Thursday, July 31, 2008

आज खण्डग्रास सूर्य ग्रहण





आज खण्डग्रास सूर्य ग्रहण लाग्ने छ । वेलुकी ४ वजेर २२ मिनेट देखि ६ वजेर १३ मिनेट जादा सम्म अर्थात १ घण्टा ५१ मिनेट सम्म खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । सूर्य पंचाङ्ग अनुसार, वेलुकी ४ बजेर २२ मिनेटमा सूर्यको पश्चिम उत्तर भागबाट ग्रहणले स्पर्षगर्दै दक्षिण पूर्वबाट ६ बजेर १३ मिनेटमा छोड्ने छ । आज लाग्ने सूर्य ग्रहण तिष्य नक्षत्र कर्कट राशिमा लाग्नेछ । यो बर्षा लागेको खण्डग्रास सूर्य ग्रहण, पहिलो हो । यसको १५ दिन लगत्तै साउन ३२ गते चन्द्र ग्रहण लाग्ने छ । आज लाग्ने सूर्य ग्रहण नेपाल अधिराज्यको कुनै पनि कुनाबाट देख्न सकिने छ । सूर्य ग्रहणलाई नांगो आखाले हेर्न हानिकारक हुन्छ । ज्योतिषिय आधारमा आजको खण्डग्रास सूर्य ग्रहण बृष, कन्या, तुला र कुम्भ राशिले हेर्न शुभ हुने र बाकी राशिले सूर्य ग्रहण हेर्न अशुभ रहेको छ । बिशेष गरी कर्कट राशिमा खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको हुदा यो राशिका महानुभाबहरुलाई बिशेष कष्ट हुने योग छ ।

माइपोखरीः कस्तो नबनाउने ?

डा. तीर्थबहादुर श्रेष्ठ

माइपोखरी भनेर छ नाउँ
खूब सुन्दर सबैतिर ठाउँ
कूसुमाकर सरी सब मास
फूल रूख अनि पक्षी निवास


 
कवि लक्ष्मीप्रसाद पाठकको 'माइपोखरी जाँदा' कविताको यो सानो उद्धरणले माइपोखरीको प्राकृतिक छटा, त्यहाँ हुने ऋतुमास परिवर्तनको सौन्दर्य एवं पशुपक्षी तथा वन–वनस्पतिको उपस्थिति चित्रकारी रङ्गमा प्रस्तुत गरेकोे छ। कवि पाठक माइपोखरीकै काख सुलुवुङ–६ का निवासी हुन्। उनी नेत्रविहीन छन् र उनका यी उद्गार आँखाबाहेक अन्य इन्द्रियका अनुभूतिको समष्टि रुप हो। यो अर्थमा माइपोखरीको सौन्दर्य इन्द्रियवश भन्दा उच्च छ भन्ने बुझ्नुपर्दछ।र, इलाममा जिल्लास्तरमा तयार हुन लागेको माइपोखरी सम्बन्धी गुरुयोजनाले कविको भावलाई आत्मसात् गर्नेछ भन्ने विश्वास लिइएको छ।

नेपालका ७५ जिल्लामध्ये इलाम त्यसै पनि स्वस्फूर्त विकासले परिपक्व जिल्ला हो। आलु, अलैँची, ओलन (दूध), अदुवा र अमि्रसोका अतिरिक्त अर्थोडक्स टी (पर्वतीय चिया) ले गर्दा यो जिल्ला ख्यातियुक्त उल्लेखनीय स्थितिमा पुगेको छ। यी उत्पादन इलमी र परिश्रमी इलामवासीका परिचय हुन् भने यहाँका लेक–बेँसी, पाखा–पखेरा तथा प्राकृतिक पोखरीहरू; पूर्वी हिमालका दुर्लभ वन–वनस्पति, वन्यजन्तु, पशुपक्षी आदि यस जिल्लाका अनुपम सम्पदा हुन्। आर्द्र जलवायु, घना बादल र बाक्लो कुहिरोलाई आफ्नै पोल्टामा अल्मलाई राख्ने यहाँका बादलु वन कतै उत्तिस, चिलौने, अर्ख्यौली र कटुसले भरिपूर्ण छन् भने कतै चाँप, गुराँस, खस्रु, बज्राँठ, काउलो, सिन्काउली र पैयूँका मिश्रणमा ढकमक्क देखिन्छन्।यी वनजङ्गलमा विचरण गर्ने तीन सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी र सयौँ प्रकारका सुनाखरीलाई इलामका रैथाने रत्न मान्न सकिन्छ। तिनका अतिरिक्त रूखकै टोड्कामा प्रजनन–व्यस्त भेटिने भ्यागुता र स–साना पोखरीका छेउछाउ सल्बलाउने पानीगोहोरो (Crocodile salamander) विश्वकै दुर्लभ प्राणी पनि हुन्।

इलामका चार माइ (जोगमाइ, महमाइ, पूवामाइ र देउमाइ) का उद्गमस्थलहरू यस्तै वन–वनस्पति र वन्यजन्तुका विशिष्ट वासस्थान हुन्। पर्या–पर्यटनका दृष्टिले यिनको ठूलो महत्त्व छ। यिनै चार माइको बीचतिर दुई हेक्टरको जलाशय र वरिपरिको १० हेक्टर वन क्षेत्र माइपोखरी धार्मिक वनका रूपमा कायम भएको छ। सन् १९९६ मा वनस्पति विभागका तर्फबाट वनस्पति सर्वेक्षणका सिलसिलामा माइपोखरी पुग्दा मैले त्यसको मौलिक स्वरुप देखेको थिएँ। त्यहाँ घनाजङ्गल थियो। पोखरीको छेउछाउ गलैँचे झ्याउको जमोठमा सजिसजाउ थियो। जमोठमा १–१.५ मिटर अग्ला सेता चिमालहरू ढकमक्क फक्रेका थिए। सामान्य रूपमा रूखमाथि उम्रने चिमाल जमोठमाथि उम्रेको दृश्य अत्यन्तै चित्ताकर्षक थियो। जमोठमा टेक्दा माछाभुरा, भ्यागुताका चेपागाडा र स–साना सर्पहरू सलबलाउँदै यत्रतत्र भाग्दथे। तर अफसोस! पछि, पोखरी सफा गर्ने क्रममा लाखौँ रुपैयाँ खर्चेर विश्वमा अन्यत्र कतै नपाइने त्यो गलैँचे झ्याउ (sphagunum nepalense) निर्मूल पारियो।

एक दशकअघि माइपोखरी सेरोफेरोमा कुनै कोणधारी वृक्ष थिएन। कुनै जापानी सल्लाको पनि सम्झना छैन। सबै वृक्ष चौडा पाते थिए। त्यसमा पनि घोकेचाँप र बज्राँठका पात त ज्यादै चौडा थिए। पोखरीको पानी नीलो थियो, हरियो हैन। त्यतिबेला पैदल मात्र पुग्न सकिने माइपोखरीको छेवैमा अचेल मोटर पुग्छ। पोखरी परिसरमा रङ्गीविरङ्गी ठूल्ठूला सूचनापाटीहरूको तँछाडमछाड घुँइचो छ। श्रद्धालुहरूले टाँगेका रङ्गीविरङ्गी तोरण र ध्वजाहरू यत्रतत्र देख्न सकिन्छ। माइपोखरी पस्नलाई सिमेन्टको ढिकोद्वारबाट छिर्नुपर्छ। वनस्पति विभागले आफ्नो कार्यालय त्यहीँ खडा गरेको छ। वरिपरि स–साना पुष्पवाटिका र सुस्ताउने चौतारीहरू, सिमेन्टका खुड्किला, बिरुवा हुर्काउने हरितगृहहरू, ढुङ्गे उद्यान, नर्सरीहरू; लोक्ता र लौठसल्ला अध्ययन/अनुसन्धानका निम्ति छुट्याइएका गराहरू छन् भने विभिन्न वृक्ष र बुटामा तिनका वैज्ञानिक एवं नेपाली नामपत्र ठोकिएको छ। गुराँसको छातीमा 'तँ लालीगुराँस होस् तेरो नाम रोडोडेन्ड्रन अर्बोरियम हो' भनेर हरियो टीनमा लेखेर तीन इञ्चको किलाले ठोकिएको छ। कठै त्यस वृक्षको ज्यानलाई दुख्दो पो हो कि!
                                                                                                                            जोरपोखरी 

धार्मिक आस्थाको विशिष्ट केन्द्रका रूपमा पूर्वाञ्चलभरि ख्यातिप्राप्त यो पुण्यभूमिमा कहीँ अखण्ड धुनी निर्माण भएको छ भने कहीँ शिवमन्दिर स्थापित छ। त्यस्तै सरस्वती र भगवतीका मन्दिर, बौद्ध गुम्बा, वेद पाठशाला, ज्ञानी/ध्यानी भक्तहरूका कुटी–कटेरा मात्र हैन, तिनका प्रतिमासमेत प्रतिस्थापित छन्। पोखरी वरिपरि घुम्न ग्राभेल बाटोको चक्रपथ र पोखरीको पानी बचाउन सिमेन्टको पक्की बाँध निर्माण भएको छ। ठाउँठाउँमा फलामे रेलिङ
जडिएको छ। नगर विकास कोषदेखि सांसद कोषसम्म खर्चेर बाटो, सिँढी, रेलिङ, पिकनिक शेड बनाइएको छ। हालै माइपोखरी धार्मिक वन समूह र द इष्ट फाउण्डेशन मिलेर माइपोखरी सिमसार संरक्षणका लागि सूचना केन्द्र र माइपोखरीको लोपोन्मुख ठकठके (पानीगोहोरो) संरक्षण गर्न एक छुट्टै संरचना समेत निर्माण भएको छ। विभिन्न भक्तजन, विकासप्रेमी एवं संरक्षण–समर्पित महानुभावहरूबाट यस पुण्यभूमिलाई सजाउन लेकलेकका वनस्पति, जातजातका वृक्षहरू समयसमयमा रोप्ने काम भएको छ। तीमध्ये एक श्रद्धालुले जापानी सल्ला (Cryptomeria Japonica) यस क्षेत्रमा भित्र्याइदिए। त्यो सल्लाको क्रमिक अतिक्रमणमा माइपोखरीको स्थानीय वन निकै प्रभावित छ। हुन त यो सल्लाको सुरिलो कद सबै वृक्षभन्दा अग्लो भई रमणीय दृश्य देख्न पाइन्छ। तर माइपोखरीको प्राकृतिक अस्मिता र मौलिकता जोगाउने हो भने यसको अतिक्रमण तत्काल रोक्नै पर्छ। यसैगरी धार्मिक र सौन्दर्यप्रेमी केही महानुभावले रङ्गीविरङ्गी माछाहरू छोड्न थालेपछि माइपोखरीका रैथाने जलचरहरू विस्थापित हुँदै गएका छन्। यो अपूरणीय क्षति र गम्भीर चिन्ताको कुरा हो।

माइपोखरीको रमणीय वातावरणमा अलौकिक अनुभूति प्राप्त भएपछि त्यहाँ पुग्ने प्रायः सबै व्यक्ति केही न केही गरौँ भन्ने भावले ओतप्रोत हुने गरेका उदाहरणहरू धेरै छन्। माइपोखरीमै केही गरुँ भन्ने सद्भावका साथ स्थानीय समुदाय, माइपोखरी धार्मिक वन उपभोक्ता समूह, जिल्ला विकास समिति, वन कार्यालय, वनस्पति कार्यालय, शहरी विकास, सडक विकासलगायत भक्तजन, साधुसन्त र माता सबै माइपोखरी माताको सेवा गर्न चाहन्छन्। यसै परिप्रेक्ष्यमा सबै निकाय र संस्थाहरूको समन्वयमा योजनाबद्ध कार्य गर्न जिल्लास्तरमा एउटा गुरुयोजना तयार हुँदैछ। यो योजना माइपोखरीलाई 'माइपोखरी' नै बनाइराख्ने उद्देश्यले अगाडि बढेमा निश्चय नै भविष्यको स्यावासी पाउनेछ। यसका लागि के के गर्ने भन्दा पनि के के नगर्ने भन्नेमा दृढ सङ्कल्प गर्नु आवश्यक छ।

अहँ! चाहिँदैन कृत्रिमता
माइपोखरीलाई कस्तो नबनाउने वा कस्तो हुनबाट जोगाउने भन्ने कुराको प्रत्यक्ष उदाहरण जोरपोखरी (इलामको पशुपतिनगर र दार्जीलिङ्गको सुकियापोखरीको बीच भागमा अवस्थित) बाट सिक्न सकिन्छ। माइपोखरी भन्दा झण्डै २०० मिटर उच्च भूमि (२,३०० मिटर) मा अवस्थित जोरपोखरी पानीगोहोराकै नाममा 'सालामाण्डर रिजर्भ' भनेर परिचित छ। नाम अनुसार त्यहाँ दुई वटा पोखरी पनि छन्। तर, दुवै पोखरीमा कुनै प्राकृतिक स्वभाव बाँकी छैन। झट्ट हेर्दा पाँचतारे होटलका स्वीमिङपुल जस्ता देखिन्छन् यी पोखरी। पोखरीको बीचैमा सिमेन्टको विशाल पाँचटाउके नागले फणी उठाएको छ। राजहंसका हूल पोखरी वरपर हल्ला गर्दै दौड्छन्। सम्पूर्ण परिवेश आधुनिक सज्जामा ठाँटिएको छ। सिमेन्टको बाटो, सिमेन्टकै वेञ्च कुर्सी, विश्रामस्थल र ठाउँठाउँमा पुष्पवाटिकाले सजिएको यो ठाउँ हेर्नलाई ज्यादै रमणीय छ। त्यहाँ आकर्षक आधुनिक गेष्टहाउस पनि छन्। तर विडम्बना! 'सालामाण्डर' कहाँ छ भनी सोध्दा एउटा प्लाष्टिक जर्किनमा एक जोडी देख्न पाइयो। वरपरको वन जापानी सल्लाले छपक्कै ढाकेको छ। स्थानीय वनस्पतिको उपस्थिति शून्यप्रायः छ। परम्परा, धर्म–संस्कृति अनि प्रकृति समेतलाई विकृत बनाउँदै यो पर्यटकस्थल निर्माण भएको छ।


