Google

Thursday, August 7, 2008

खुशीको खबर

साथी अशोकको कृपा र सहयोगबाट यो व्लग अव मात्र www.titopiromitho.com मा परिवर्तन भएको छ । यसका लागि अशोकजीलाइ मुरी मुरी धन्यवाद दिन चाहन्छु । 

Monday, August 4, 2008

ट्रक ड्राइभर

आज दिउँसो पौने बाह्र बजेतिर चड्याम्म आवाजका साथ मेरो कोठाको लाइन बन्द भयो । के भएछ भनेर बाहिर गएको विजुलीको तार चुँडिएर भुइंमा झरिरहेको रहेछ । के भएर यस्तो भएछ भनेर बाटोमा गएर हेरेको त एउटा फूलवडी ट्रकले पो तार चुँडाएको रहेछ । विजुली अफिसमा फोन गरें । त्यो ट्रकलाई रोकेर राख्नु होला, बनाउने खर्च उसले व्यहोर्छ भन्यो । ठिकै छ, भनेर मैले ट्रक ड्राइभरलाई त्यहि कुरा गरें, हुन्छ, मान्छे बोलाउनुस् बनाउने खर्च म व्यहोर्छ भन्यो । 

विजुलीको कर्मचारी एकै छिनमा आइपुग्यो । अचम्म पनि लाग्यो आज किन यिनीहरु यति छिटो आए । अरु वेला तीन दिनसम्म धाउँदा धाउँदा बल्ल बल्ल यति पैसा दिन्छु भनेर पहिले नै बोलकबोल नगरी आउँदैन थिए । तर ट्रक ड्राइभरबाट आज मज्जाले झर्ला भन्ने सोचेर हतार हतार आएका रहेछन् । तर ड्राइभर झन खल्ली परेछ । विजुली अफिसको कर्मचारी २ ठाउँभन्दा बढि कालो तार जोड्न मिल्दैन भन्छ । एकठाउँ पहिले नै जोडेको छ । त्यसैले २० मिटर जति तार किन्नु पर्छ भन्छ । ड्राइभर म धेरै तार किन्न सक्दिन भन्छ । बल्ल बल्ल १५ मिटर तार चाहिँ किनिदिएर ड्राइभर त साइड लागेछ । विजुली अफिसका मान्छेलाई बनाएको खर्च भनेर रु. १५० मैले नै दिनु पर्यो । आजको दुइ घण्टा टेन्सनै टेन्सनमा वित्यो । 


Sunday, August 3, 2008

बन्द अझै कति बन्द

आज थारुहट वन्दको सिलसिलामा दमक र यसका आसपास क्षेत्रमा वन्दको सामान्य असर परेको छ । वजार प्रायः खुलेको छ भने यातायातका साधनहरु अरु दिनको तुलनामा कम्ति चलिरहेका छन् । अव त बन्द नगरे पनि हुन्थ्यो नि तर टेर्ने पो कसले र । बन्दलाई सँधैको लागि बन्द गरौं भनेर धेरै कुरा भए तर सवै कुरैमा सीमित भए । बन्दले ज-जसलाई असर पुग्छ उनीहरु आफैं प्रतिकारमा नउत्रेसम्म हाम्रो देशको चाला यस्तै भइरहला ।


Saturday, August 2, 2008

धुर्मुसे केवुल कारमा

हिजो बेलुका मेरी बास्सै हेर्दै गर्दा धुर्मुसेले केवलकारमा गरेको चर्तिकाला क्याप्चर गरेको थिएँ । त्यति राम्रो गुणस्तरको त छैन तै पनि रमाइलो त होला कि !!!!!!!!




झापा छोटकरी समाचार

काठ समाउँदै युथ फोर्स
एमाले निकट युथ फोर्सले झापाको दमक १३ बाट शनिवार अवैध काठ बरामद गरेको छ । 
 सुराकीको आधारमा बेलडाँगी रेन्ज पोष्टका कर्मचारी र युथ फोर्सका कार्यकर्ताले काठ नियन्त्रणमा लिएका छन् । 
 त्यहाँ एउटा ट्याक्टरमा लुकाई राखिएको अवस्थामा सात टुना काठ बरामद भएको हो । 
ट्याक्टर भने दमकका देउमान सुब्बाको भएको रेन्ज पोष्टले जनाएको छ । 
 तीन दिन अघिपनि दमक प्रहरीले ठूलो परिमाणमा काठ बरामद गरेको थियो । यसैबीच प्रहरीले पक्राउ गर्ने काठ छाड्न राजनीतिक दलबाट दबाव आउन थालेको प्रहरी स्रोतले बताएको छ । 

शरणार्थी मुद्धा सार्कमा उठाउन आग्रह
भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले र्सार्कमा सम्मेलनमा शरणार्थी समस्याको विषयमा छलफल चलाई समाधानको बाटो खोजिनु पर्ने माग अघि सारेको छ । 
 संगठनका अध्यक्ष डा भम्पा र्राईले आज प्रेस विज्ञप्ती प्रकासित गरि शरणार्थी समस्या समाधानका लागि उपाय खोज्न सम्मेलनमा छलफल चलाइनु पर्ने जनाएका छन् । 
 विज्ञप्तीमा भुटानले आफ्ना नागरिकहरुको चल अचल संम्पती जफत गरि जिउ ज्यानको असुरक्षा र अमानविय व्यवाहार गरेकोले हज्जारौं नागरिक शरणार्थी बन्न बाध्य भएको उल्लेख छ । 

