Google

Friday, December 17, 2010

सन्दर्भ - भुटानको राष्ट्रिय दिवस

अभिभावकत्व पुगेन

भूटान शरणार्थी प्रतिनिधि स्वदेश फिर्ति समितिका अध्यक्ष डा. भम्पा राईले भूटानी शरणार्थी अगुवाहरुको कारण स्वदेश फिर्तीको आन्दोलन सफल हुन नसकेको बताउनु भएको छ ।
भूटानको १०३ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार झापाको दमकमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष राईले अहिले भुटानी शरणार्थीहरुमा अभिभावक संस्थाको खाँचो रहेकोले पहिला अभिभवकको चयन गर्नु पर्नेमा जोड दिनु भयो ।
कुनै पनि कुरा सफल हुनको लागि अभिभावकको भुमिका महत्वपूर्ण हुने तर्क राख्दै उहाँले भुटान प्रतिनीधि स्वदेश फिर्ति समितिलाई नै अभिभावक संस्था मान्न सकिने तर त्यसको लागि सबैको समर्थनको आवश्यक रहेको कुरा बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा भारत बाट आउनुभएका भूटानी स्वदेश फिर्ती आन्दोलनका सहयोगी तथा नेपाल भारत भुटानका बुद्धिजिविहरुको संगठन साप्पेका सदस्य शैलेन्द्र अरोराले भूटानीहरुको तेस्रो मुलुक पुनर्स्थापनालाई मानव तस्करीको संज्ञा दिदै उक्त मानव तस्करीमा भूटान, भारत र नेपाल तीनैवटा देशहरु संलग्न रहेको आरोप लगाउनु भयो । उहाँले यसरी खुलेआम भैरहको मानव तस्कारीलाई रोक्न नेपालका मानव अधिकारवादीहरुको ध्यानाकर्षण गराउनु भएको थियो । नेपाल भारत र भुटानको संबन्धलाई अझ सुमधुर बनाउन पर्ने कुरामा पनि अरोराले जोड दिनु भयो ।

यो विवाह केका लागि ?

प्राणघातक सरुवा रोग लागेपछि केटा वा केटीले ढाँटेर विहेगर्नु उचित हुन्छ होला ? त्यसमा पनि विहेपछि आमा र नावालक शिशुलाई समेत त्यही रोग सर्यो भने उनीहरुको स्थिति के होला ? पक्कै पनि उनीहरुको जीवनमा नसोचेको असहज परिस्थिति आईलाग्ने निश्चित छ । अहिले यस्तै परिस्थितिको सिकार भएकी छिन् मोरङ माईती भएकी झापाकी एक महिला ।
मोरङको जाँते वार्ड नम्वर ३ माईती घर भएकी कल्पना ढकाललाई तोपगाछी ८ का तुलसी सिटौलाले २०६५ सालमा मागी विबाह गरेका थिए । विहे भएको २ वर्षपछि एक सन्तान (छोरा) पनि जन्मियो । तर छोरा जन्मिएको केही महिनामा नै सिकिस्त बिरामी भएर विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना भएका तुलसीको ३ महिनाअघि मृत्यु भयो । तुलसीको मृत्यु न कर्तब्य नत भवितब्य, उनको मृत्युको कारण थियो प्राणघातक सरुवा रोग एड्स ।

भुटानी राजालाई दश शरणार्थी नेताको चिठी

भुटानको १०३ औं राष्टि्रय दिवसका अवसरमा दश जना भुटानी अगुवाहरुले हस्ताक्षर गरि भुटानका राजालाई एक पत्र पठाएका छन् । पत्रमा तीर्थयात्राका क्रममा नेपालमा भएको हवाइ दुर्घटनामा मारिएका १८ जना भुटानी नागरिकहरुप्रति समवेदना प्रकट गर्दै राष्ट्रप्रति सम्मान व्यक्त गरिएको छ ।
थिन्ले पेन्जोर, डा. भम्पा रा, डीपी काफ्ले, डीवीआर साङपाङ, कर्मा वाङमो, रिन्जिन दोर्जी, ललित प्रधान, देक याङजेम, भगीरथ सिवाकोटी र लामा जिग्मे जाम्चोले हस्ताक्षर गर्नु भएको सो पत्रमा "हाम्रो मातृभुमि भुटान जिन्दाबाद" भन्दै चार बुँदे माग समेत प्रस्तुत गरिएको छ । पत्रमा अरु के के छ, हेर्न तल जानुहोला ।

Thursday, December 16, 2010

Judge grants bail to WikiLeaks' Julian Assange

London´s High Court granted WikiLeaks founder Julian Assange bail Thursday after rejecting an appeal to keep him in jail while he fights extradition to Sweden to answer allegations of sex crimes.

The 39-year-old Australian was in court to hear the judge reject an appeal on behalf of Swedish prosecutors against a ruling Tuesday by a lower court that he be bailed.

"I am going to grant conditional bail," judge Duncan Ouseley said.

He endorsed the stringent bail conditions imposed by the lower court, that Assange´s supporters must pay a 240,000-pound (283,000-euro, 374,000-dollar) surety and he be subject to electronic tagging and a curfew.

BODIES OF 22 TARA AIR CRASH VICTIMS RECOVERED



The bodies of all 22 people on board the aircraft of Tara Air that crashed at Gauriban of Bilambu VDC in Solukhumbu district have been recovered.

According to Civil Aviation Authority of Nepal, the deceased are identified as TG Lama, G. Sherpa, K. Sherpa, S. Tamang, T.I. Tamang, P.G. Lama, K.W. Lama, P. Tamang.

Similarly, the other victims are Jeng D. Sherpa, K.N. Lama, L. W. Sherpa, S.B. Lama, T. Sherpa, T.Y. Sherpa, P.W. Tamang, I.B. Tamang, T.W. Sherpa and Kelsang Choidak.

Wednesday, December 15, 2010

Temporary ban on import of private light vehicles

 The Prime Minister, Jigmi Y Thinley , verbally announced this morning, during the mid term review exercise of the information and communications ministry, that import of private light vehicles will be temporarily stopped until the Supreme Court comes out with a verdict on the government's appeal.

WIKILEAKS: SINGAPORE LEE SAYS MYANMAR 'STUPID'

Singapore statesman Lee Kuan Yew called Myanmar's junta leaders "stupid" and "dense" in conversations with U.S. diplomats, according to classified documents released this week by WikiLeaks.
The Singapore leader said dealing with Myanmar's military regime was like "talking to dead people," according to a confidential U.S. briefing on a 2007 conversation between Lee and U.S. Ambassador Patricia L. Herbold and Deputy Assistant Secretary of State Thomas Christensen released by WikiLeaks.
The 87-year-old Lee is known for his outspoken and blunt assessments of world affairs, but avoids publicly insulting the leadership of foreign countries. Lee was prime minister from 1959 to 1990 and remains a senior adviser to his son, current Prime Minister Lee Hsien Loong.