पानीगोहोरोः यो जीव इलाम र पाँचथरबाहेक नेपालका अन्य ७३ जिल्लामा पाइँदैन।

यता, माइपोखरी धार्मिक वन समूहले आफ्नो कार्ययोजनाअनुसार पोखरी–क्षेत्रलाई विश्वव्यापी महत्त्वको सिमसारका रूपमा संरक्षण गर्ने सङ्कल्प अघि सारेको छ। माइपोखरीको जैविक विविधताका आधारमा यसलाई 'रामसार सूची'सम्म पुर्‍याउन सकिने सम्भावना बढेको छ। विश्वव्यापी महत्त्व भएका सिमसारलाई विश्व समुदायले रामसार (इरानको एउटा शहर) महासन्धि अनुसार अनुमोदन गर्ने चलन छ। हाम्रा कोशी टप्पू वन्यजन्तु आरक्ष, चितवनको बीस हजारी ताल, कैलालीको घोडाघोडी ताल र रुपन्देहीको जगदिशपुरा ताल यसकोटिमा सूचीकृत छन्। माइपोखरी नेपालको पर्वतीय सिमसारका रूपमा रामसार सूचीका निम्ति एक उत्कृष्ट उम्मेदवार हो र गुरुयोजनाले यसलाई कदर गर्नुपर्छ। अनि मात्र इलामको पर्या–पर्यटन सञ्जालमा यस क्षेत्रले विशेष भूमिका निर्वाह गर्नेछ।

यसैबीच माइपोखरीको पानी सुक्दै गयो भन्ने चासो र चिन्ता समेत सबैमा व्याप्त छ। त्यसको यकिन कारण निर्क्यौल हुनसकेको छैन तर पोखरीको साँधैमा ठूल्ठूला बस–ट्रक गुड्ने र वनमा पनि वेजातका वृक्ष (जापानी सल्ला) को फैलावट बढ्ने क्रमसँगै यसो भएको आशङ्का गरिन्छ। जेजस्तो भएपनि संरक्षणको सामान्य सिद्धान्तअनुसार भारी गाडी (हेभी भेहिकल) ले गराउने भूकम्पन र मिचाहा प्रवृत्तिका जापानी सल्लाको वृद्धि तत्काल रोक्नु बुद्धिमानी हुन्छ। जापानी सल्लाको वृक्ष नियन्त्रण गर्न त्यसका स–साना बिरुवालाई बेलैमा उखेलेर अन्यत्र सार्नु श्रेयष्कर हुन्छ। अहिले नै ठूला वृक्षलाई काट्ने वा हटाउने अभियान प्रत्युत्पादक पनि हुनसक्ने हुनाले जापानी सल्लालाई माइपोखरीको जलाधारभित्र अरू बढ्न दिनुहुँदैन। यसैगरी माइपोखरी वरपर सडकमा ढुङ्गाखानी चलाउने काम तुरुन्त रोक्नुपर्ने कुरामा गुरुयोजनाले ध्यान पुर्‍याउनुपर्दछ। सर्वाधिक महत्त्वको कुरा– माइपोखरी जलाधारभित्र अरू कुनै नयाँ निर्माण नगर्ने नीति अपनाउनुपर्दछ।
(हिमालबाट)

धारा जलाउँ !!!!!

आजकै दिन सन् १९५० मा नेपाल-भारतवीच भएको सन्धि नेपालको राष्ट्रियता बिरुद्ध भएको भदै आज एकीकृत नेपाल राष्ट्रिय मोर्चाले राजधानीको पुरानो पसपार्क नजिकै उक्त सन्धिका धारा ५, ६, र ७ जलाउँदै ।



Tuesday, July 29, 2008

टाउको छुट्ट्याइएकी गंगाको मृत्यु

जन्मिंदै टाउको जोडिएका कारण सिंगारपुरमा जटिल शल्यक्रिया गरी छुट्ट्याइएका जुम्ल्याहा दिदीबहिनी गंगा र जमुनामध्ये मंगलबार काठमाडौंमा गंगाको मृत्यु भएको छ। निमोनियाबाट ग्रसित गंगालाई उपचारका लागि सोमबार कान्तिबाल अस्पतालमा लगिएको थियो। त्यहाँ भेन्टिलेटर अभाव भएका कारण उनलाई बागबजारस्थित मोडेल अस्पताल पठाइएको थियो। मोडेल अस्पतालका अनुसार सोमबार बिहान ७:३० बजेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरू गरिएकोमा मंगलबार ११:३० बजे गंगाको मृत्यु भएको हो। उनी आठ वर्षकी थिइन्। गंगालाई तीन दिनदेखि निमोनिया भएको थियो। गंगा र जमुनाको जोडिएका टाउकालाई नेपालका स्नायुरोग विशेषज्ञ डा. वसन्त पन्तको प्रयासमा सिंगापुरको स्नायुरोगसम्बन्धी अस्पतालमा आठ वर्षअघि शल्यक्रिया गरी सफलतापूर्वक छुट्ट्याइएको थियो। उक्त अस्पतालमा ९६ घन्टा लगाएर २० जना चिकित्सकको टोलीले विशेष शल्यक्रिया गरेर टाउको छुट्ट्याएको थियो। त्यतिबेला सिंगापुरमा रहेका नेपालीले तीन लाख ५८ हजार अमेरिकी डलर संकलन गरी शल्यक्रियाका लागि खर्च जुटाएका थिए। उक्त उपचारप्रक्रिया विश्‍वकै आकर्षण एवं चिकित्साविज्ञानकै एक चुनौतीपूर्ण मानिएको थियो। शल्यक्रिया गर्ने चिकित्सक टोलीको नेतृत्व गरेका सिंगापुर जनरल अस्पतालका विशेषज्ञ चिकित्सक किथ गोहले शल्यक्रिया सफल भएपछि दिएको प्रतिक्रियामा जमुनामा भन्दा गंगामा बढी घाउ देखापरेको र जमुनाले गंगाले भन्दा चाँडो खानेकुरा खान थालेको बताएका थिए। चिकित्साविज्ञानको इतिहासमा दुर्लभ र चमत्कारिक घटनाका रूपमा अत्यन्त चासोका साथ हेरिएको उक्त शल्यक्रिया सफल भएपछि विश्‍वका अधिकांश राष्ट्रका आमसञ्चारमाध्यममा प्रमुख समाचार बनेका थिए। गंगाजमुनाको सफल शल्यक्रियाबाट प्रेरित भई टाउको जोडिएका जुम्ल्याहा इरानी युवती लालेह र लाडेन बिजानीको पनि सोही अस्पतालमा डा. गोहकै नेतृत्वमा गरिएको शल्यक्रिया असफल भएको थियो। कानुनका स्नातक ती दुई युवतीको शल्यक्रियालाई विश्‍वकै एक चासोपूर्ण घटनाका रूपमा हेरिएको थियो।

Monday, July 28, 2008

विरोध

भारतिय उप राष्ट्रपति (अव नेपाली नै पो किन भनिरहनु पर्यो र) को विरोधमा आज पनि दमकमा विद्यार्थीहरुले सडकमा टायर बालेर र साइकल तेर्स्याएर विरोध प्रदर्शन गरिरहका छन् । आज यातायातका साथै दमक बजार पूर्ण रुपमा वन्द छ । 












Sunday, July 27, 2008

टावर

युद्धकालमा माओवादीले ध्वस्त पारेको तेह्रथुमको तीनजुरे स्थित नेपाल टेलिभिजनको टावर (कुमारबाट प्राप्त)



भाइरस किलर्स कार्यकर्ताको गोली हानी हत्या

मधेसी भाईरस किलर्स पार्टी कार्यकर्ता ०६५ साउन ११ गते त्रिकोल गाविसमा हतियारधारीद्वारा गोली हानी हत्या गरेको अवस्थामा फेला परेका छन् ।

 सप्तरीकै मधवापुर-७ निवासी भाईरस कार्यकर्ता ३० वर्षीय सुरेश रामलाई त्रिकोल र गोईठीको सीमामा पर्ने त्रिकौल गाविस-६ स्थित बुधेवा खोलामा हतियारधारीले गोली हानी हत्या गरेका हुन् । उनको टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ । रामलाई तीन दिनअघि हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

 घटनाका सम्बन्धमा रामका भाइ शत्रुघन रामले प्रहरीलाई खबर गरेपछि उनको लाश गएराति गोली हानेर हत्या गरेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका निरिक्षक राजेन्द्र पराजुलीले बताए । 

 उनको लाश पोष्टमार्टमका लागि राजविराज पठाएको पराजुलीले जानकारी गराए ।

सहमतिपछि मेची राजमार्ग खुला

प्रहरी, प्रशासन र व्यवसायीहरूबीच एक साता भित्रमा समस्या समाधान गर्ने सहमतिपछि ०६५ साउन १२ गते विहानदेखि मेची राजमार्गमा यातायात सूचारु भएको छ । 

 ०६५ साउन ११ गते राति सम्पन्न छलफलमा इलाम नगरपालिकाले उठाउँदै आएको कर र ०६५ साउन १० गते तोडफोड गरिएका क्षतिपूर्तिका बारेमा एक हप्ता भित्रमा निष्कर्षा पुग्ने सहमति पछि यातायात सूचारु भएको हो ।

व्यवसायीहरूको मागप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको र सम्बन्धित पक्षहरूसँग चाँडै पहल गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले जानकारी दिए । बन्द खुलेपछि इलाम लगायत पर्ूवको जनजीवन सामान्य बन्दै गएको छ ।विभिन्न तीन सूत्रीय माग राख्दै पूर्वेली ट्याक्सी व्यवसायी संघले तीन दिनदेखि मेची राजमार्गमा चक्काजाम गरेको थियो । 

 
 
 

Friday, July 25, 2008

के अरु दलहरु सबै लाटा हुन र माओबादीहरु मात्र बाठा हुन्?

नेपाली कांग्रेसको राष्ट्रपति, एमालेको संबिधान सभाध्यक्ष र मोर्चाको उपराष्ट्रपति भैसकेकोले अब बन्ने सरकारको नेत्रित्वचांहि माओबादीको नै होसभन्ने सबैले चाहेको हो तर माओबादीको हालैको नया तीन् शर्त सुन्दा सबैलाई निराश पार्ने देखिन्छ।
१)हामीले सरकारको नेत्रित्व गर्ने भए कांग्रेस्-एमाले-फोरम अपवित्र गठबन्धन् टुट्नु पर्छ। २। अब बन्ने सरकारको साझा कार्यक्रममा माओबादीको सुधारको कार्यक्रम् बढी झल्किन पर्छ।३)२ बर्ष सम्म सरकार बनाउने गिराउने खेल नहुने ग्यारन्टी हुन पर्छ।
सरकारको नेत्रित्व गर्न तम्सिने दललाई अन्य दलहरुले शर्त थोपर्न खोज्नु बुझिने कुरा हो तर अन्य दलहरुले माओबादीलाई सरकार बनाउने पहल गर्न आह्वान गर्दा उल्टै आफ्नो शर्त राख्नु अचम्म होइन त? माओबादी संसदमा सबै भन्दा ठूलो दल भएको र अन्य दोस्रा, तेस्रा र चौथा ठूला दलहरुको भागमा क्रमस: राष्ट्रपति, संबिधान सभाध्यक्ष र उपराष्ट्रपति पद परिसकेकोले अब प्रधानमन्त्री माओबादीले पाउनु पर्छ र तेसो भएमा शक्ति सन्तुलन होला, पार्टीहरुमा बैमनष्यता नहोला र संबिधान निर्माण गर्ने काममा कुनै भांजो नआउला भन्ने आम नेपालीको आशा हो तर माओबादीको शर्त मानेर उसैलाई टाउकोमा टेकाउन अरु दलहरुलाई के को खांचो छ र? संबिधान सभामा सबै भन्दा ठूलो दल बने पछि भूंईमा न भांडामा भएर अन्य दलहरुलाई होच्याउदै हिंडेका माओबादीहरुले राष्ट्रपतिको निर्वाचनमा पछारिएपछि वास्तवमा हामी अल्पमतमा रहेछौं भनेर चेत पाउनु पर्ने हो -तर त्यस्तो अझै देखिएन। आफू वास्तवमा कुन हैसियतमा छौं भनेर हेक्का नराखी आफूले संसारै जितेको जस्तो दम्भ राखी अरुदलहरुको नेता समेत आफै छान्दै हिंड्नु माओबादीको ठूलो भूल् थियो।सरकार बनाउन आफ्नो पुर्ण बहुमत नभएको अवस्थामा अन्य दलको बिश्वास जितेर बहुमत् सिद्ध गर्नतिर लाग्न पर्नेमा उल्टो कांग्रेस एमाले जस्ता दलहरुलाई बिच्काएर एक झटका खाइसकेको छ तर अझै चेत खुलेको देखिदैन र अन्य दलहरुको सदासयतालाई कमजोरी ठानी उल्टै शर्तहरु थोपर्नुले माओबादीलाई फेरि अर्को झटका दिनेछ। अब कुरा गरूं माओबादीको शर्तहरु बारे। अहिलेको कांग्रेस-एमाले-फोरम गठबन्धन बारे। कुनै पनि गठबन्धन कुनै स्थितिमा जरुरतबस् बनेको हुन्छ नकि कुनै रहर र इच्छाले। राजा बीरेन्द्रको शासनकालमा-डा भट्टराईकैले नै भनेको कुरा-राजा र माओबादीहरु बिच् अघोषित गठबन्धन थियो।लोकतंत्रको स्थापना पछि माओबादी र कांग्रेस बिच् त्यस्तै गठबन्धन थियो र एमालेलाई चेप्नु सम्म चेपेको थियो।प्रचन्ड र गिरिजा बिच सहमती भैसके पछि सहिछाप गर्न मात्र माधव कुमार नेपाललाई खबर् गरिन्थ्यो र माधव कुमारले आनाकानी गर्दा सहमतीमा नआउनेलाई छोडेर अघि बढिन्छ भनेर गिरिजाले धम्काउथे।गिरिजाले आफूहरुलाई समेत अति पेल्न थालेपछि "गणतन्त्रको तत्काल् घोषणा" गर्नु पर्ने अत्तो थापी संबिधान सभाको चुनावनै पर सार्न पर्ने स्थितिपारेर अझै जंगलनै पस्ने धम्की दिई सरकार बाट हटेका माओबादीहरुलाई त्यति बेला अन्तरिम संसदमा गणतंत्रको मुद्धामा एमालेले नै साथ दिएको थियो। त्यो पनि त एउटा गठबन्धन नै थियो।निर्वाचनमा ठूलो दलको रुपमा आईसकेपछि सर्बसत्ताबादी चरित्र देखाउन थालेकोले बाध्य भएर अन्यदलहरु माओबादीको बिरोधमा उत्रिएका थिए। पछि कांग्रेस-माओबादी बिच राष्ट्रपतिको बिषयमा कुरा नमिलेपछि एमालेसंग गठबन्धन बनेको थियो जुन तोडने काम माओहरु आफैले गरे र वास्तवमा भन्नु पर्दा कांग्रेस-फोरम्-एमाले गठबन्धनको निर्माणनै माओबादीले गराइदिएका हुन् भने पनि हुन्छ। आफ्नो सर्बसत्ताबादी चरित्रले गर्दा कसैसंग सहमतीमा नजाने, कसैसंग गठबन्धन बनाउन नसक्ने तर अरुले बनाएको गठबन्धन तोड भनेर भन्न मिल्छ? शर्त नम्बर् २-अब बन्ने सरकारको साझा कार्यक्रममा माओबादीको कार्यक्रम् "बढी" झल्किन पर्छ रे? साझा पनि भन्ने फेरि आफ्नो कार्यक्रमको बाहुल्यता खोज्नु यो कस्तो सहमती हो? संयुक्त सरकार भने पछि सरकारको भावी कार्यक्रमनै संयुक्त हुन्छ नि। यति नम्बरको बूंदा यसको, यति नमबर्को बूंदा फलानाको भन्ने हुन्छ? सबै पार्टीले आफ्नो आफ्नो कार्यक्रम् जरुर पेश् गर्लान तर त्यसमा बिचार, मन्थन भएर अन्त्यमा निस्कदा सयुंक्तको भएर निस्कने होइन?

