व्यवहारमा त्यसो नगरेको गुनासो उनीहरूको छ। नयाँ नेपालका कुरा रेडियोमा हामीले पनि सुन्ने गर्छौं तर हामीजस्ता वर्गको वास्तै नगरी अगाडि बढेमा नयाँ नेपाल नबन्ने ५५ वर्षीय कमले राउत बताउँछन्। उनी भन्छन्, नेताहरूको जीवनशैली फेरिँदैमा देशको मुहार फेरिँदैन। जनतको मुहार फेरिनु पर्छ। हाम्रो जीवनशैलीमा खासै परिवर्तन आएको छैन। कहरे राउत भन्छन्, 'फरक यति हो पहिले ओडारमा बस्दथ्यौं अहिले घरमा बस्छौं। कन्दमूल खोज्न जंगलतिर जानुपर्ने आफ्नो बाध्यतालाई कसैले नसुनेकोमा उनीहरू दुखित छन्। हामीले राज्य नै त मागेका छैनौं। जीवनयापन गर्न सिँचाइको व्यवस्था गरिदिन आग्रह गरेका हौं। त्यसतिर कसैले सुनुवाइ गरेको छैन।'

Saturday, June 7, 2008

लक्ष्मी बैंकबाट लुटिएको रकम बरामद

एक महिनाअघि झापाको दमकस्थित लक्ष्मी बैंकको शाखाबाट लुटिएको रकममध्ये १३ लाख ९८ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय दमकका प्रमुख गोविन्दराज काफ्लेको नेतृत्वको प्रहरीटोलीले शुक्रबार मोरङ बयरबन- ८ स्थित मानबहादुर बोहरा र कुमार रसाइलीको घरबाट उक्त रकम बरामद गरेको हो। बोहराकोबाट ११ लाख ४८ हजार रूपैयाँ र रसाइलीकोबाट दुई लाख ५० हजार रूपैयाँ बरामद भएको काफ्लेले जानकारी दिए। घटनामा संलग्नहरू फेला पर्न नसकेको बताइए पनि प्रहरीले अनुसन्धानमा बाधा पुग्ने जनाउँदै केही खुलाएको छैन। यसअघि बैंक लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले मोरङ शनिश्‍चरेस्थित भुटानी शरणार्थी शिविरका हर्कसिंह राई, धनवीर गुरूङ र लक्षुमान गुरूङलाई पक्राउ गरिसकेको छ। उनीहरूका साथबाट सात लाख ९० हजार रूपैयाँ बरामद भएको थियो। बैंकमा पसेका नकाबधारीले ७८ लाख ९० हजार दुई रूपैयाँ लुटेका थिए। घटनाको मुख्य योजनाकार मोरङ बयरवनका भीम सुब्बा भने फरार रहेको प्रहरीले बताउँदै आएको छ।

मोबाइल गुणस्तरीय बनाउने प्रतिबद्धता

 