प्रहरीलाई कालो मोसो
झापाको महाभारामा कार्यरत एक प्रहरीलाई स्थानियबासीले कालोमोसो दली गाउँ घुमाएका छन् । 
महाभारा प्रहरी चौकीमा कार्यरत गोकुल रानालाई स्थानियबासीहरुले पक्राउपरेका युवालाई छोडेको भन्दै गाउँ घुमाएका थिए । 
गाउँका ६ जना फटाहा युवालाई स्थानियबासीहरुले पक्रिएर शुक्रबार प्रहरी चौकी पुर्याएको भोलिपल्ट शनिबार उनीहरुलाई छोडेको बिरोधमा प्रहरी चौकी घेरा हालि कालोमोसो दलेका थिए ।
घटनाको विरोधमा आज दुधे महाभारा कु्न्जीवारी सडकमा यातायात सेवा बन्द छ । 

Friday, August 1, 2008

आजको सूर्य ग्रहणका केही दृष्य










पूर्ण सूर्य ग्रहण (खग्रास) देखिने स्थान 


विद्युत (अ)प्राधिकरण महात्म्य

प्राकृतिक सम्पदाहरुमध्ये अति अपार रुपमा रहेको जलसम्पदा हाम्रो देशको आर्थिक विकासको एउटा महत्वपूर्ण माध्यम बन्न गइरहेको छ भन्ने अनुमान त हालैका दिनमा जलविद्युत क्षेत्रमा देखिएका लगानीका संकेत र सम्भावनाहरुबाट गर्न सकिन्छ । तर हामी सर्वसाधारण नेपाली जनताका लागि यी कुरा "आकाशको फल आँखा तरी मर" मात्र भइरहेका छ । चार पाँच घण्टा लामो लोडसेडिङ्गको मारबाट अस्थायी रुपमा त मुक्ति पाएका छौं तर पनि हप्तामा दुई पटक दुई दुई घण्टा अध्याँरो साँझ छामछाम छुमगर्दै विताउनु पर्ने वाध्यता जलश्रोतको दोश्रो ठूलो देशका हामी नेपालीका लागि विडम्वना मात्र नभएर दैनिकी नै भइसकेको छ । यो मध्य वर्षामा पनि हप्तामा चार घण्टा लोडसेडिङ्ग गर्नु पर्ने वाध्यताका विषयमा सम्वन्धित अधिकारीहरुले दिने स्पष्टीकरण र वहानावाजी एकातिर छँदैछ, तर त्यसले देशको सिंगो अर्थतन्त्र र र्सवसाधारणको जीवनयापनमा पारिरहेको नकारात्मक प्रभावको चिन्ता र चासो चाहिँ यो देशको कुनचाहिँ पदाधिकारीले गरिरहेको छ ? 
यसै सन्दर्भमा विद्युत प्राधिकरण, दमक शाखाका प्रमुख ज्यूलाई एउटा खुल्ला पत्र लेख्न बाध्य भएको छु । आशा छ, हाकिम साहेवले पढ्नु हुनेछ र पढेर समस्या समाधानका निमित्त उचित पहल गर्नु हुनेछ । 

श्रीमान् हाकिम साहेव, 
नेपाल विद्युत (अ)प्राधिकरण, दमक शाखा । 

एकातिर लोडसेडिङ्गको रुपमा जानकारी दिएर लाइन काट्ने काम त नियमित छँदैछ, अर्कातिर अनियमित र अनियन्त्रित रुपमा क्षण क्षणमा लाइन काट्ने गर्नाले उद्योगी व्यवसायीलाई परेको मारको क्षतिपूर्ति कसले गर्ने ? ल यति त सहिएकै थियो अझ हाल आएर न्यून भोल्टेजले दिन सम्म दुःख दिएको छ । साँझमा त भोल्टेज पुगेन रे लौ । दिउँसो त पूरा हुनु पर्ने होइन र हाकिम साहेव ज्यू ? तपाईले यो कुरा थाहा पाइन चाहिँ भन्न पाउनु हुन्न है । किनभने मैले नै तपाईलाई फोन गरेर पहिले नै जानकारी दिइसकेको छु । अनि तपाईका मातहतका कर्मचारीहरुलाई त दिनहुँ जसो नै जानकारी गराइरहेको छु । अति नै भइसकेको छ, तपाईहरुको वाध्यता या लापरवाही के हो यो हामीलाई थाहा हुने कुरा भएन तर लो-भोल्टेजले हामी बेलडाँगी बसस्टेण्ड, दमक-१० र ११ का उद्योगी, व्यवसायी र र्सवसाधारणलाई अति हैरान पारेको छ । मैले तपाईको मातहतको एकजना कर्मचारीसँग कुरा गर्दा हामीले यहाँबाट मर्मत गर्दा हुनेसम्म भए यहीँबाट गर्र्छौं, भएन भने अर्को ट्रान्सर्फमर राख्नु पर्ने हुन्छ, त्यसको लागि तपाईहरु ज-जसलाई मार परेको हो आएर हाकिम साहेवलाई जानकारी गराउनु होला भन्नुहुन्थ्यो । अव भनेको बेला सवै जनालाई फुर्सद नहुन पनि सक्छ त्यसकारण मैले यो लोकप्रिय पत्रिका पूर्वसन्देशको सहारा लिएको छु । अन्यथा नलिनु होला । बरु सकेसम्म हामी जस्ता धेरै पैसा तिरेर धेरै दुःख पाउने सेवाग्राही जनतालाई तपाइहरुको कारणबाट भएको हैरानी घटाउने काम गरिदिनु भए आभारी हुने थिएँ । 
धन्यवाद ।
उही
तपाईहरु जस्ता नालायक कर्मचारीहरुका कारणले दुःख पाउनु परेका करोडौं नेपाली जनताहरु मध्ये एक बबुरो म
(यो लेख स्थानीय पत्रिकामा भोलि छापिन सक्नेछ ।)