रह्यो तेस्रो शर्त।सरकार ढाल्ने काम दुई बर्षसम्म कसैले गर्न पाउदैन रे। यो झन सबै भन्दा हांसो उठदो शर्त हो।राम्रो काम गरे, सबैलाई समेटेर लान सके सरकार किन ढाल्न पर्यो? सरकारलाई राष्ट्रिय स्वरुप दिने, आफ्नो मैमत्तापन् छोड्ने अनि सरकार टिकि हाल्छ नि। आफ्नो सरकार टिक्ने कुरामा आफैलाई बिश्वास नभएर अन्य दलहरुसंग ग्यारेन्टी खोज्ने यो कस्तो नालायकीपन हो?

एउटा आफ्नै सेना भएको अनि वाइसीएल जस्तो अर्धसैनिक संरचना भएको दललाई सरकारको नेत्रित्व गर्न दिनुछ, उल्टै दुई बर्षको कागज गरेर-के अरु दलहरु सबै लाटा हुन र माओबादीहरु मात्र बाठा हुन्?

(दौंतरीबाट)

Wednesday, July 23, 2008

समाचार दहालको

दहालको जनसंख्या धेरै भएर हो कि के हो यति वेला जताजतै दहालकै मात्र चर्चा छ त । प्रधानमन्त्री पनि दहाल नै होला जस्तो छ देशको । यता सामान्य दुर्घटनामा पनि जहिँतहिँ दहाल नै । पिडक पनि दहाल, पिडित पनि दहाल । यी तलका दुइवटा समाचार पढ्दा नै थाहा हुन्छ नि जताजतै दहाल । 
----------------------------------------------------------------
भद्रपुर नपा-१२ को कालिमन्दिर अगाडि ०६५ साउन ७ गते राति पौने ११ बजे अज्ञात समूहले सुतली बम विष्फोटन गराउँदा एक सर्वसाधारण घाइते भएका छन् । 

रातको समयमा एक्कासि ठूलो आवाजमा विष्फोटनको आवाज सुनिएको स्थानियवासी यज्ञ अधिकारीले बताएका छन् । सोही समयमा कामको सिलसिलामा चन्द्रगढीबाट भद्रपुरतर्फजाँदै गरेका चन्द्रगढी गाविस-६ का २६ वर्षीय विक्रम दहाललाई उक्त सुतली बमको छर्रा लागेर सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय भद्रपुरका र्सइ चर्तुभुज घिमिरेले बताएका छन् । उनको बायाँ खुट्टामा सामान्य चोट लागेको र स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भएको उनले बताएका छन् । 

बम कसले र किन विष्फोटन गराएको हो भन्ने कुराको अनुसन्धान भइरहेको भए पनि हालसम्म पत्ता लाग्न नसकेको सई घिमिरेले बताएका छन् ।
------------------------------------------------------------------- 

दमक नपा-१० खरखरेकी सीता दहाललाई ०६५ साउन ८ गते बिहान पति होम दहालले खुकुरीले काटेर हत्या प्रयास गरेका छन् ।
 

घरायसी वादविवादका कारण लगातार झै-झगडा हुँदै आएकोमा आज पनि उनीहरूबीच बिहान सवेरै विवाद सुरु भएको थियो । त्यसपछि पति दहालले एक्कासि खुकुरी निकालेर प्रहार गरी हत्याको प्रयास गरेका थिए । पीडितको दुवै हात, कम्मर र अनुहारमा गहिरो चोट लागेको र हाल चिन्ताजनक अवस्थामा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको तथा पीडक फरार रहेको दमकका असई युवराज बस्नेतले बताएका छन् । 
 
घटनाको अनुसन्धानको लागि प्रहरीले पीडकका बुबा, आमा र कान्छी पत्नीलाईर् इलाका प्रहरी कार्यालय दमकमा बोलाएर सोधपुछ गरिरहेको बताइएको छ ।

--------------------------------------------------------------------------
नोट : यो व्लगर पनि दहाल नै भए पनि आफ्नो थरको प्रचार गरेको होइन है । 

Tuesday, July 22, 2008

मोबाइल आतंक




अहिले पूरै संसारलाई मोबाइलको आतंकले खलबलाएको छ। यसको विकिरणको जालोले विश्वभरि एकैपल्ट आतंक मच्चाएको छ। संसारमा कुनै स्थान छैन, जहाँ हामी सुरक्षित हुन सक्छौं। हामीलाई चारैतिरबाट खतराका चिन्हहरूले घेरिरहेका छन्। यो अदृश्य शक्तिशाली जालोप्रति मानिसको आकर्षण दिनप्रतिदिन बढिरहेको छ। 
युरोप र विकिसित देशहरूमा मोबाइलबाट हुने खतराको प्ररिक्षण भएपछि मोबाइल प्रयोगकर्ताको संख्या घटिरहेको छ, तर नेपालमा यसले फेसनको रूप लिइरहेको छ। तर थोरै नेपालीलाई मात्र मोबाइलबाट हुने बेफाइदाको जानकारी छ । विज्ञानको फल सधैंभरि मीठो हुँदैन भन्ने कुरा त अल्बर्ट आइनस्टाइनले आफैं ज्ञानका कारण जीवनको अन्त्यमा पश्चताप गरेको प्रसंगले पुष्टि गर्छ। भर्खरै अष्ट्रियामा गरिएको एक अध्ययनले मोबाइल कति घातक छ भन्ने देखाएको छ। एउटा गाईवस्तु चराउने चौरमा मोबाइलको टावर राखिएको रहेछ। त्यो टावरमुनि गएर बसेका गाईहरू दिनदिनै बिरामी पर्न थालेपछि फार्म मालिकले टावरबाट असर गरेको हो कि होइन भनेर बुझ्नका लागि बिरालो, कुकुर र घोडा लगेर टावरमुनि राख्न थाल्यो। गाईलाई झै ती वस्तुहरूलाई पनि नकारात्मक असर गरेपछि उसले अनुसन्धानकर्तालाई अनुसन्धान गर्न लगायो। अनुसन्धान गर्ने क्रममा वैज्ञानिकहरूले टावरमुनि एउटा कोठा निर्माण गरी टावरको विकिरण सीधै त्यो कोठामा पर्ने गराए र त्यसमा बोइलर कुकुरा उत्पादन गर्न अन्डा राखियो। विकिरणले गर्दा कतिपय अन्डाबाट चल्ला निस्कने, चल्ला उत्पादन भएपछि पनि ती अस्वस्थ रहे र कतिपय स्वस्थ देखिएका कुकुराहरूको मासुमा समेत खतरा देखापर्‍यो। त्यो कुरा वैज्ञानिकहरूले सरकारलाई जानकारी गराए। तर सरकारले व्यापार घाटामा जाने भएकाले यो कुरालाई गुपचुप राख्ने प्रयास राख्यो। यसको विकिरणले मोबाइल प्रयोग कर्तालाई मात्र नभएर प्रयोग नगर्नेलाई पनि असर गर्छ। मोबाइल फोन गर्दा र उठाउँदा झन् बढी हानिकारक गर्छ। जर्मनी र जापानमा पनि मोबाइलबाट हुने हानिकारकको विषयमा थुप्रै अनुसन्धान भइसकेको छ। जापानमा एउटा रोचक र हानिकारक घटना घटेको थियो। एक व्यक्तिको मोबाइल हराए छ, उसले घरको फोनबाट आफ्नो मोबाइलमा फोन गर्‍यो। मोबाइल बज्यो कहाँ त भन्दा आफैंले पालेको कुकुरको पेटमा। शल्यक्रिया गरेर उक्त मोबाइल कुकुरको पेटबाट निकालियो, तर यसलाई साधारण प्रकारले मात्र लिइयो। यहाँ साधारण कुरालाई गहिरो रूपमा लिइन्छ, गहिरो कुरालाई साधारण रूपमा लिइन्छ। यसको विकिरणले आँखा, नाक, कान, मुटु, फोक्सो सबैलाई छेडेर यात्रा गर्छ। यो सबैतिर बगिरहेको छ। मैले मोबाइल निस्केदेखि नै यो खतरा छ भनेर भन्दै आएको थिएँ, त्यतिबेला मलाई हास्यपात्र बनाइयो। तर अहिले प्रमाणित भइरहेको छ। जून, तारा, सूर्य, चट्टानलगायतबाट पनि विकिरणहरू आइरहेको हुन्छ। यो प्राकृतिक विकिरण हो , तर कृत्रिम विकिरणले सम्पूर्ण प्राणी र प्रकृतिलाई नकारात्मक असर गर्छ। अहिले पैसाको लोभमा ठूल्ठूला घरमा मोबाइलका टावरहरू राखिएको देख्न पाइन्छ। म बस्ने ठाउँमा पनि एक शिक्षित व्यक्तिले आफ्नो छतमा मोबाइल टावर राखेर गर्व गरिरहेका थिए। अझ उनी विज्ञानका शिक्षक पनि हुन्। यसर परिवार, समाज, छिमेकी सबैलाई दीर्घकालीन असर गर्छ। मोबाइल शारीरिक रूपमा मात्र असर गरेको छैन, यसले विकृतिसमेत ल्याएको छ। आजका युवायुवतीहरू मोबाइल फोनलाई व्यापक रूपमा गलत कुराका लागि प्रयोग गरिरहेका छन्। स्कुल गएका विद्यार्थीहरू मोबाइलमा गेममात्र खेल्ने होइन, अश्लील चलचित्र राख्ने, खिच्नेसमेत गर्न थालेका छन्। अभिभावकहरूले समेत छोराछोरीलाई यस्तो हानिकारक वस्तु दिएर गर्व गर्छन्। हुन त नेपालीहरू क्याबिन र राति डिस्को गएर लथालिंग भएका छोराछेरीहरूप्रति त सचेत छैन। यो त अदृश्य खतरनाक भयो? राज्यले पनि घुस खाएर नेपालमा वेश्यावृत्ति गराइरहेको छ। जनताले थाहा नै नपाएको र फेसनको रूपमा प्रयोग भएको मोबाइलको विषयमा राज्यले सजिलै सोच्ला भन्नु पनि मूर्खता नै हो।  
त्यसैले जनता आफैं सचेत हुने बेला आएको छ। अति आवश्यक पर्ने व्यक्तिहरूले बाहेक जथाभावी रूपमा प्रयोग नगर्नका लागि सरकारले बेलैमा सोच्नुपर्छ। पश्चिमी मुलुकबाट विकृति सिक्नमा निकै अगाडि रहेको सरकार यस्ता विषयमा निकै कमजोर देखिन्छ। मोबाइलका अन्य आतंकहरू थुप्रै छन्। यी सबैभन्दा ठूलो आतंक स्वास्थ्यमा परेको छ। विकसित राष्ट्रहरूले स्कुले उमेरका बच्चालाई मोबाइल प्रयोग गर्न वञ्चित लगाउँदै आएका छन्। यहाँ यसले फेसनका रूप लिइरहेको छ। कर र फाइदा हेरेर सरकारले जनताको स्वास्थ्य र समाजमा फैलिने विकृतिलाई मध्यनजर गरेर बेलैमा सचेत हुनुपर्ने हो। मोबाइलले मतिभ्रष्टमात्र गराउँदैन, आध्यात्मिक यात्रामा समेत यसले रोकावट ल्याउँछ। जस्तै, माटोमा बीउ राखेर त्यसमाथि कुनै गह्रौं चिजले थिचिदियो भने त्यो बीउ उमार्न सक्छ त? सक्दैन। त्यस्तै, यसले तेस्रो आँखामा असर गर्छ। तेस्रो नेत्रबाट जुन तरंग ९० डिग्रीमा बसेको हुन्छ। त्यसलाई मोबाइलको विकिरणले खलबलाइदिन्छ। मानिसहरू मानिसक रोगी हुनुमा यसको ठूलो हात छ। मोबाइलमात्र होइन, टिभी, कम्प्युटर, इन्टरनेटलगायतका वस्तुहरू पनि त्यतिकै हानिकारक छन्। त्यसैले यी भौतिक वस्तुहरू अति आवश्यक पर्दामात्र चलाउँदा राम्रो हुन्छ। यसको प्रयोग अत्यधिक गर्नेको मन भड्कने, विचलित हुने, डिप्रेसन हुने, मन मस्तिष्क स्थिर नहुने हुने हुन्छ। त्यसैले यस्तो वस्तुहरूको कम प्रयोग गर्नुपर्छ र मोबाइल टावरहरूलाई मानवबाट टाढा राख्नुपर्ने देखिन्छ। जनतालाई अस्वस्थ बनाएर सरकार धनी हुनु भनेको जाडोमा घरमा आगो लगाएर आगो ताप्नु जस्तै हो। 
 