नेपाल टेलिकमका नवनियुक्त प्रबन्धनिर्देशक रूपक हल्डरले मोबाइल सेवा गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। टेलिकमको मोबाइल फोन गुणस्तरीय नभएको उपभोक्ताले व्यापक गुनासो गरिरहेको सन्दर्भमा बिहीबारमात्र प्रबन्धनिर्देशकमा नियुक्त भएका हल्डरले भने, 'नम्बर एक अवस्थामा रहेको टेलिकमको भविष्य मोबाइल सेवा गुणस्तरीय र उपभोक्तामुखी बनाउन सके मात्र कायम रहन सक्छ।' ग्रामीण क्षेत्रमा व्यापक सेवा विस्तार गर्ने र मोबाइल फोन उच्चगुणस्तरीय बनाउने आफ्नो प्रमुख योजना रहेको पनि उनले जानकारी दिए। नेपाल दूरसञ्चार कर्मचारी संघको पाँचौं केन्द्रीय परिषद् भेला उद्घाटन कार्यक्रममा शुक्रबार उनले सेवा गुणस्तरीय बनाउने चुनौतीलाई आफूले अवसरको रूपमा लिएको बताएका छन्। ग्रामीण क्षेत्रमा टेलिकम मोबाइलको अधिक माग छ। मागअनुसार कम्पनीले आपूर्ति गर्न सकेको छैन। कार्यक्रममा नेकपा एमालेका महासचिव झलनाथ खनालले दूरसञ्चार क्षेत्रको दीर्घकालीन विकासका लागि एकीकृत राष्ट्रिय योजना र मापदण्ड तय गर्नुपर्ने बताए। नेपाललाई 'ग्लोबल भिलेज' का रूपमा विकास गर्न नयाँ ढंगले नीति निर्माण गर्नुपर्ने उनलेे बताए। दूरसञ्चार सेवा हरेक जनताको आवश्‍यकता हो। सेवा सस्तो र सर्वसुलभ बनाउन सक्ने गरी कार्यक्रम तय गर्न पनि उनले आग्रह गरे। शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिकलगायत सबैको समान पहुँच कायम गर्न सकेमात्र नयाँ नेपालको परिकल्पना साकार पार्न सकिन्छ, उनले भने। नेपाल टेलिकम सञ्चालक समितिका सदस्य कुमारजंग कार्कीले कम्पनीले ग्राहकमुखी कार्यक्रम ल्याई जनताको विश्‍वास जित्न सक्नुपर्ने बताए। टेलिकममा चुनौती र अवसर दुवै छन्। अवसरको सदुपयोग गर्न देशभर मोबाइल सेवा विस्तार गर्न द्रुत गतिमा काम भइरहेको छ, उनले भने। नेपाल दूरसञ्चार कर्मचारी संघका अध्यक्ष गोपाल ढकालले ग्रामीण क्षेत्रमा सर्वसुलभ सेवा विस्तार गर्न कम्पनी व्यवस्थापनले विशेष ध्यान दिनुपर्ने बताए। उपभोक्तामुखी सेवा विस्तार गर्न सके कम्पनीको साख अझै बढ्नेछ, उनले भने। कर्मचारीहरूले टेलिकम कम्पनीमा परिणत गरिएको लामो समयसम्म पनि यसका दीर्घकालीन योजना र रणनीति स्पष्ट पार्न नसकेकोमा सरकारको आलोचना गरे। सर्वसाधारणमा हालसम्म जम्मा पाँच प्रतिशत सेयरमात्र बिक्री गरिएको छ। बाँकी सेयर कुन प्रक्रियामा कहिले बिक्री गर्ने भन्ने निर्कोल हालसम्म हुन सकेको छैन। पहिलो चरणको सेयर बिक्री प्रक्रिया पनि त्रुटीपूर्ण भएको कर्मचारीको गुनासो छ। टेलिकम सरकारी स्वामित्वमा सञ्चालित नाफामूलक संस्था हो। कम्पनीमा परिणत गरिए पनि सबै सेयर बिक्री भइनसकेकाले सरकारी नियन्त्रण कायम रहेको हो। टेलिकमको १५ लाखभन्दा बढी मोबाइल प्रयोगकर्ता छन्।