Monday, July 21, 2008

कथावाचक


कथावाचकले आफ्नो कथा यसरी प्रारम्भ गर्नुभो- "सबैले मलाई प्रधानमन्त्री भन्थे । म धेरैपटक प्रधानमन्त्री भएँ, कतिपटक भएँ, सम्झनासमेत छैन । मैले आफ्नो वास्तविक नामसमेत बिर्सिएँ, मलाई के लाग्न थालेको थियो भने मेरो नाम प्रधानमन्त्री हो । कुनै बेला मोरङतिर खरदारबाजे भनेपछि पिताजीलाई चिनिन्थ्यो, त्यसैगरी प्रधानमन्त्री भन्नासाथ मान्छेहरू मलाई चिन्थे ।"
एक दिनको कुरो हो । कथावाचकले कुनै महत्त्वपूर्ण घटनाको सम्झना गर्नुभो । कास्कीतिरको सिस्लेकबाट गृहमन्त्रीले एक जना अधबैँशेलाई समातेर ल्याए । तिनले मलाई उनको परचिय गराउँदै भने, "यी सज्जन साह्रै उपयोगी मानिस हुन् ।" मैले तिनलाई सोधेँ, "को हौ तिमी ?"
उनले आफूलाई जङ्गलतिर बसेर सिकार खेल्ने मानिस हुँ भनी बताए । प्रत्येक वाक्य बोल्दा बीचबीचमा कुम उचाल्दै, भुँडी भित्र र बाहिर पारेर हाँस्ने तिनलाई मैले सोधेँ, "कति सिकार गर्‍यौ ?" तिनले भने, "त्यस्तै १२-१५ हजार ।" मैले भनेँ, "तिमी आतङ्ककारी रहेछौ ।" तिनले प्रतिवाद गरे । उनले भने, "म आतङ्ककारी होइन, क्रान्तिकारी हुँ ।" 
मैले यस विषयमा धेरै विवाद गरनिँ । भनेँ, "तिमी पक्कै कम्युनिस्ट हुनुपर्छ ।" उनले स्वीकार गर्दै भने, "हो, म मिसावटरहित कम्युनिस्ट हुँ ।" मैले बताएँ, "त्यही भएर त यतिका मानिसको सिकार गर्न सक्यौ ।" त्यसपछि थपेँ, "सच्चा कम्युनिस्ट क्रूर र धूर्त हुन्छन् ।"
ती भुँडी हल्लाएर हाँसे । भने, "गिरिजाबाबु पनि मजाक गर्नुहुन्छ ।" 
मैले सोधेँ, "अब के गर्र्छौ ।" तिनले आफ्नो योजना बताए । मैले सोधेँ, "सिकार खेल्न छाड्छौ -" उनले जवाफ दिए, "होइन । सिकारको शैली परविर्तन गर्छु, जङ्गलमा भौँतारिएर सिकार गर्दा ठूलो कष्ट भयो, अब त्यसो गर्दिनँ ।"
"कसको सिकार गर्र्छौ ?" मैले सोधेँ ।
"तपाईंको," तिनले जवाफ दिए र एकपटक पुनः भुँडी उचालेर हाँसे ।
"ठट्टा नगर !" मैले उनलाई गम्भीर हुन आग्रह गर्दै भनेँ, "बरु यसो गर !"
"कसो ?" तिनले सोधे ।
"पार्टी कार्यालय खडा गर, चुनाव लड र जित्यौ भने मन्त्री बन," मैले उनलाई सल्लाह दिएँ ।
तिनले भने, "एउटा र्सतमा ।"
मैले सोधेँ, "कुन र्सत ?"
उनले आफ्ना सहयोगीहरूलाई पुनःबासको माग गरे । सरकारले तिनको भरणपोषणको ग्यारेन्टी गर्नुपर्ने बताए । मैले 'हुन्छ' भनेँ । उनले आफ्ना थप सहयोगीलाई सत्ता र भत्ताको व्यवस्था गर्नुपर्छ भने । मैले पनि एउटा र्सत राखेँ । भने, "तिमीले मेरो र्समर्थन गर्नुपर्छ ।" सोधेँ, "यहाँ एकथरी कम्युनिस्टले मलाई दुःख दिएका छन्, तिमी अर्कोथरी कम्युनिस्ट थपिएर मलाई अझ अप्ठ्यारो पार्न पाउँदैनौ ।"
ती गम्भीर देखिए । तिनले भने, "तपाईंलाई दुःख दिनेहरू कम्युनिस्ट होइनन्, ती चिप्लेहरू घरी यता चिप्लिन्छन्, घरी उता चिप्लिन्छन्, त्यस्ता चिप्लेलाई हामी ठेगान लगाउँछौँ ।"
मलाई तिनका कुरा सुनेर खुसी लाग्यो । सोचेँ, एउटा कम्युनिस्टका विरुद्ध अर्को कम्युनिस्टलाई घोडा चढाउँछु, म भने कुर्सीमा चढिरहन्छु ।
मैले तिनका हरेक कुरा मानेँ । कालान्तरमा चुनाव भयो, चुनाव हुनुअघि एउटा कुरा भयो । राजा नराख्ने टुङ्गो भयो । चुनावपछि राजाको साटो राष्ट्रपति राख्नुपर्छ भन्ने निधो भयो । चुनावमा दुईथरी कम्युनिस्ट दुईतिर फर्किएर एकअर्कालाई गाली गर्थे, मलाई सञ्चो लाग्थ्यो ।
कम्युनिस्टको भोट काटाकाट हुँदा मलाई फाइदा हुन्छ, चुनाव जितिहालिन्छ भनेर म चुनाव प्रचारमा समेत हिँडिनँ । तर, सोचेजस्तो भएन, मेरातिरका उम्मेदवार सोत्तर भए । तैपनि मैले भनेँ, "मिलेर जानुपर्छ, बाँडेर खानुपर्छ ।" ती मानिस केही बोलेनन् । तिनले भने, "मलाई आतङ्ककारी भन्ने तपाईं होइन ?"
मैले भनेँ, "तिमीलाई जङ्गलबाट बोकाएर सहर पसाउने पनि मै हुँ ।" तिनले भने, "देशमा अशान्ति मच्चाउने भनेर मलाई आरोपित गर्ने तपाइं होइन ?" मैले भनेँ, "शान्तिप्रक्रियामा सामेल गरेर तिमीलाई इज्जत दिलाउने मै हुँ ।" उनलाई हरेक तरहले सम्झाउने कोसिस गरेँ तर तिनले मानेनन् ।
उनले उल्टै भने, "तपाईंले प्रधानमन्त्री छाड्नुपर्छ ।" म केही बोलिनँ । उनले दोहोर्‍याएर पद छाड्न आग्रह गरेपछि मैले सोधेँ, "तिमीले मलाई के गरेको ?"
"सिकार गरेको !" तिनले आफ्नो मुखाकृतिलाई कठोर बनाएर भने, "तपाईंको सिकार नगरी मेरा भावी योजना सफल हुँदैनन् ।" कुनै बेला तिनले ठट्टा गरेको ठानेको कुरो सत्य सावित होला भन्ने मैले सोचेको थिइनँ । तथापि, मैले भनेँ, "मिलेर जानुपर्छ, बाँडेर खानुपर्छ ।"
उनले आफूलाई मिलेर जाने र बाँडेर खाने कुरामा विश्वास नभएको बताए ।
उनले सोधे, "तपाईंसँग के छ र बाँडेर खानू ?"
मैले भनेँ, "प्रजातन्त्र ।" उनले भने, "त्यो त तपाईंले बेचेर खाइसक्नुभो ।" मैले सोधेँ, "कसलाई बेचेँ ?"
तिनले भने, "मलाई बेचेको बिर्सनुभयो !" अनि, उनले १२ बुँदेदेखि २७ बुँदेसम्मका अनेकथरी कागजमा मैले गरेका सहीछाप देखाए ।
मैले भनेँ, "यो धोका हो, मैले शान्ति प्रक्रियामा तिमीलाई सामेल गर्न गरेका हस्ताक्षरलाई प्रजातन्त्रको बिक्रीनामा भन्न मिल्दैन ।" उनले मानेनन्, तिनले प्रजातन्त्रको लालपुर्जा आफ्नो नाममा आइसकेको जिरह गर्दै भने, "तपाईंसँग अब प्रजातन्त्रको 'प'समेत बाँकी छैन ।"
म तिनका कथनले आहत भएँ । प्रजातन्त्र मेरो जन्मथलो र कर्मथलो दुवै थियो, यसबेला त्यसको स्वामित्व मसँग थिएन । मैले आफ्नो स्वरलाई यथाशक्य नरम बनाएर भनेँ, "अझै मिलौँ, मसँग राष्ट्रियता बाँकी छ ।"
ती मानिस मेरो कुरा सुनेर तेस्रोपटक भुँडी हल्लाएर हाँसे । अनि सोधे, "राष्ट्रियता बन्धकी राखेर प्रजातन्त्रको छाप्रो हालेको बिर्सनुभो ?"
तिनले मसँग क्रूर प्रश्न गरे, "छिमेकी साहूकहाँ बन्धकी राखेको राष्ट्रियता कसरी तपाईंसँग हुन्छ !"
म केही बोल्न सक्ने अवस्थामा थिइनँ । थकित स्वरमा मैले भनेँ, "ठीकै छ, प्रजातन्त्र तिम्रो जिम्मा भो, राष्ट्रियतासमेत मबाट उम्कियो, एउटा राष्ट्रपतिसम्म मलाई छाड ।"
तिनले भने, "डुँडुलो नै मलाई दिइसक्नुभो, औँलाको लोभ किन गर्नुहुन्छ !" त्यसपछि उनले पुनः भुँडी हल्लाउन थाले । सोच्दैछु, यिनले खूब भुँडी हल्लाए भने म तिनको गिदी हल्लाउनेछु ।
कथा सकिएको छैन । 
 
(नेपालबाट)

Sunday, July 20, 2008

शिविरमा सिलाइ

भूटानी शरणार्थी क्याम्प, बेलडाँगीमा सिलाइ कर्टाई तालिम लिइरहेका युवतीहरु । 


IOM ले तेश्रो मुलुकमा लैजाने भएपछि शरणार्थीहरुमा सिलाइ कटाइ, ड्राइभिङ्ग, कम्प्यूटर आदि जस्ता सिपमूलक तालिम लिने क्रम त्रि्र रुपमा बढेको छ । 







Friday, July 18, 2008

शुभकाममा विलम्ब नगर्नु

- स्वामी आनन्द अरुण

एक समय हेटौंडा औद्योगिक क्षेत्रमा मेरो एउटा प्रोजेक्ट थियो - छाला उद्योग कारखाना । त्यहा ढलान भइरहेको थियो । बीचमा मलाई के आभास भयो भने गोख्लेबाबाले मलाई जोडले सम्झिरहेका छन् । इन्जिनियरले सामान्यतः ढलानको बेलामा साइट छोड्न मिल्दैन । तर त्यो आकर्षा यति सशक्त थियो कि मैले आफ्ना सहयोगीलाई केही समयको लागि मेरो काम हेरिदिन अनुरोध गर्दै म मोटरसाइकल लिई बाबाको आश्रमतिर लागेँ । बाटोमा बाबाको लागि मैले केही खानेकुरा र फलफूल लगेको थिएँ । आश्रम पुगेर के देख्छु भने उनी आफ्ना इष्टदेव दत्तात्रयका अगाडि बडो दुःखी र उदास बसिरहेका छन् । मैले ल्याएको भेटी उनलाई चढाएँ । उनी प्रसन्न भएर भने, 'म प्रत्येक दिन दत्तात्रय भगवान्लाई केही न कही चढाउछु । आज आश्रममा चढाउने केही पनि भएन र त्यसैले अत्यन्त दुःखी थिए । यसैकारण परमात्माले तपाईंलाई तानेर यहा ल्याइपुर्याए ।' 

एक दिन त्यस्तै उनीप्रति तीव्र आकर्षा महसुस गरेर म उनको आश्रममा पुगेँ । त्यो बेला पनि उनी गहन समस्यामा परेका रहेछन् । उनलाई झाडापखाला लागेको थियो र अत्यन्त अशक्त भएका थिए । उनी दिसापिसाबका लागि जंगल गएका बेला कुनै निर्दयीले आश्रममा भएका भाँडाकँडा र उनका लुगाफाटा पनि चोरिदिएछ । आश्रम बिल्कुलै रित्तो देखेर मलाई पनि असëय पीडा भयो । सारा संसार छोडेर वनमा एक्लै साधना गर्न गए पनि समस्याले छोड्दैन भन्ने ओशोको कथन याद आयो । सब व्यवहार छोडेर कहीँ एकान्तमा गई तपस्या गर्ने पलायनवादी प्रवृत्ति मभित्र बच्चादेखि थियो । यो घटनाले मलाई राम्रो पाठ दियो । 

उनी पत्रपत्रिका र पुस्तक नपढे पनि आन्तरिक रूपले घटनाहरू महसुस गर्थे । एकपटक म उनीकहा पुग्दा उनले मलाई भने, 'धेरै आत्माहरूले क्रन्दन गरेको मैले राति सुनेँ ।' उनले सोधे, 'संसारमा के कहीँ ठूलो दुघटना त भएन - कतै धेरै मानिसको जीवन कष्टमा त परेको छैन -' उनका यी प्रश्नले मलाई छक्क पारे । यही राति न्यु मेक्सिको सिटीमा ८.१ रेक्टरको विनाशकारी भुइँचालो गएको र हजारौं मानिस मरेका र अपरिमेय धनजनको क्षति भएको थियो । उनले अगाडि थपे, 'आपके गुरु तो बडे त्रासदीपूर्ण समय की संकेत अपने प्रवचनो में करते आ रहे है । वह प्रारम्भ हो गया । सारे संसार में बहुत हिंसा, विध्वंस और विपत्ति आनेवाली है ।' यसले मलाई ओशोका दुइटा अभिव्यक्ति स्मरण भयो । निर्विचार भइसकेको मनले संसारका घटनाको बोध गर्न सक्छ किनभने ती घटनाले सूक्ष्म जगत्मा ठूला हलचल ल्याउछन् । संसारमा कहीँ पनि विपत्ति आवोस् उनीहरूको हृदयमा त्यसप्रति स्वतः सह-अनुभूति -इम्प्याथी) जन्मछ । दोस्रो, हामीले प्रकृतिका साथ धेरै दुर्व्यवहार गरेका छौं, हाम्रो जीवनदर्शन र शैलीमा एक ठूलो परिवर्तन आएन भने विश्वले ठूलो जनधनको क्षति व्यहोर्नु पर्नेछ । मनुष्य चेतनामा यही रूपान्तरणका लागि ओशोले आफ्नो पूरा जीवन समर्पित गरे । 

अन्तिमपटक मेरो गोख्लेबाबासग भेट उनले शरीर छोडनुभन्दा केही दिनअघि मात्र भएको थियो । म पेसागत कार्यको सिलसिलामा गाडी लिई वीरगञ्ज गएको थिएँ । बाटोमा मैले उनको दर्शन गरेको थिएँ । त्यो मेरो उनीसग अन्तिम सत्संग थियो । उनको शरीर कमजोर भए पनि उनी प्रसन्न र प्रफुल्लित देखिन्थे । म रक्सौल गइरहेको छु, आश्रमलाई केही चाहिन्छ कि भनेर मैले सोधँ । उनले मलाई बडो सहजतापूवक भने, 'मुङको राम्रो दाल पाइयो भने ल्याइदिनु होला ।' रक्सौलमा मैले उनका लागि मुङको दाल किनेको थिए । मसग अरू इन्जिनियर मित्रहरू पनि थिए, सगै हिँडेको हुनाले बाटोमा ढिलो भयो र हेटौंडा आइपुग्दा रातको १० बजिसकेको थियो । म आश्रमछेउ पुगेँ । वातावरण निःशब्द मौन र चकमन्न थियो । बाबा सुतिसकेका थिए । म दाल पुर्याउन माथि जान खोज्दा मलाई साथीहरूले जंगलको बाटो मध्य राति चढ्न दिएनन् । आज हेटौंडै वास बसौं, भोलि बिहानै बाबाको दर्शन गरेर काठमाडौं जाउला भनेर मैले प्रस्ताव गरँ । साथीहरूले अगाडि नै नारायणघाटमै वास बस्ने तारतम्य मिलाएका रहेछन् । उनीहरू हेटौंडा बस्न मानेनन् । मैले पनि सही निर्णयलिन सकिनँ, लाचारपूवक नारायणघाटतिर लागेँ । धेरै समयसम्म त्यो दालको पोको मसगै रëयो र त्यसले मलाई घचघच्याइरहन्थ्यो । त्यो जोगीको कोसेली उनकै हातमा पुर्याउन पाए हुन्थ्यो भन्ने विचार मनमा उठिरहन्थ्यो । 

त्यसपछि कार्यव्यस्ताताले म केही दिनसम्म हेटौंडा जान सकिनँ । पछि तारतम्य मिलाएर म उनको कोसेली लिई हेटौंडा पुगेँ । तलसडकबाट हेदा नै बाबाको कुटी परित्यक्त र जीर्ण लाग्यो । सडकको किनारमा एक महिला सधैं गिटी कुटिरहेकी भेटिन्थिन्, उनी बाबालाई चिन्थिन् । मैले उनलाई सोधेँ, 'बाबा कतै बाहिर गएका त छैनन्, माथि नै हुनुहुन्छ -' उनले भनिन्, 'ए बाबा बितेको त १५ दिन भइसक्यो ।' म झस्किएँ । उनी भन्दै थिइन्, 'अहिले त्यहा कोही बस्दैन । गाउलेहरूले त्यहाका काठपात पनि झिकेर लान थालिसके ।' यो सुनेर हृदयमा ठूलो अघात भयो । एकछिन म स्तब्ध भए । उनको शान्त र प्रफुल्लित छवि एक टक भई मेरा आखा अघि स्थिर भयो । बाबाबाट पाएको प्रेम, आत्मीयता र यो अनपेक्षित विछोडको सम्मिलित पीडाले मेरा आखा रसाए । केही महिनाअघि उनी यही भएका बेला त्यहासम्म गएर पनि उनलाई नभेटी र उनकै लागि किनेको दालको पोको भेटी चढाउन नसकेकोमा बडो ग्लानि र पश्चात्ताप लागिरëयो ।
म त्यहीँ सडकमा दालको पोको राखी रुन थालेँ । तर जति रोए पनि अब उनको दर्शन सम्भव थिएन । जीवनमा भोलिको कुनै भरोसा नहुदो रहेछ । दान, पुण्य र साधु सत्संगको कार्यलाई कहिल्यै पनि पछि सार्नु हुदोरहेनछ । 

पछि यो सारा वृत्तान्त आफ्ना गुरुलाई सुनाए । गुरुले मलाई ढाडस दिँदै भन्नुभयो, 'उनको लागि धेरै चिन्ता नगर । उहा मृत्यपूव निर्वाण प्राप्त गरेर जानुभयो । अब उनलाई फेरि यो संसारचक्रमा आउनु पर्दैन ।' यो सुनेर मेरो उद्वेलित मन केही शान्त भयो । ११८ वर्षो उमेरसम्म वनमा एक्लै निरालम्ब, निराधार कठिन तपस्या गरेको योगीको प्रयास र्व्यर्थ गएनछ । निर्वाणको यस महायात्रामा उनीजस्तै कति अज्ञात साधक तपस्यारत होलान् - तिनको प्रयासलाई नमन । 

 

साइबर सेक्स


यसरी नियमन गर्न सकिन्छ


पोर्नोग्राफी (नग्न तस्बिर/चलचित्र)लाई प्रायः अश्लीलतासँग जोडेर हेर्ने गरिन्छ। यौन, यौनिकता र अश्लीलताका मापदण्ड समाज अनुसार अलग-अलग हुन्छन्। त्यसैगरी पोर्नोग्राफीसम्बन्धी कानूनी प्रावधानहरू पनि अलग-अलग छन्। धेरैजसो मुलुकले आंशिक वा कलात्मक हिसाबले तायार पारिने सफ्टकोर पोर्नोग्राफीलाई छुट दिएका छन् भने भद्दा नग्नतालाई दर्शाउने हार्डकोर पोर्नोग्राफीलाई नियमन गरेका छन्।

बेलायतको द अब्सिनिटि ऐक्ट, १९६४ ले व्यक्तिको मस्तिष्कलाई नकारात्मक असर पुर्‍याउने खालका नग्न सामग्रीलाई अश्लील मानेको छ र तिनलाई प्रकाशन गर्न नपाइने व्यवस्था गरेको छ। अमेरिकी संविधानको दोस्रो संशोधनले अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन नपाइने व्यवस्था गरे पनि अदालतले यसलाई सीमाविहीन रूपमा हेरेको छैन। मिलर विरुद्ध क्यालिफोर्निया (१९७२) मुद्दामा अदालतले अश्लीलताका आधारमा मुद्दा चलाउन सक्ने तीन अवस्था प्रस्तुत गरेको छ― उक्त अभिव्यक्ति औसत व्यक्तिको दृष्टिकोणबाट समकालीन समाजको मापदण्ड अनुरुप आसक्ति जगाउने खालको छ कि छैन? त्यस्तो गतिविधि वा वस्तुलाई स्थानीय कानूनले निषेध गरेको छ वा छैन? र, उक्त गतिविधि वा वस्तुले कलात्मक, साहित्यिक, राजनीतिक वा वैज्ञानिक मूल्य राख्छ कि राख्दैन? यी प्रश्नहरूमा नकारात्मक उत्तर आउँछ भने संविधानको दोस्रो संश्ाोधनले संरक्षण नगर्ने निर्णय अमेरिकी अदालतको छ।

साइबर पोर्नोग्राफीलाई नियमन गर्ने कानून सबैभन्दा अघि अमेरिकाले नै ल्याएको हो। सन् १९९६ मा अमेरिकी कङ्ग्रेसले तत्कालीन राष्ट्रपति बिल क्लिन्टन प्रशासनद्वारा प्रस्तुत कम्युनिकेशन डिसेन्सी एक्ट (सीडीए) पारित गरेको थियो। ऐनमा भनिएको थियो, “बालबालिकासम्म पुग्ने गरी प्रसारण गरिएका अश्लील सन्देश तथा समकालीन सामाजिक मापदण्डअनुसार स्पष्ट रूपमा गैरकानूनी हुनेगरी गरिने यौनाङ्गको प्रदर्शन वा यौन गतिविधिको प्रस्तुति निषेध गर्न सकिनेछ।” यद्यपि अदालतले अश्लील सन्देश तथा स्पष्ट रूपमा गैरकानूनी भन्ने शब्दहरू अत्यन्त व्यापक अर्थ दिने खालका भएको व्याख्या गर्दै अभिव्यक्ति स्वतन्त्रता विरोधी भनेर खारेज गर्‍यो। त्यसपछि कङ्ग्रेसले पारित गरेको बालबालिकालाई तात्विक रूपले हानि गर्ने सामग्री प्रसारण माथि प्रतिबन्ध लगाउने अर्को ऐनलाई पनि अदालतले प्रसारणमा रोक लगाउँदा वयस्कहरूको अभिव्यक्ति स्वतन्त्रता हनन् हुनेछ भनेर खारेज गरेको थियो।

अमेरिकाको चिल्ड्रेन्स इन्टरनेट प्रोटेक्सन एक्ट २००२ले मस्तिष्कलाई नकारात्मक असर गर्ने खालको सामग्रीमा बालबालिकाहरूको पहुँच रोक्ने उद्देश्यले आवश्यक प्रविधि अपनाउनुपर्ने व्यवस्था गरेको छ। यसअनुसार संघीय अनुदानप्राप्त पुस्तकालयहरूमा अश्लील दृश्य हेर्न तथा चाइल्ड पोर्नोग्राफी हेर्न रोक लगाउने गरी फिल्टर प्रयोग गर्न छुट दिइएको छ, तर अनुसन्धानका लागि भने रोक लगाइएको छैन।

नेपालः कमजोर कानून
नेपालमा पोर्नोग्राफीलाई सम्बोधन गर्ने खासै कानून छैन। यससम्बन्धमा सार्वजनिक अपराध र सजाय सम्बन्धी ऐन, २०२७ आकर्षित हुन्छ, जसले अधिकतम दुई वर्षसम्मको जेल सजाय र सामग्री जफत हुने कानूनी व्यवस्था गरेको छ।
साइबर गतिविधिलाई समेट्ने प्रयास गरेको नेपालको विद्युतीय कारोबार सम्बन्धी ऐन, २०६३ को दफा ४७ ले गैरकानूनी प्रकाशनमा प्रतिबन्ध लगाउँदै कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने तथा यस्तो कसूर पटक-पटक गरेमा अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेव्यवस्था गरेको छ। तर, यो कानूनले स्पष्ट रूपमा अनलाइन पोर्नोग्राफीलाई समेटेको छैन। यसलाई अन्य नेपाल कानूनसँग पनि जोडेर हेर्नुपर्ने हुन्छ।

इन्टरनेटमा व्यक्तिले खास मनसाय राखेर कुनै साइट खोलेमा मात्र सम्बन्धित साइटको विषयवस्तु हेर्न सकिने भएका कारण यो अन्य माध्यम भन्दा उदार हुनुपर्छ भन्ने जमात पनि ठूलो छ। तैपनि भिन्नभिन्न स्वरुपमा इन्टरनेटको नियमन हुँदै आइराखेको छ। सामान्यतः इन्टरनेट नियमन गर्ने चार तरिका छन्ः पहिलो तरिका हो प्रशासनिक, जसअनुसार इन्टरनेटको प्रशासनिक प्रक्रिया झ्न्झ्टिलो बनाउने, अधिक कर लिने, अनुमति पत्र लिनुपर्ने व्यवस्था गर्ने प्रक्रियाहरू पर्दछन्। अर्को तरिका हो, फिल्टरको प्रयोग। यसअनुसार सम्बन्धित सेवा प्रदायकले सम्बन्धित प्रणालीमै वा सेवाग्राहीको कम्प्युटरमा खास किसिमको सफ्टवेयर प्रयोग गरेर खास किसिमका वेबसाइट वा सूचना रोक्न सक्दछन्। यो अत्यन्त बलियो माध्यम भएपनि यस किसिमको माध्यम प्रयोग गर्दा अन्य आवश्यक सूचना सामग्री समेत रोकिन सक्छन्। इन्टरनेट नियमनको तेस्रो तरिका हो, रेटिङ र लेबलिङ प्रणाली। यसरी वेबसाइटलाई वर्गीकरण गरेर खास किसिमको पेशा, उमेर वा क्षेत्रका व्यक्तिहरूलाई मात्र उपलब्ध गराइन्छ। धेरैजसो पोर्नोग्राफी साइटहरूले यही प्रणाली अपनाएका छन्। नियन्त्रणको अर्को तरिका छ― आत्म नियमन, जसअनुसार प्रयोगकर्ता वा निर्माताले कस्ता विषयवस्तु हेर्ने वा प्रसारण गर्ने आफैं तय गर्छन्। इन्टरनेटका प्रयोगकर्ता यो तरिका अपनाउन मन पराउँछन्।

एनेपालमा इन्टरनेट नियमनको आवश्यकताबारे अत्यन्त कम बहस हुने गरेको छ। हाल केही नेपाली वेबसाइटले मोडलिङ व्यवसाय प्रबर्द्धनका हिसाबले राखेका अश्लिल भन्न सकिने, तर अन्तर्राष्ट्रिय अभ्यासअनुसार सफ्टकोर पोर्नोग्राफीभित्र पनि पर्नसक्ने, फोटोहरूमा विवाद शुरु हुन थालेको छ। ती तस्बिरहरू भद्दा पोर्नोग्राफीभित्र पर्छन् या कलात्मकताको दायरामा आउँछन्, बहसको विषय बनेको छ।

पोर्नोग्राफीका सम्बन्धमा नेपाली समाजको नैतिकता एवं सञ्चारमाध्यम र अनलाइन माध्यमको सन्दर्भ के हो, नेपाली कानून स्पष्ट हुनु जरुरी छ। विद्युतीय कारोबार ऐन, २०६३ यस सन्दर्भमा अत्यन्त विरोधाभासपूर्ण छ। यस ऐन अनुसार अनलाइन पोर्नोग्राफीलाई सार्वजनिक अपराध र सजाय सम्बन्धी ऐन २०२७ नै भिडाउनुपर्ने देखिन्छ, जुन आफैंमा अपुरो र संशोधन गर्नुपर्ने खालको छ।

(अधिवक्ता अर्याल काठमाडौं सेन्टर फर साइबर स्टडिजका अध्यक्ष हुन्।)

--------------------------------------------------------
चाइल्ड पोर्नोग्राफी

पोर्नोग्राफीलाई दुई प्रकारमा विभाजन गरिन्छ― वयस्क र चाइल्ड। प्रायः विकसित देशहरूले पहिलो वर्गको विषयवस्तुलाई छुट दिएका र दोस्रो वर्गलाई अत्यन्त कडाइका साथ निषेध गरेका छन्। अमेरिकामा वयस्क पोर्नोग्राफीलाई छुट दिइएको छ भने चाइल्ड पोर्नोग्राफीमाथि कडा नियन्त्रण गरिएको छ।

अमेरिकी कानूनले चाइल्ड पोर्नोग्राफीलाई बालबालिकालाई संलग्न गराई तयार गरिएको यौनजन्य क्रियाकलापको तस्बिर वा चलचित्र उत्पादन तथा वितरण भनी परिभाषित गर्दै सङ्गीन अपराध मानेको छ। न्युयोर्क विरुद्ध फेर्बर (१९८२) मुद्दामा चाइल्ड पोर्नोग्राफीलाई निषेध गर्ने कानूनमा अमेरिकी संविधानको दोस्रो संशोधनको बन्देज लागू नहुने व्याख्या गर्दै अदालतले स्पष्टसँग भनेको छ, “राज्यलाई यौन क्रियाकलापमा बालबालिकालाई संलग्न गराई निर्माण गरिएको सामग्रीमा प्रतिबन्ध लगाउने अधिकार छ।”
(हिमालबाट)

Thursday, July 17, 2008

माओवादीले गरेको जग्गा कब्जाको विभिन्न क्षेत्रबाट विरोध

झापाको क्षेत्र नम्बर ६ आसपासका जग्गाहरु नेकपा माओवादीले कब्जा गरिएको भन्दै त्यस क्षेत्रका विभिन्न संघ/संस्था, नागरिक समाज, राजनीतिक दलहरुले बिरोध जनाएका छन् ।