Thursday, June 5, 2008

बालकका घाँटीमा सर्प

सुन्दा अचम्म लाग्न सक्छ तर ताप्लेजुङमा चार दिनदेखि एक बालकलाई सर्पले बेरेर उम्कन दिएको छैन। करिब छ केजी तौल भएको सर्पले घाँटीमा फनफनी बेरेर बालकलाई नछोडेपछि शिव भगवान्को उत्पत्ति भएको भन्दै धूपअक्षता र फूलपाती बोकेर दर्शन गर्न आउने मानिसको भीड लागेको छ। फुङलिङ ४ निवासी १४ वर्षीय लासिहाङ थेवेलाई सर्पले बेरेर उम्कन नदिएको हो। चार दिनअघि सोही गाविसको मालबासे भन्ने ठाउँमा आँप खान गएका उनलाई घर फर्कंदै गर्दा निगिजुङमा सर्पले बेरेको थियो। सर्पले खुट्टाबाट बेर्न सुरू गरेपछि आत्तिएर चिच्याउँदा पनि नटोकेको लासिहाङले बताए। उनले भने, 'सँगैका साथी डराएर भागे। सर्पले टोक्छ कि भनेर डराउँदै मुख समात्न खोजेको चट्याङ परेर पानी दक्र्यो अनि केही गरिन।' त्यसपछि उनी सर्पसहित नै घर पुगे। यो खबर सुनेपछि साक्षात् शिव भगवान्को उत्पत्ति भएको भन्दै आफ्नो घरमा दैनिक करिब पाँच हजार मानिस आउने गरेको लासिहाङका बुबा हस्तबहादुर थेवेलेे बताए। सर्पले घाँटीमा बेरेर शिरतिर टाउको फर्काउने अनि बालकलाई चाट्ने तर नटोक्ने गरेको देख्दा दर्शन गर्न आउने मानिस पनि अचम्मित भएका छन्। सुनसरीको धरानबाट नातिको साथ लागेर आएकी ७१ वर्षीया जमुना पौडेलले भनिन्, 'कुरा सुन्दा अचम्म लाग्यो र आएकी, यो उमेरमा साक्षात शिव भगवान्को दर्शन पाएको अनुभव भयो।' सर्पले चार दिनदेखि गाईको दूधमात्रै खाँदै आएको छ। दर्शन गर्न आउने मानिसले चढाउन ल्याएको गाईको दूध सर्पलाई खुवाउने गरेको र आफूले पनि फलफूल र दूधमात्र खाने गरेको लासिहाङले बताए।

Wednesday, June 4, 2008

नयाँ नेपालको नितान्त नयाँ प्रस्तुती

यस्तो खालको नोट आउ अव धेरै पर्खनु पर्दैन होला हामीले यस्तो नोट हेर्न एकदमै आतुर छु तपाई नि !!!!!!!!?????

पुरानो नेपालका केही पुराना फोटोहरु























































































Tuesday, June 3, 2008

मंगलग्रह र फोनिक्स अन्तरिक्ष यान


मंगलग्रहमा फोनिक्स अन्तरिक्ष यान

मंगलग्रहको सतह

Sunday, June 1, 2008

पुष्पकमलका खरा कुरा

पुष्पकमलका खरा कुरा



अमीत ढकाल


पुष्पकमल दाहालजी, तपाईंले गत शुक्रबार टु“डिखेलबाट कान्तिपुरको नामै किटेर र्सार्वजनिक चेतावनी दिनुभएकाले यस पब्लिकेसन्समा कार्यरत पत्रकारका हैसियतले केही कुरा लेख्दैछु । तपाईंले भन्नुभएछ, 'कान्तिपुरका सम्पादकलाई मैले भनिदिएको छु, अब पनि हामीलाई खेद्नुभयो भने राम्रँे हुने छैन, किनभने जनताले हामीलाई जिताइसकेका छन् ।'
शनिबार पत्रकार महासंघको चियापानमा धेरैले हामीस“ग भने, 'तपाईंहरूलाई धम्की आयो । चिन्ताको विषय भयो । तपाईंहरूको पत्रकारितामा फरक पर्छ -' एकजनाले त अड्डी नै कसे, 'फरक परिहाल्छ नि' । सायद तपाईंलाई पनि लाग्दो हो, फरक पर्छ, पार्न सकिन्छ । नत्र किन नामै किटेर चेतावनी दिनुहुन्थ्यो, र्सार्वजनिक रूपमा ।