गौरादह र तोपगाछीका स्थानियबासीहरुको जग्गा कब्जा गरी माओबादीले आम नागरिकको मानवअधिकारको हनन गरेको बिरोधमा सरोकारबालाहरुले माओबादीले सम्पूर्ण सम्झौताहरुको खिल्ली उडाएको बिहीबार प्रकाशित बिज्ञप्तीमा उल्लेख गरिएको छ । अगाडि भनिएको छ -कानुनी राज्यको मान्यता बिरुद्ध गरिएको गैह्र राजनीतिक गतिबिधिले माओबादी भित्र अराजक शैलि अझ हावि रहेको भन्दै कानुनी राज्यको अबधारणा अनुरुप चल्न आग्रह गरिएको छ ।

माओवादीले यस भेगका नागरिकको जग्गा फिर्ता दिई आफ्नो इमान्दारीता पनि देदाउन भनिएको छ । १० जना बासिन्दाहरुको जग्गा माओवादीले कब्जा गरिएको भनिएको छ । जग्गा कब्जा हुनेहरुमा गौरादह ३ का रत्नबहादुर श्रेष्ठ, सोही ठाउँका मित्रराज पाण्डे,भिमराज पाण्डे, प्रहलाद पाण्डे, तोपगाछी २ का प्रमकुमार भण्डारी, सोही ठाउँका मानबहादुर भट्टराइ गौरादह ३ का सियाराम राजबंशी गौरादह ४ का बलभद्र पौडेल र तोपगाछी १ का गणेश बस्नेत रहेका छन् । त्यसै गरी गौरादह ३ का चन्द्र सुब्बाले भाडामा संचालन गरेको स-मिल राजनीतिक पुवार्मग्रहका कारण कब्जा गरिएको उल्लेख छ ।

असार ३० गते बसेको सर्बदलिय बैठकले कब्जा गरिएको जग्गा तुरुन्त फिर्ता गर्न माओबादी पक्षसंग जोडदार माग गरिएको छ । देशको संक्रमणकालको फाइदा उठाइ तानासाही प्रबृति अझ हावि रहेको बताएका छन् । राजतन्त्रको तानाशाही प्रबृतिको अन्त्य गरी शान्तीको स्वच्छ स्वास फेर्न इच्छुक त्यस क्षेत्रका बासिन्दाहरु पुन सोही प्रबृतिको जातोमा पिसिन बाध्य बनाइएको बिज्ञप्तीमा भनिएको छ ।

बिज्ञप्तिमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति पुन्य सिग्देल, एमालेका यादब अधिकारी, राप्रपाका मोहन सुब्बा, लिम्बुवान परिषदका चन्द्र नेम्बाङ, जनमुक्ति पार्टीका नरकुमारी लिम्बू, उद्योग बाणिज्य संघका अमृत कटुवाल, शिक्षक यूनियनका बुद्धीमान कार्की ,मानवअधिकारवादी, लक्ष्मी भण्डारी लगायत छन् । उनीहरुले कब्जा गरिएको सम्पती फिर्ता नगरे कडा आन्दोलनको नेतृत्व गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Wednesday, July 16, 2008

देश हेर्न मन लाग्यो



- रुबिना खनाल

 





क्षितिजबाट चियाएर, देश हेर्न मन लाग्यो

परीसंग पंखसाटी उड्दै, देश पुग्न मन लाग्यो

मान्छेको भिडमा मेरो देशको, पहिचान खोज्न मन लाग्यो

क्षितिजबाट चियाएर, नेपाल हेर्न मन लाग्यो ।



परदेशमा मेरो देशको, छायाँ छुन मन लाग्यो

विहानीको किरणमा नेपालकै चित्र हेर्न मन लाग्यो

यो माटोमा जन्मभूमिको सुवास खोस्न मन लाग्यो

परदेशमा नेपालको छायाँ छुन मन लाग्यो ।



बताससंग बहँदै बहदै देश भेट्न मन लाग्यो

यहाँका बृक्षमुनि बसी आफ्नै छहारी सम्झन मन लाग्यो

मनभित्र आफै झाँकिएर देश स्पर्श गर्न मन लाग्यो

बताससंग बहदै बहदै नेपाल भेट्न मन लाग्यो ।




पल्टाएर पानाभरी देश कोर्न मन लाग्यो

अक्षरभरी पनि देशको रंग भर्न मन लाग्यो

मेरो देशको कथा व्यथा आज लेख्न मन लाग्यो

एक पटक आफैभित्र देश खोज्न मन लाग्यो ।





- सितापाईला, काठमाण्डौ हाल स्कटल्याण्ड
(hi5.com बाट)

Monday, July 14, 2008

बाहुनडाँडादेखि चिहानडाँडासम्म


अमेरिकी युवक जोन उड माइक्रोसफ्ट कम्पनीमा उच्च तहमा जागिर खान्थ्यो । त्यो बिजुलीजस्तो मान्छे वासिङ्टनमा खाना खाएर टोकियोमा चुठ्न पुग्थ्यो । मस्कोमा दाँत माझेर बेइजिङ्मा कुल्ला गर्न पुग्थ्यो । भौतिक सुखसुविधाका लागि ऊ संसारका सबै सुखसयल प्राप्त गर्न सक्षम थियो । यति हुँदा पनि उसको मन असन्तोष र छटपटीले बेचैन थियो । यही असन्तुष्टि र छटपटीका बीच एकदिन उसले जागिर छाड्यो, प्रेमिका छाड्यो र भौतिक सुखसुविधाका सम्पूर्ण स्रोतहरूलाई लात्तीले हानेर नेपालको बाहुनडाँडा भन्ने गरबि गाउँतिर लाग्यो । किंवदन्तीको पात्रजस्तो लाग्ने संसारकै सबभन्दा धनी व्यापारी विल गेट्ससँग कुम जोरेर माइक्रोसफ्ट कम्पनीको अन्तर्राष्‍ट्रिय व्यापारका बारेमा आफ्ना धारिला योजनाहरू प्रस्तुत गर्ने त्यो युवक नेपालका बाहुनडाँडा, कामीडाँडा र सार्कीडाँडाहरूका धुलाम्मे स्कुलका सिँगाने केटाकेटीहरूसँग अङ्कमाल गर्न पुग्यो ।  
जोन उडले लेखेको माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म पुस्तकको यो प्रारम्भिक कथा पढ्नासाथै मेरा मनमा अनेक तरङ्गहरू उठ्न थाले । मलाई लाग्यो, त्यो जोन उड भन्ने सात समुद्रपारिको कुइरे युवक गधा र चौँरीका डँडाल्नामा पुस्तकको थाक राखेर हाम्रो देशको गाउँका केटाकेटीलाई शिक्षित बनाउन उकालोतिर चढ्छ, हामी गधाहरू भने राष्ट्रिय ढुकुटीबाट टन्न दाना खान्छौँ र उन्मत्त हुँदै सिंहदरबार र बालुवाटारका चौरमा एकअर्कालाई जोर लात्तीले हानेर लडाउन प्रयास गर्र्छौं । 
हामी गधाहरू पढाइ सुरु भएको छ महिनासम्म सरकारी पैसाले छाप्ने किताब स्कुलमा पुर्‍याउन सक्तैनौँ, ऊ भने संसारभरिबाट निःशुल्क पुस्तक भेला पारेर नेपालका गाउँगाउँमा पुर्‍याउँछ । हामी गधाहरू कुर्सीमा टाँसिएको टाँसिएकै नर्क जान तयार हुन्छौँ, ऊ भने छँदाखाँदाको पद, पैसा, प्रेमिका, साथीभाइ, नातागोता सबै त्यागेर हाम्रो गाउँका केटाकेटीको शिक्षाका लागि संसारभरि भीख माग्दै हिँड्छ । हामी गधाहरू गरबि र र्सवहारावर्गको नेतृत्व गर्र्छौं भन्दै पजेरो र मर्सिडिजमा बालुवाटार र सिंहदरबारको फेरो मार्र्छौं, ऊ भने दमाईडाँडाका गन्धे केटाकेटीका सिँगान पुछ्दै पहाडहरूको चक्कर मार्छ । ऊ अशिक्षा, गरिबी, भोक र रोगको चिहानमा फँसेका बालबालिकालाई जगाउन खोज्छ, हामी गधाहरू ती सप्पैलाई घिसारेर सिङ्गै देशलाई चिहानघारीमा पुर्‍याउन चाहन्छौँ । हामी गधाहरू देशलाई पुर्न सिंहदरबार वा बालुवाटार वा बल्खु वा सानेपा वा मधेस वा पहाडमा चिहान खन्छौँ र सिङ्गै वा टुक्र्याएर भए पनि देशलाई पुर्न चाहन्छौँ । देशलाई चिहानघारी बनाएर राज्य गर्न चाहन्छौँ । हामी चिहानघारीका राजाहरूका लागि बाहुनडाँडाजस्ता डाँडाकाँडाका झुत्रे र भोका केटाकेटीहरू चुनावी घोषणापत्रका लाभदायक पात्रहरू मात्रै हुन् ।  
वास्तवमा हामी हुँदाहुँदै सात समुद्रपारिको कुइरे आएर हाम्रो बाहुनडाँडामा पुस्तकालय खोल्नुमा पक्कै पनि विदेशी षड्यन्त्र हुनुपर्छ । हामी अग्रगामी गधाहरूका विचारमा त्यो जोन उड भन्नेलाई नेपाल आउन दिनुहुँदैन । किनभने, उसले बाहुनडाँडाबाट काम थालेको छ र पुस्तकको नाममा पनि बाहुनडाँडा छ । समावेशी लोकतन्त्रमा 'बाहुनडाँडा' भन्ने नाम प्रतिगामी हो । हामी सबै मिलेर त्यो कुइरेले बाहुनडाँडामा ल्याएर छाडेको शिक्षाको बत्तीलाई चिहानडाँडामा पुर्‍याएर निभाइदिनुपर्छ र नयाँ एवम् मौलिक एउटा पुस्तक लेख्‍नुपर्छ, बाहुनडाँडादेखि चिहानडाँडासम्म ।
लक्ष्मण गाम्नागे
(नेपालबाट)

Sunday, July 13, 2008

भानु जयन्ती


नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज जन्म दिन । भानुभक्तले देशलाई र जनतालाई लगाएको गुणको वदला आजका दिन हामी उनलाई श्रद्धापुर्वक सम्झने गर्र्छौ। तर आज माइसंसारमा उनै भानुको फोटो देखेर साह्रै नै विरक्त लाग्यो । थुक्क कस्तो देशमा जन्मिएछु जस्तो पनि लाग्यो । जुन देशमा विभुतिहरुको सम्मान गर्नुको सट्टा उनीहरुको शालिक ध्वस्त गरिन्छ, देशका लागि ज्यान दिने सहिदहरुको, महापुरुषहरुको अपमान गरिन्छ, त्यस्तो देशको नागरिक पनि के नागरिक ?  




भानुभक्तको शालिकको टाउको काटेर, टाउको विनाको शालिका टेकेर उभिने यो नरपशुलाई जे जस्तो सजाय दिए पनि कम्ति नै हुन्छ ।  (माइसन्सारबाट) 


यता भानुलाई सम्झँदा सम्झदै मलाई अर्को पनि कुरा यहाँ लेख्नै मन लाग्यो । प्रहरी, सेना भनेका अति नै अनुशासनमा बस्नु पर्ने अनि देश र जनताप्रति उनिहरुको कर्तव्य र दायित्व पनि धेरै नै हुन्छ । तर अहिले त हाम्रो देशका प्रहरीहरु विद्रोही भएर निस्केका छन् । यो चाहिँ अति नै भयो । हो उनीहरु अन्यायमा परेका छन् । यो कुरा सवैलाइ थाहा छ । तर अन्यायको सट्टा न्याय पाउने यो उपाय चाहिँ अति नै नाजायज छ । संविधान, कानुन, न्यायालय भएको देशमा अर्थात् एउटा कानुनी राजमा कानुनसम्मत तरिकाले नै यो कुरा उठाएको भए राम्रो हुन्थ्यो । अब आफ्ना हाकिमहरुलाई कुटेर-पिटेर, थुनेर, हप्काएर र धम्की दिएर जुन तरिकाले उनीहरु गइरहेका छन् यसले हाम्रो देशलाई विश्वसामू पक्कै पनि लज्जित गरिरहेको छ ।
भँडुवाहरुले यो देशलाई अन्त्यमा लगेर धोतिको जिम्मा लगाउने नै भए । यो कुरा चाहिँ अड्कल चाहिँ मैले मात्र हैन सवैले गर्न थालिसकेका छन् । नेपाली भइरहन पाउने दिन अव धेरै छैन है । 


Saturday, July 12, 2008

र, उसको नाउँ भारत हो

नराम्रोभित्र राम्रोको खोजी गर्नु बाहेक अहिलेलाई कुनै विकल्प छैन । राम्रा केही थिए भने मरिसके, अरु जन्मनै बाँकी छन् जस्तो लाग्छ । अहिले समयको आसय यस्तै छ । यो समय नै आफै गलत हो कि जस्तो अनुभूत हुदैछ । समय गलत भएपछि सोचाइ गलत हुनु स्वाभाविकै हो । हुन त सोचाइ गलत भएपछि समय नै गलत भएको भान पनि पनि हुन्छ । दुविधामा छ समय आफैं अनि अकर्मण्य छ मान्छेको मनस्थिति । यथार्थमा हाम्रो मनस्थिति ! गन्जागोल छ नव गणतन्त्र नेपालको स्थिति ।

शूरहरु सहिद भए चतुरहरु नेता भए । चतुर नेताहरु सत्ता आरोहणका लागि आतुर छन् । थोत्रा भित्तामा कताकति टाँगिएका सहिदहरुको कसम खान्छन् नेताहरु सहिद मञ्चमा । सबै विर्सिएर अर्को कसम खान्छन् विदेशीहरुको डिनर र लन्चमा । लन्च र मञ्चकाबीचमा ठूलो भिन्नता छ, त्यो भिन्नताभित्र भौतारिएकाछन् नयाँ नेपालका पुराना नेताहरु ! नयाँहरुले त झन् राम र रावण छुट्याउन सकिरहेका छैनन् । रडाको मचिएको छ । को ठीक भन्दा पनि को कम बेठीक भनेर खोज्नु पर्ने भएको छ । ठीक नभेटिए पछि बेठीकभित्र कम बेठीकको खोजी गर्नु भन्दा अरु उपाय नास्ती नै छ । तर यसको खोजी गर्ने पनि अर्कै छ । अख्तियारी अरुले नै पाएको छ ।