दाहालजी, म यहा“ तपाईंकै निवासमा बसेर हामीले गरेको कुराकानी सम्झाउन चाहन्छु । हामीले तपाईंलाई स्पष्ट रूपमा भनेका थियौं- हामी आफ्नो विवेकले देखेको लेख्छौं र हामीलाई कसैले रोक्न सक्दैन । कान्तिपुरलाई तपाईंले गाली गर्नुभएको यो पहिलोपटक होइन । नाम नकिटे पनि धेरैचोटी तपाईंले र्सार्वजनिक रूपमा 'विदेशीको पैसा खाएर ठूलो मिडिया हाम्रँेविरुद्ध प्रचार गर्दैछन्' भन्नुभएको छ । हामीले तपाईंस“गको भेटमा त्यसविरुद्ध पनि सचेत गराएका थियौं । कम्तीमा तपाईंहरू मूलधारका व्यावसायिक पत्रकारहरूलाई विदेशी वा अन्य कुनै अदृश्य शक्तिले हान्ने भकुन्डो नठान्नुस् । यसले तपाईंहरूको विश्लेषणशक्तिको अवमूल्यनमात्र गर्छ भनेका थियौं । तर तपाईंले यसलाई सुन्नु भएन जस्तो छ । त्यसैले आज धम्कीमा उत्रनुभएको छ । हाम्रा केही पाठकहरूमा चिन्ता छाएको छ, अब के हुन्छ भनेर । केही बुजु्रकहरूले त निष्कर्षनै निकालिसके- कान्तिपुरले अब देख्छ । तर हाम्रँे यात्रामा यसले केही फरक ल्याउ“दैन । त्यो अविच्छिन्न रहनेछ ।

दाहालजी, तपाईंलाई हामीले भनेका थियौं, हामी पनि तपाईंहरूभन्दा कम दुःसाहसी छैनौं भनेर । तपाईंहरू बन्दुक बोकेर बन्दुकका विरुद्ध लड्नुभयो । मार्न नै हि“डेपछि मर्ने परवाह रहेन होला । हामी कलम बोकेर बन्दुकविरुद्ध लडेका हौं । कसैलाई पनि मार्न हुन्न भन्यौं, हिंसात्मक राजनीतिको विरोध गर्‍यौं । मरिन्छ कि भनेर पत्रकारिता छोडेनौं । छोड्दैनौं । तपाईं र हामी बीचको तात्विक फरक यही हो । अरूले हिंसा गरेनन् भन्दैमा कायर नठान्नुहोस् । अहिंसा आफैंमा ठूलो साहस हो । पत्रकारिताको धर्म निर्वाह गर्न हामीमा यो साहसको कहिल्यै कमी हुने छैन ।

तपाईंको टु“डिखेल भाषणमा अर्को एउटा खेदजनक लाइन छ- 'अब हामीलाई नखेद्नोस्, किनभने जनताले हामीलाई जिताइसकेका छन् ।' दाहालजी, त्यसो भए मिडियाले तपाईंकै शब्दमा 'हरुवा'हरूलाई मात्र खेद्नुपर्‍यो र जितुवाहरूले सबै कुराबाट उन्मुक्ति पाउने भए । जसले सरकार बनाउ“छ, उसको आलोचना नहुने भयो । यस्तो पत्रकारिता त 'जनगणतन्त्र'मा मात्र हुन्छ । लोकतन्त्रमा पत्रकारिताले सबैमाथि खबरदारी गर्छ, राज्यमाथि र सरकारमाथि झनै धेरै गर्छ । संविधानसभाभन्दा अगाडिका तीनै संसदीय निर्वाचनमा नेपाली कांग्रेस र एमालेले माओवादीले अहिले ल्याएकोभन्दा धेरै पपुलर मत ल्याएका हुन् र कांग्रेसले दर्ुइपटक बहुमत पनि ल्याएको हो । तर यी दुवै पार्टर्ीी अब हाम्रँे आलोचना नगर्नुस्, हामीले जितिसकेका छौं भनेनन् । हामीले पनि यिनको आलोचना गर्न बन्द गरेनौं । पुष्पकमलजी, तपाईं कस्तो राजनीतिक संस्कृति निर्माण गर्न खोज्दै हुनुहुन्छ -

माओवादी आजका दिनमा किन कान्तिपुरस“ग यति धेरै रिसाएको छ भन्ने कुरा झनै महत्त्वपर्ूण्ा छ । संविधानसभाको चुनावलगत्तै हामीले तपाईं र बाबुराम भट्टर्राईलाई भेटेका थियौं । तपाईंले भन्नुभयो- 'चुनाव अगाडि तपाईंहरूले हामीलाई बर्बाद गर्नुभएको थियो । अहिले भने व्याजसहित फिर्ता आयो भन्ने लाग्छ ।' त्यो दिन तपाईं कान्तिपुरस“ग प्रसन्न हुनुहुन्थ्यो, किनभने कान्तिपुरले त्यसको केही दिनअघि पहिलो पृष्ठको समाचार शर्ीष्ाकमा 'माओवादीको पक्षमा जनलहर' लेखेको थियो । माओवादीले सरकारको नेतृत्व गर्न पाउनर्ुपर्छ भनिरहेको थियो । यो माओवादीले फकाएर कान्तिपुरले भनेको थिएन । माओवादीलाई खुसी पार्न पनि भनेको थिएन । हामीले देखेको राजनीतिक सत्य लेखेका थियौं ।

पछिल्ला दिनहरूमा विकसित दर्ुइवटा घटना र तिनमा कान्तिपुरले खेलेको भूमिकाले माओवादी नराम्रँेस“ग चिढिएको छ । ती हुन्- रामहरि श्रेष्ठको हत्या प्रकरण र राष्ट्रपतिको व्यवस्था तथा शक्ति सन्तुलनको विषय ।

रामहरि हत्या प्रकरण एउटा घोर अमानवीय तथा कहालीलाग्दो घटना हो । एक र्सवसाधारण नागरिकलाई घरबाट उठाएर लगी माओवादी शिविरमा यातना दिनु, हत्या गर्नु र लाश बेपत्ता पार्नु घोर निन्दनीय घटना हो । यस घटनाबाट माओवादी पार्टर्ीींक्ति र जनसेनालाई पानीमाथिको ओभानो बनाउने जुन प्रयत्न तपाईं आफैंले गर्नुभयो, त्यसको तीव्र प्रतिवाद कान्तिपुर लगायत अरू मिडियाले गरेका हुन् । रामहरि हत्या प्रकरणले फेरि एकपटक माओवादी र हामी बीचको राजनीतिक हत्या र हिंसालाई हर्ेर्ने दर्ुइ अलग दृष्टिकोण बीचको खाडल उजागर गरेको छ ।

हामी हत्या र हिंसालाई जति गम्भीरतासाथ लिन्छौं, माओवादीहरू त्यसलाई त्यति नै हलुका ढंगले लिन्छन् । हामी जीवनको अक्षुण्णतालाई जसरी सम्मान गर्र्छौं, माओवादीहरू भने १ सय ८० ड्रि्री उल्टो घुमेर त्यसको अपमानलाई त्यति नै स्वाभाविक ठान्छन् । हामी भन्छौं, युद्धबाट शान्तिपर्ूण्ा राजनीतिमा फर्केको माओवादीले आफ्ना कार्यकर्ता तथा लडाकुहरूलाई हिंसा छोड्न प्रोत्साहित गर्नुपर्छ । हिंसाकै पक्ष्ँमा लाग्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ, जसले अरू कार्यकर्तालाई त्यता बढ्न हतोत्साहित गरोस् । तर माओवादी नेतृत्व युद्धबाट आएकाले कार्यकर्तालाई सुध्रिन समय लाग्ने तर्क गर्छ र उनीहरूबाट अपराध भए त्यसलाई ढाकछोप गर्न अगाडि बढ्छ । त्यसले हिंसात्मक गतिविधिलाई प्रोत्साहितमात्र गरेको छ ।