स्याबास् .......................
सहिदको सपना साकार होस् !
जनताको चहना पुरा होस् !
जनता भेडा होइनन् तर जनतालाई भेडा बनाउँछन् आफू गोठालो बनेर नेताहरु ! सोझा जनता भेउ पाउदैन् । खोला नभएको ठाउँमा पनि पुल हाल्छु भन्ने नेतालाई विश्वास गर्छन । नगरुन् पनि कसरी सबै त्यही भन्छन् । सबैले उही कुरा भनेपछि मान्ने कि नमान्ने ! अर्थात सबै उस्तै जोगी ! कान नचिरेका कोही फेला परेनन् । नत्र किन रडाको मच्चिन्थ्यो । त्यसैले त नेता ! "ने" माने नेपर्ने "ता" माने ताक खोज्नु । नेपर्ने लछारपाटो केही लाउने हैन, ताक मात्र खोज्ने अर्थात ताक परे तिवारी नत्र गोतामे । मैले बुझेको नेताको अर्थ यही हो ।

यस्तै भइरहेको अहिलेका नेताको नेतृत्व । हुन त आलोचना गर्न सजिलो छ समालोचना गर्न गाह्रो छ । तर आलोचना गर्ने ठाउँ दिएन भने समालोचना गर्न सजिलो हुन्छ ।
खै के भन्ने ! को राम्रो को नराम्रो को ? को असल को कमसल ? कान सबैका चिरिएका छन्, खरानी सबैले घसेका छन् । कुन जोगी असल ? त्यसैले कमसलभित्र असल खोज्नु बाहेक अर्को गुन्जायस छैन । रडाको उही रन्किएको रन्कियै राष्ट्रपतिको ! को, कुन दलको राष्ट्रपति ? त्यो नेपाली जनताको चाहनाभित्र छ तर अधिकारभित्र छैन । जनताको काम आन्दोलन गर्ने हो, सरकार र नेतृत्व छान्ने होइन । माफ गर्नु होला यस्तै भइरहेछ । त्यो कामको जिम्मा अरु कसैले लिएको छ ।

त्यो राष्ट्रपति उही हुन्छ जनताको चहना अनुरुप हुदैन, जनर्दनको चहना अनुरुप नै हुन्छ । खुलामञ्चमा जनतालाई जनर्दन भने पनि वास्तविक जर्नादन अर्कैछन् । स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्रका लागि सडकमा उत्रने बाहेकका भित्री निर्णायक अर्कै छन् । अर्कैले गरिआएको छ अहिले पनि गर्छ ।
दक्षीणदिशामा जर्नादनको बास छ सबैलाई उनैको आश छ । सबैको आशा र भरोसाका केन्द्र बनेका दक्षीणादेवको आसय, आदेश र अभिन्त्रणामा चलेको छ राष्ट्रपतिको तुफानी दौड । दक्षीणदेवको दैवीलीलाले खेला देखाएको छ नेपालमा । उनी सबैलाई मन्त्र प्रदान गर्छन तर कसैलाई बोक्सी मन्त्र कसैलाई झाँक्री मन्त्र । यही मन्त्र जपेर बोक्सी र झाँक्रीको खेल खेलाउँछन् ।

जनता अवाक् हेर्न विवश छन् । जनताको विवशताभित्र नेताको पदलोलुपता निर्लिप्त छ । दक्षिणादेव मूर्तभित्र अमूर्त छन् अनि अमूर्तभित्र मूर्त । उनको मूर्त वाँण पनि अचुक छ अमूर्त वााण पनि अचुक छ । जति बाँण चलाउँछन् त्यति पटाक्षेपहरु बदलिदै जान्छन् । राष्ट्रपति नाटकको पटाक्षेप जस्तै .... निरन्तर बदलिरहन्छ । थाह छैन आशिर्वाद कसलाई प्राप्त हुन्छ ।

आदि......इत्यादि..........!
र, उसको नाउँ ....
आदि ..... इत्यादि ........
असल मित्र हो
उ मेरो
समवेत दुःख पोख्छ
रुन्छ मेरो दुःखमा
दुःखका अवरणले ढाक्छ आफूलाई
चुहाउँदै गोही आँशु भित्रभित्रै
हास्छ, नाच्छ, रमाउँछ
मेरो सुखमा
उमङ्गभाव खुशी देखाउँछ
खेलाउँदै सुपर्णखा र शकुनीहरु भित्रभित्रै
स्वागतद्वारमा विषकुम्भहरु भरेर
शतरंजाहरु फैलाएर वैठकमा
बस्छ मेरो खुशीमा खुशी वाँड्न
आदि ..... इत्यादि ........
असल मित्र हो
उ मेरो
आगो लाग्दा मेरो घरमा
बाल्टी बोकेर आउँछ अगाडि उही
तल्तिरबाट आगो सल्काउन
अगुल्टो झोसेको हुन्छ उसैले
पछिल्तिरबाट मट्टीतेल खन्याउन
खेताला खटाएको हुन्छ उसैले
घर झगडा सधैं मेरो
मिलाउँन मित्र बनेर
भित्रभित्र धुरा पस्छ
मुखले रामराम नारद बोल्छ
भित्रभित्रै छुरा चलाउँछ
सुखदुःखको साथी
असल मित्र हो
उ मेरो
मित्र मात्र होइन भाइ सम्झन्छु
म उसलाई भरत देख्छु
तर उसको नाउँ भारत हो ।
आदि ..... इत्यादि ........
आदि ..... इत्यादि ........ !

मलाई हिन्दी सिनेमाका ख्यातिप्राप्त पूर्व नायक अभिताभ बच्चनले बनौटे नेपाली बोलीमा बोलिएको एउटा विज्ञापनको अति मन पर्छ - भन्न सजिलो गर्न गाह्रो रे !
हरेक कुरा भन्न सजिलो छ तर गर्न गाह्रो छ । सत्य पनि त्यही हो । हामीले जे भने पनि गर्न चाहीं उनकै इच्छा अनुसार गर्नु पर्छ । त्यसैले यो सन्देश हामीलाई दिएको हो जस्तो लाग्छ !

यो सन्देश मात्र हैन महामन्त्र हो जुन हाम्रा नेपाली संचारमाध्यम मार्फत हामीलाई सधैं श्रवणप्राप्ति भइरहेको छ । धन्य मित्र भारत !

शिव प्रकाश
(नेपाल जापानबाट)

Wednesday, July 9, 2008

दुई दिनमा पाँच राउटेको मृत्यु

दैलेखमा गर्मीसगै राउटे बस्तीमा झाडापखाला फैलिएपछि तिन जना राउटेको मृत्यु भएको छ ।
कालिकोट र दैलेख जिल्लाको सिमावर्ती क्षेत्रमा पर्ने भत्रा लेकमा बसोवास गरीरहेका राउटेहरु मध्य झाडापखाला बाट मृत्यु हुने हरुमा १० बर्षे बालक डव्बल बहादुर शाही कल्याल, २३ बर्षे कल्धरी शाही कल्याल र ३१ बर्षे मन्सरा शाही सम्हाल जातीका राउटेको मृत्यु भएको हो ।
फिरन्ते र लोपउन्मुख जातीको रुपमा रहेका राउटेहरु बसोबास गरेको स्थानमा कुनै किसीमको स्वास्थ्य सुबिधान पुग्न सकेको छैन । दुर्गम र विकट स्थान भएका कारण थप अरु राउटेहरुको मृत्यु बढ्न सक्ने संभावना रहेको राउटे संम्बद्ध काम गर्दै आएका भक्त बहादुर शाहिले जानकारी दिएका छन् ।
दुईदिन अघिमात्र जंगलमा बादरको शिकार खेल्न गएको बेला भिरबाट चिप्लेर ३० बर्षे सुरेन्द्र बहादुर शाही र २५ बर्षे रैन बहादुर शाहीको मृत्यु भएको थियो भने झाडापखलाबाट पुन तिन जनाको मृत्यु भएपछी हाल राउटेको संख्या १ सय ८० मात्र रहेको छ । थप स्वाश्थ्य सुरक्षा र उचित आहार विहारको प्रवन्ध नगरेको खण्डमा लोपउन्मुख जातिको रुपमा रहेको राउटेको अस्तित्वनै खतरामा पर्ने संभावना वढीरहेको पनी शाहीले बताए ।

Tuesday, July 8, 2008

दिनभर काम रातभर जाग्राम

कुमार लुइटेल
गाउँमा सबैलाई रोपाईको चटारो छ । फुर्सदमा सितीमिती कसैलाई भेटिन्न । विहान सबेरै उठ्यो हलगोरु लियो, लाग्यो खेत तिर । कसैलाई धान रोप्न त कसैलाई ब्याड ठिक्क पार्न अनि कसैलाई मैजारो गर्न भ्याइ नभ्याइ छ । असारे झरीमा रोपाइमा व्यस्त बाहुनडाँगीका किसानलाई दिनमा फुर्सद छैनन नै रातमा पनि जाग्राम बस्नु पर्ने बाध्यता छ ।
रातभर जाग्राम बस्न रहर नभएपनि जिउ ज्यानको सुरक्षाको लागि बस्न परेको छ, वालबच्चाको पनि त पिर छ, धनसंम्पती पनि जोगाउनै परेको छ- स्थानिय लछुराम थापाले भने । वर्षौ देखि जंगली हातीको उपद्रोबाट वाक्क भएका बाहुनडाँगीका बासिन्दाले समस्या समाधानका लागि कयौं उपाय लगाइ सकेका छन् । सरकारले पनि धेरै प्रयास गरेको छ । तर समस्या भने अहिले पनि ज्यू"का त्यू" छ । यहा"का किसानले दिनभर खेतमा काम गरेर राती रा"को बेकेर गस्ती गर्न परिहेको छ ।
हाती धपाउन पटकाको सहारा लिएकाछन् । समस्याको दर्ीघकालिन समाधानमा भएका दर्जनौ प्रयास विफल भएका छन् । बर्खामा हात्तीको उपद्रो अझ बढ्ने भएकोले रात्री गस्ती गर्न परेको हो ।
स्थानिय हाती प्रकोप नियन्त्रण समितीका संयोजक मणीकुमार उप्रेतीले भनेे- लाईट बालेर पटका पड्काउदै हाती धपाउन संभव छैन । तर पनि सबैको सल्लाहले रातभर हात्ती रुघ्न जाग्राम बसिरहेका छौं ।
बाहुनडा"गीमा बाह्रै महिना भारत तर्फाट आउने जंगली हातीले ठूलो धनजनको क्षति गर्ने गरेको छ । वषर्ायाममा यो क्रम अझ बढ्ने गर्छ । स्थानिय विष्णु पराजुली भन्छज्- हाती धपाउन रोपाई छाडेर रातभर अनिदो बस्नु पर्ने अवस्था छ । अलच्छीना कुन गौंडाबाट आउने हो थाहा नै हुन्न,अन्नपात जोगाउन पनि मुश्किल छ ।
बाहुनडा"गीमा हातीको उपद्रो नियन्त्रण गर्न यस अघि ल्याइएका सुरुङबार, मौरीपालन, तरजाली बर्ेर्ने, टुङ बनाउने लगायत दर्जौनौ योजना निस्प्रभावकारी बनिसकेकाछन् ।
भारतको बंगाल क्षेत्रबाट आउने जंगली हातीले जिल्लामा १७ जनाको ज्यान लिईसकेको छ । ठूलो परिमाणमा धन संम्पती क्षति भएको छ । हाती प्रकोप नियन्त्रण समितीका संयोजक उप्रेतीले भनेे- अहिले सम्म स्थानिय स्तर र सरकार बाट गरिएको खर्च बालुवामा पानी हाले बरावर भएकोले अब नया" उपायको खोजी हुनर्ुपर्छ । नत्र हामीले अझ कति वर्षसास्ती बेहोर्न पर्ने हो थाहा छैन ।

Monday, July 7, 2008

बेठी लाग्न छाड्यो पाँचथरका बेसीमा


नौमती बाजा बजाउँदै विभिन्न भाकामा गीत गाएर रोपाइँ गर्ने पाँचथरका खाम्ले, डबले र घुर्लेजस्ता बेसीको 'बेठी' प्रचलन यतिखेर लोप हुन लगेको छ। यस्तै पाँचथरकै रानीगाउँका देवेनीटार, जया र आँगनाको हाक्पारे सेरालगायतका बेसीमा पनि पाँच वर्षदेखि बेठी लाग्न छोडेको छ। केही वर्षअघिसम्म यो क्षेत्रमा धूमधामका साथ सनाइ, नरसिंगा, दमाहा, ट्याम्को र झ्यालीजस्ता बाजा बजाएर नाचगान तथा हिलो छ्यापाछ्याप गरेर रोपाइँ गरिन्थ्यो। पाँचथरका अधिकांश स्थानका कृषकले लगाउँदै आएको बेठी लोप हुनुमा परम्परागत संस्कृतिप्रतिको मोह घट्नु र देशले अशान्तिको क्षण भोग्नुलाई जिम्मेवार ठान्छन्, स्थानीय बासिन्दाहरू। 'देशमा शान्ति आउने हो कि हैन अझै स्पष्ट छैन एकछिन तामझामका साथ बेठी लगाउँदै रोपाइँ गरेर के गर्ने र', याशोक- ७ को घुर्लेबेसीका लेखनाथ खनालले भने। लेखनाथको जस्तै भनाइ एकतीनको ठूलोबेसीमा ६० वर्षदेखि बेठी लगाउँदै आएका धनप्रसाद खत्रीको पनि छ। उनी भन्छन्, 'धान रोप्ने बेलामा एकछिन नाच्दै गाउँदै हिलो छ्याप्दै रमाइलोका साथ रोपाइँ गर्‍यो त्यो बाली उठाउन पाइन्छ कि पाइन्न टुंगो हुँदैन।' पाँच वर्षअघिसम्म ८० देखि सयजना रोपाहार लगाएर नौमति बाजाका साथ एकअर्कामा हिलो छ्यापाछ्याप गर्दै रोपाइँ गर्ने गरिएकोमा देशमा अशान्ति बढ्दै गएपछि रमाइलो गर्न मन नलागेर एकतीनका सबै कृषकको सल्लाहअनुसार बेठी लगाउन छाडिएको उनले बताए। देशको अस्थिर राजनैतिक व्यवस्था र व्याप्त हत्याहिंसालाई मध्यनजर गरेर असारमा रोपाइँ गर्दा एकदिन रमाइलो गर्दै लगाइने बेठी सल्लाहनुसार नै केही वर्षलाई स्थगित गरिएको थर्पुको सिगेवा बेसीका कृषक बाबुराम पोखरेल बताउँछन्। देशमा स्थायी शान्ति स्थापनाको संकेत देखिएमा स्थगित गरिएको बेठी पुन: लगाउने सल्लाह भएको छ उनले भने, 'यसपल्ट शान्ति स्थापनाका केही संकेत देखिए पनि पूर्ण शान्ति भइनसकेकाले बेठी नलगाउने सल्लाह भएको हो।' वर्षभरि खेतबारीमा काम गर्दा लाग्ने थकाइ मेटाउन असारे गीत गाएर मनोरञ्जन गर्नका लागि परापूर्वकालदेखि बेठी लगाउन थालिएको हो भन्ने किंवदन्ती रहेको छ। 'बेठी लगाएर रोपाइँ गर्ने बेसीमा रोपाहार र बाउसेलाई निम्ता गर्नु पर्दैनथ्यो, बेठीमा दोपहरे खाने चलन भएकाले त्यसको अर्कै स्वाद हुन्थ्यो', रानीगाउँ- १ का ६४ वर्षीय पूर्णबहादुर दर्जी भन्छन् ,'पहिले एक वर्षमा १० वटासम्म बेसीमा बेठी लगाइन्थ्यो अहिले आएर वर्षमा एउटा पनि भेट्न छोडियो।' यसरी बेठी लगाउँदा अनिकाल हट्ने, अन्न राम्ररी उब्जनी हुनुका साथै चरामुसाले दु:ख दिँदैनन् भन्ने विश्‍वास जनमानसमा रहेको छ। यसरी परम्परादेखि रोपाइँमा लगाइँदै आएको बेठी लगाउन छाडिएकाले हाल अन्नमा चरामुसा लाग्नुका साथै उब्जनीमा पनि कमी आएको कृषकहरू बताउँछन्। 'परम्परा जोगाउन र रमाइलो गर्नका लागि पनि आगामी वर्षदेखि ती बेसीमा बेठी लगाउन थाल्ने हाम्रो सल्लाह हो' पाँचथरकै सबैभन्दा ठूलो बेसी भनेर चिनिने हाक्पारे सेराका कृषक कुम्भ लावतीले बताए।

Saturday, July 5, 2008

दलन - एउटा सामाजिक क्रान्ति

हरेक आइतबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुन थालेको टेलिचलचित्र दलन मा दलितको मात्रै नभएर दलितको नजरबाट नेपाली समाजको चित्रण गरिएको छ। दलन ले २००७ देखि ०५१ सम्मको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनलाई दलित दृष्टिकोणबाट चित्रण गरेको छ।

दलन को कथाले जो "कसैको मन छुन्छ। २००७ को कठोर जातीय विभेदबीच पनि बाहुन जातिका हरिहरले टुल्की दमिनीसँग प्रेम विवाह गर्छ। ' अछुत ' सँग विवाह गरेको कारण गाउँलेले हरिहरको चारपाटा मुडिदिन्छन् र जात काढेर कहिल्यै नफर्कने शर्तमा गाउँ निकाला गरिदिन्छन्। टुल्कीले बाटोमै छोरो जन्माउँछे। आफ्नै जातको भन्ने थाहा पाएपछि उनीहरूलाई धम्मरे दमाईका दम्पतीले सहयोग गर्छन्। जीवन गुजाराका लागि धम्मरेकै सहयोगमा हरिहर र टुल्की जिमुवाल शेरबहादुरको घरमा बाँधा बस्छन्। बाँधाबाट मुक्ति पाउन उनीहरू र यिनका सन्तानले रुढिवादी समाजसँग गरेको सङ्घर्षको कथा हो दलन। यसका लेखक आहुति भन्छन्, “२००७ सालयताको राज्यसत्तालाई दलितले कसरी हेर्‍यो र बुझयो भन्ने यथार्थ दलन मा छ।”

आहुतिको कथालाई नवीन सुब्बाको निर्देशकीय शिल्पले जीवन्त तुल्याएको छ। प्रस्तुतिमा पनि नवीनले नवीनता पस्किएका छन्। दलन ले उमेशनाथ अर्याल निर्देशित भीडदेखि भीडसम्म र बद्री अधिकारी निर्देशित अविरल बग्दछ इन्द्रावती को तिर्सना त मेटाउँछ नै कसौटी, कुमकुम लगायतका हिन्दी टेलिचलचित्रको नक्कल गरेर नेपाली टेलिचलचित्र बनाउनेहरूमा इर्ष्या पनि जगाउँछ। तर दलन को प्रारम्भिक चरणमा विषयवस्तुको उठान र चरित्रको स्थापना राम्रोसँग हुन नसक्दा चरित्रहरूलाई बुझन नसकेर दर्शकहरू अलमलिएको पाइएको छ। बाहुनको छोरो हरिहर तथा टुल्की दमिनीबीचको सम्बन्ध स्पष्ट छैन र २००७ सालतिर यस्तो अन्तरजातीय प्रेम कसरी सम्भव भयो भन्ने प्रश्न पनि दर्शकको मनमा उठेको छ।

 
 
हरिहरको भूमिकामा भूषण पोखरेल। 
अधिकांश कलाकार रङ्गकर्मी भएकाले अभिनय र सम्वाद रङ्गमञ्चीय लाग्छन्। हरिहरको भूमिकामा भूषण पोखरेल, टुल्कीको भूमिकामा मोडल बबिता शर्मा जमेका छन्। त्यस्तै अनुप बराल" जुठेे, दिया मास्के��" काली, सुदर्शन थापा��" माने, उर्मिला विश्वकर्मा��" नैना, प्रमिला तुलाचन��" देउसरी र प्रकाश घिमिरे" धम्मरे दमाईको अभिनय प्रशंसनीय छ। निर्देशक सुब्बाका अनुसार ४४ भागको दलन मा ३०० कलाकारले अभिनय गरेका छन्।

भेषभुषा, पार्श्व सङ्गीत, शृृङ्गार र सम्पादनमा सामान्य कमजोरी भेटिन्छ। ग्रामीण जनजीवन झ्ल्काउन नयाँ दौरा��"सुरुवालमा धुलोहरू लगाइएको छ। टालेको कपडा देखाउन सेतोमा रातो र रातोमा सेतो टालो प्रयोग गरिएको छ। यस्ता पहिरनले पात्रहरूलाई नाटकीय बनाएको भान हुन्छ। कथाको विषयवस्तु र पार्श्व सङ्गीत विपरीत लाग्छन्। चाहिनेभन्दा बढी नै सिंगारिएको छ कलाकारलाई। २००७ सालकी टुल्की दमिनीको शृङ्गार हेर्दा लाग्छ, उनी आम सिनेमाहरूकै नायिका हुन्। टुल्की आत्महत्या गर्न दौडिएको र हरिहर मुग्लान जाँदाका दृश्य लामा छन्।

युरोपियन युनियनको आर्थिक सहयोगमा जागरण मिडियाले रु.६० लाखमा निर्माण गरेको दलन टेलिभिजनका धेरै दर्शकको ध्यान खिच्न सफल भइरहेको छ। परम्परागत शैलीबाट टाढा रहेर निर्माण गरिएको दलन टेलिचलचित्र निर्माणको इतिहासमा कोसेढुङ्गा बन्ने सङ्केत देखाएको छ। सशस्त्र द्वन्द्व चलिरहेको बेला चार वर्षअघि पर्वत जिल्लाका गाउँहरूमा दलन को सुटिङ्ग गर्दा निर्माण पक्षले कम्ती सास्ती खेप्नु परेन। निर्देशक सुब्बा भन्छन्, “भीर"पहरामा सुटिङ गरिरहँदा सेनाको हवाईजहाज गस्ती र मा"वादी छापामारको बेकारको केरकारले हैरान पार्‍यो।”  
(हिमालबाट)

Friday, July 4, 2008

राष्ट्रपति बस्ने घर

हाल परराष्ट्र मन्त्रालय रहेको यो शितल निवास अव राष्ट्रपति भवन हुने भएको छ ।











Thursday, July 3, 2008

कम्युटरमा दक्ष बन्दै छन् गाई गोठालामा रम्ने सन्थालहरु



कुमार लुइँटेल
गाई गोठालामा दिन विताउने मंगल मुर्मु हिजो आज कम्प्युटरमा डेकस्टप पब्लिसिङको काम गर्न सक्छन् ।
झापा बैगुन्धुरा ९ निवासी उनी सीमान्तकृत सन्थाल समूदायका किसोर हुन् । स्थानिय अमर माध्यमिक विद्यालयमा कक्षा १० का छात्र उनले यस अघि कम्प्युटर देखेका थिएनन् । तर गत वर्षगाउ“कै विद्यालयमा कम्प्युटर शिक्षा शुरु भई अवसर पाएपछि उनी अहिलेको अवस्थामा आइ पुगेका हुन् ।
सन्थाल समूदायका धेरै मानिसलाई अहिले पनि कम्युटरको विषयमा थाहा छैन् । मंगल भन्छन्-कम्प्युटर त परको कुरा हो विद्यालय नआउने र गाई गोठालामा रमाउनेहरु धेरै छन् ।समूदायबाट विद्यालय आउनेहरुले पनि बिचैमा पर्ढाई छाड्ने गरेको उनले बताए ।
सोही विद्यालयकी कक्षा ९ की सन्थाल छात्रा धनिमाया मुर्मुको टाइपिङ स्पिड पहिलेको भन्दा सुध्रिएको छ । उनले माइक्रोसफ्ट वर्ड, डस, एक्सल, पावर पोइन्ट जस्ता प्रोग्राम सहजै चलाउन सक्छिन । बेसिक कोर्स पूरा गरेकी उनलाई शिक्षकले डिप्लोमा कोर्स गर्न सुझाव दिएका छन् । उनी भन्छिन्- गुरुहरुकै सहयोगले मैले कम्प्युटर चलाउन जानेको हो । पछि गएर कम्प्युटर नै चलाएर जीवन निर्वाह गर्ने इच्छा छ । मंगल र धनीमायाको आर्थिक अवस्था चित्त बुझाउने खालको भने छैन् । सामान्य बनिवुतो गरेर परिवारको जिविका चलेको उनीहरुले बताएका छन् । उनीहरु जस्तै पन्ध्र जना सन्थाल किसोर किसोरीले विद्यालयमा कम्प्युटर शिक्षा लिई रहेका छन् ।
केही महिना पहिले मंगलले कम्प्युटरको शुल्क दिन नसकेर पर्ढाई छाडेपछि अब्बल विद्यार्थीलाई अवसरबाट बन्चीत गर्न हुन्न भनेर निशुल्क सिक्ने व्यवस्था गरिदिएको कम्प्युटर शिक्षक ऋषिकुमार उप्रेतीले बताए । उनले भने-अन्य विद्यार्थीको तुलनामा दुबैले राम्रो गरेका छन् । गाउँमा कम्प्युटर सिक्ने अवसर भएपछि पिछडिएका समूदायलाई पनि सहाभागि गर्न विद्यालयले अभियान नै चलाउन लागेको उनले बताएका छन् ।
विद्यालयले कम्प्युटर कक्षा लिनेहरुबाट मासिक पचास रुपैयाँ शुल्क लिने गरेको छ । कम्प्युटर मेन्टेन्स गर्न शुल्क लिने गरिएको उप्रेती बताउ“ छन् । विद्यालयले ऐच्छिक विषयको रुपमा कम्प्युटर कक्षा चलाएको हो ।
मंगल र धनिमायाले विद्यालयको पर्ढाई पछि अन्यत्रै गएर कम्प्युटर कै एडभान्स कोर्स गर्ने सोचाई भएपनि आर्थिक अवस्थाका कारण चिन्ता बढेको बताएका छन् ।

Wednesday, July 2, 2008

पानीबाट चल्ने क्रेन बनाए सुनिलले

सुन्दा पत्याउन गाह्रो होला, पानीबाट पनि क्रेन र रकेट चल्छ भनेर। कुरा सत्य हो, पानीबाट चल्ने क्रेन र रकेटको आविष्कार गरेका छन् भरतपुरका १९ वर्षीय सुनिल परियारले। अहिलेसम्म आधादर्जन बढी नयाँ आविष्कार गरिसकेका सुनिलले पानीबाट चल्ने हाइड्रोलिक क्रेन र रकेट बनाएर सबैलाई छक्क पारेका छन्। सुनिलको आविष्कारमा पानीले इन्धनको काम गर्दछ। त्यसमा हावाको प्रेसर दिएर रकेट उडाउन सकिन्छ भने त्यसलाई कम्प्युटरको सहायताले नियन्त्रण गर्न सकिन्छ। यसलाई रिमोटको सहायताले पनि चलाउन सकिन्छ। राजधानीको इन्टेन्सिभ इन्टरनेसनल कलेजबाट विज्ञान संकायमा कक्षा १२ को परीक्षा दिएर बसेका सुनिलले पहिलोपटक ब्याट्रीबाट चल्ने कार बनाएका थिए। यो कारले पद्मकन्या क्याम्पसमा भएको विज्ञान प्रदर्शनीमा द्वितीय पुरस्कार पाएको थियो। कक्षा ८ मा पढ्दै गर्दा उनले रिमोटबाट चल्ने कार बनाए जसले काठमाडौं विश्‍वविधालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पहिलो पुरस्कार पायो। पछिल्लो पटक सुनिलले बनाएको पानीबाट चल्ने क्रेन र रकेटले नास्टमा भएको विज्ञान प्रदर्शनीमा प्रथम पुरस्कार पायो भने अर्को आविष्कार पानीबाट चल्ने सैनिक टैंकले काठमाडौं विश्‍वविधालयबाट प्रथम पुरस्कार जित्यो। सानोमा चञ्चले स्वभावका सुनिल आफूले धेरै आइडिया खेल्दै गरेका बच्चाहरूबाट लिएको बताउँछन्। 'आफूले खेलाउन खेलाउन नपाए पनि अरू केटाकेटीले खेलेको हेरेर धेरै आइडिया लिएँ', विपन्न परिवारका सुनिलले भने, 'खेल्न नपाएको बेला म आफैं त्यस्ता खेलौना बनाएर खेल्छु जस्तो लाग्थ्यो।' परिवारको विपन्नताको कारण दुईजना दाजुले पढ्न नपाएको तीतो सत्यले सुनिललाई पनि पिरोलेको छ। 'मलाई इन्जिनियर बन्ने धोको छ', सुनिलले भने, 'तर परिवारमा दुईछाक टार्न धौधौ छ कसरी पढ्नेे' सबैतिरबाट आफ्नो आविष्कारलाई सहयोग गर्ने आश्‍वासन पाए पनि आफूले अहिलेसम्म कतैबाट सहयोग नपाएको उनको गुनासो छ। 'थुप्रै नयाँ आविष्कार गर्ने मेरो सोचाइ छ', सुनिलले भने, 'तर पढाइ अघि बढाउन मुस्किल परेको छ।' कलेजका एकेडेमिक काउन्सिलर ध्रुव सुवेदीले सुनिल निकै सिर्जनशील र नयाँ काममा लागिपर्ने खालका विधार्थी हुन् भने। 'पारिवारिक अवस्था कमजोर भएका कारण उसलाई कलेजले पूर्ण छात्रवृत्ति दिएको छ' सुवेदीले भने, 'उसको अध्ययनका लागि भविष्यमा पनि लगानी गर्ने कलेजको योजना छ।'