हिंसालाई हर्ेर्ने यो आधारभूत फरक रहेसम्म मिडिया र बा“की समाजस“गको माओवादी टकराव कुनै न कुनै रूपमा

प्रकट भइरहनेछ ।

माओवादी कान्तिपुरस“ग आक्रोशित हुनुको अर्को कारण अहिले राष्ट्रपतिको व्यवस्थाको बहस र राजनीतिक शक्ति सन्तुलनको मुद्दामा कान्तिपुरको अलग धार हुनु हो । कान्तिपुरले राजनीतिक मुद्दामा आफ्नै विवेक र राजनीतिक चेतना अनुरूपको अडान राख्दै आएको छ । यसले अलग राजनीतिक शक्तिहरूस“ग अलग समयमा टकरावको स्थिति ल्याएको छ ।

माओवादीको सशस्त्र द्वन्द्वस“ग हाम्रँे असहमति थियो र हामीले हिंसात्मक राजनीतिको विरोध गर्‍यौं । माओवादी हिंसा त्याग्न तयार छ भने उसलाई राजनीतिक प्रतिस्पर्धामा आउन दिनर्ुपर्छ भन्ने हाम्रँे मान्यता रह्यो र त्यसको हामीले निरन्तर वकालत गर्‍यौं । राजाको शासनकालमा तपार्इंको अन्तर्वार्ता हामीले माओवादीको धम्कीका कारण छापेका होइनौं, नत राजाको डरका कारण नै त्यसलाई छाप्नबाट चुक्यौं । राजाको प्रत्यक्ष शासनको हामी विरोधी थियौं र राजा र सेनाको धम्कीका बाबजुद हामीले त्यसविरुद्ध लड्यौं । राजाले जनतास“ग सम्झौता नगरी दबाउन खोजेपछि हामीले गणतन्त्रको पक्ष्ँमा आफूलाई उभ्यायौं । माओवादी चुनावमा सबभन्दा ठूलो पार्टर्ीीयो । कतिले भने- माओवादीको बहुमत छैन, यसलाई सरकारमा जान दिनुहुन्न । हामीले भन्यौं- त्यो जनमतको अपमान हुन्छ, माओवादीले सरकारको नेतृत्व गर्न पाउनर्ुपर्छ । कान्तिपुरको यहा“सम्मको यात्रा विवेकलाई बन्धकी राखेर तय भएको होइन, विवेकको आवाज सुनेर भएको हो ।

हामीलाई लाग्यो, गणतन्त्र संस्थागत गर्न एउटा सांकेतिक हिसाबले पनि र व्यावहारिक हिसाबले पनि राष्ट्रपतिको आवश्यकता छ । हामीले त्यही लेख्यौं । माओवादी चाहन्थ्यो, प्रधानमन्त्रीले नै राष्ट्रप्रमुखको काम गरोस् । हामीलाई लाग्यो, त्यसले जनतामा भ्रममात्र उत्पन्न गर्नेछ । माओवादीले संविधानसभाको बैठकको दिन सम्झौता नगरेको भए गणतन्त्र आउने थिएन भनेर तपाईंले भन्नुभएको छ । राजा वीरेन्द्रस“ग माओवादीले सहकार्य गरेको, ज्ञानेन्द्रस“ग राजनीतिक लेनदेनका लागि माघ १९ को शाही 'कू' अगाडि हात बढाएको र राजाका शासनकालमा कान्तिपुरलाई दिएको अन्तर्वार्तामा तपाईंले 'गणतन्त्र नभनुन्जेल राजाले कहा“ सेरेमोनियल राजतन्त्रका लागि तयार हुन्छन्' भन्ने अभिव्यक्ति दिएको थाहा पाउने हामीलाई गणतन्त्रप्रति को कति प्रतिबद्ध थियो भन्ने बहस नै निर्रथक लाग्छ । तर अहिले त्यतातिर नजाऊ“ ।

राष्ट्रपति राख्ने व्यवस्था भइसकेको छ र अबको चुनौती भनेको कसरी राजनीतिक सन्तुलन मिलाउने र सरकार निर्माण गरी कसरी दर्ुइ वर्षभत्र नया“ संविधान लेख्ने भन्ने हो । माओवादीको शब्दावली सापट लिएर भन्नुपर्दा अहिलेको संविधानसभा भनेको 'हरुवाहरू'को सभा हो । त्यहा“ कसैको बहुमत छैन । प्रश्न कसले धेरै हार्‍यो भन्नेमात्र हो । तर माओवादीको दम्भ हर्ेदा लाग्छ, अरू सबै हरुवा र ऊमात्र दर्ुइ तिहाइको जितुवा हो । मलाई व्यक्तिगत रूपमा त अझ पनि लाग्छ, माओवादी चाहन्छ भने उसलाई एकलौटी सरकार बनाउन दिनर्ुपर्छ । तर राजनीतिक शक्ति सन्तुलनका हिसाबले र जनमतका हिसाबले पनि ऊ राष्ट्रपति र प्रधानमन्त्री दुवै पदको हकदार हुन सक्दैन ।

तर मलाई लागेको कुरा लेख्न पाउने कि नपाउने - बोल्न पाउने कि

नपाउने - एउटा पत्रिका अथवा पत्रकारले आफ्नो कुरा लेखेकै भरमा र्सार्वजनिक रूपमा माओवादीको चेतावनी किन पाउनुपर्ने - यी सबै प्रश्न अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मस“ग जोडिएका विषय हुन् ।

टु“डिखेलको भाषणमा तपाईंले आफ्नो पार्टर्ीीे बहुदलीय प्रतिस्पर्धामाथिको प्रतिबद्धतामा प्रश्न नगर्ने अनुरोध टुङ्गयाउन नपाउ“दै कांग्रेस र एमालेले आफूले भनेजस्तो नगरे 'जनगणतन्त्र' ल्याउने धम्की दिनुभयो । दर्ुभाग्यवश, यी दर्ुइ अभिव्यक्तिबीच कति अन्तरविरोध छ - लोकतन्त्र कहिले सुदृढ हुन्छ भन्नेमा राजनीतिशास्त्री हुवा ए लिन्जको एउटा मार्मिक भनाइ छ । उनी भन्छन्, 'लोकतन्त्र तब सुदृढ हुन्छ, जब यसका प्रमुख खेलाडीहरू लोकतन्त्रको विकल्प देख्दैनन् ।' तर माओवादी हरेक क्ष्ँण यसको विकल्प देख्छ । आफूले भनेजस्तो भए लोकतन्त्र, नत्र जनगणतन्त्र भन्छ । अनि त्यो विरोधाभाषको आलोचना नगर्न खुल्लमखुल्ला आम सञ्चारमाध्यमलाई चेतावनी दिन्छ ।

तुलसी गिरी बहुदलीय व्यवस्थाको विकल्प छ र नेपालमा त्यो सम्भव छ भन्नेमा विश्वस्त थिए । उनी र्सार्वजनिक समारोहमा आउनेबित्तिकै मिडियालाई र कान्तिपुर पब्लिकेसन्सलाई नामै लिएर गाली गर्थे । 'प्रचण्डपथ' तुलसी गिरी पथस“ग मिल्नु विडम्बना हो । तपाईंले त्यसैबाट शिक्षा लिए राम्रँे ।

ameet@kantipur.com.np

(कान्तिपुरबाट)